२०८३ असार २३ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २३ मंगलवार

वीरगञ्ज महानगरमा दलका प्रतिनिधि नआउँदा मतगणनामा ढिलाइ

वीरगञ्ज महानगरपालिकामा राजनीतिक दलका प्रतिनिधि समयमा नआउँदा मतगणनामा ढिलाइ भएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि मतगणना सुरु हुन सकेको छैन ।

वीरगञ्ज महानगरपालिकामा ३२ वटा वडाको मत गणना गर्नुपर्नेछ । शुक्रबार सम्पन्न निर्वाचनमा ७५.२४ प्रतिशत अर्थात ९३ हजार ७ सय ८२ मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका प्रतिनिधि आउन ढिलो गरेका कारण मतगणना कार्य सुरु गर्न नसकिएको जानकारी दिएको छ । दलका प्रतिनिधिहरु ढिलोगरी आउँदा बिहान ८ बजे राखिएको सर्वदलीय बैठक पनि डेढ घण्टा पछि सुरु भएको थियो ।

सर्वदलीय बैठकले मतगणनामा आउन सक्ने विवाद समाधानका लागि २२ बुँदे निर्णय गरेको थियो । र मतगणना ११ बजेदेखि गर्नेगरी सहमति भएको थियो । तर राजनीतिक दलका प्रतिनिधि नआउँदा मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

‘बिहान ८ बजे राखिएको सर्बदलीय बैठक पनि साढे ९ बजे मात्रै सुरु गर्न सकियो’ उनले भने, ‘ राजनीतिक दलका प्रतिनिधि साथीहरु आउन ढिलाइ भएकोले मतगणना कार्य सुरु गर्न सकिएको छैन । यसले गर्दा हामीलाई अप्ठेरो भइरहेको छ ।’

दलका प्रतिनिधि आइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना प्रारम्भ भएको सूचना जारी गरेर मतगणना सुरु गर्नेछ । ढिलोमा साढे १२ बजेबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।