२०८३ आश्विन ४ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ४ आईतवार

जिल्ला प्रशासन कार्यालय मलंगवा सोमवार बाट सुचारु हुने

सर्लाहीको मलंगवा नगरपालिकामा रहेको जिल्ला प्रशासन कार्यालयको सम्पूर्ण सेवा सोमबार बाट सूचारु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयलले शुक्रवार एक सूचना जारी गर्दै हालसम्म बन्द रहेको नागरिकता सम्बन्धी सेवा लगायत अन्य सम्पूर्ण सेवाहरु सोमवार बाट संचालन गर्ने जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिनुभयो ।

यसअघि बितरित टोकन अनुसार अवरुद्ध भएका सेवाग्राहीहरुको पालो टोकन अनुसार विभिन्न मिति तोकिएको छ । सेवाग्राहीहरुको विभिन्न कार्यको लागि दिइएको टोकनहरु मध्ये कार्तिक २ गते दिइएको टोकन नम्बरहरुको सेवाग्राहीहरुलाई कार्तिक १७ गते सोमवार, कार्तिक ३ गतेको कार्तिक १८ गते, कार्तिक ४ गतेको कार्तिक १९ गते, कार्तिक ५ गतेको कार्तिक २० गते र कार्तिक ६ गतेको कार्तिक १९ गते शुक्रवार कार्य हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

यस अघि प्रमुख जिल्ला अधिकारी लगायत अन्य कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कार्तिक २ गतेबाट अर्को सूचना नभएस सम्मको लागि जिल्ला प्रशासन कार्यालय बन्द गरिएको थियो । सेवाग्राहीहरुको चाप बढन थालेपछि जिल्ला प्रशासन कार्यालयले टोकन बाँडेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।