२०८३ असार १३ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १३ शनिबार

बालिकालाई जवरजस्ती करणी गर्न खोज्ने भारतीय युवक पक्राउ

सर्लाहीको पर्सा गाउँपालिकामा एक बालिकालाई जवरजस्ती करणी गर्न खोजेका भारतीय युवक पक्राउ परेका छन् ।

शुक्रवार पर्सा गाउँपालिका वडा नं. ५ बस्ने अन्दाजी १२ वर्षिया एक बालिकालाई दिउँसो १ बजे घाँस काट्न गएको समयमा भारतीय युवकले जर्वजस्ती गर्न खोजेका थिए । तर बालिकाले प्रतिकार गरेपछी घाँस काटीरहेको हाँसिया खोसेर युवकले बालिकाको घाँटि रेट्न खोजेका थिए ।

जर्वजस्तीकरणी गर्न तथा ज्यान मार्न खोज्ने भारतीय सिमार्वती गाउँ ईनर्वा–१६ सहोर्वा निवासी २५ वर्षिय मुकेश मुखियालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हाँसियाले घाँटीमा प्रहार गरेपछि बालिकाले हातले रोक्न खोज्दा उनको दाहिने हातको औँला पनि काटिएको छ ।

घाइते बालिका मलंगवा अस्पतालमा उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ । भारतीय युवकलाई जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गराइ जिल्ला अदालत सर्लाहीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।