२०८३ श्रावण ३ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ श्रावण ३ आईतवार

राप्रपाले वीरगंजमा हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै सडक आन्दोलन ग¥यो

पवन प्रसाद साह, वीरगंज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आईतवार वीगरंजमा सडक आन्दोलन गरेको छ । पर्साको वीरगंजमा राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै आन्दोलन गरेको हो ।

जिल्ला स्थिती पार्टिको कार्यालय रहेको स्थान लाठगलिबाट सुरु भएको बिरोध ¥यालीले माईस्थान चोक हुँदै आदर्सनगर, अलखिया मठ, घडिअर्वा पोखरि हुँदै माईस्थान चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

पार्टिका केन्द्रिय अध्यक्ष कमल थापाको समेत उपस्थितीमा राप्रपाले वीरगंजमा बृहत रुपमा सडक संघर्ष गरेको हो ।

कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजसंस्था र हिन्दुराष्ट्र अहिलेको आवश्यकता भएको जिकिर गरेका थिए । दुई तिहाईको मतको अहिलेको नेकपाको सरकारले जनताको भावना बुझेर काम गर्न नसकेको र संबिधानको मर्म बिपरित संसद बिघटन जस्तो अकर्मण्यता प्रस्तुत गरिरहेकोले राजसंस्था प्रति जनलहर उर्लिएको उनको भनाई थियो ।

त्यस्तै पार्टिका बरिष्ट उपाध्यक्ष राजिव पराजुलीले पनी हिन्दु राष्ट्र र राजसंस्थाको बिषयमा चर्चा गरेका थिए । कोणसभा पछि पार्टिले जिल्ला प्रसासन कार्यालय पर्सामा पुगेर ज्ञापन पत्र बुझाएको थियो ।

बिरोध प्रदर्शन कार्यक्रममा जिल्लाका सयौँ पार्टि नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।