सर्लाहीको लालबन्दी नगरपालीकामा एक प्राथमिक बिद्यालयकि शिक्षिकाले आफ्नो जन्मदिनमा बिद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई शैक्षिक सामाग्री प्रदान गर्नुभएको छ ।
लालबन्दी नगरपालीका वडा नम्बर १५ अर्नेडाँडाको श्री प्राथमिक बिद्यालयमा कार्यरत शिक्षिका बिन्दु रामदाम बिश्वकर्माले बुधवार आफ्नो जन्मदिनमा बिद्यालयमा अध्ययन गर्ने छात्रछात्रालाई कपि र कलम बितरण गर्नुभएको हो ।

पुर्ब पश्चिम राजमार्गबाट मोटरसाईकलमा करिव १ घण्टामा पुगीने उक्त बिद्यालयमा कोरोना संक्रमणलाई मध्यनजर गर्दै सावधानी अपनाएर पठन पाठन गरिँदै आएको छ । भौगोेलीक रुपमा बिकट स्थानमा रहेको बिद्यालयमा अध्ययनका लागी बालशिसु तथा प्राथमिक तहका बालबालीकाहरु १ घण्टाको बाटो हिँडेर पुग्ने गरेका छन ।
कोरोनाको महामारिका बेला बिबिध समस्याबाट गुज्रिरहेका त्यस ठाउँका बालबालीकाहरुलाई पठन पाठनमा सहजता होस भनेर जन्मदिनको अवशर पारेर सानो भएपनी सहयोग गरिएको बिद्यालयकि शिक्षिका रामदामलाई उद्धृत गर्दै प्रधानाध्यापक सोम बहादुर गोलेले जानकारि दिनुभएको छ ।
पछिल्लो समय रौतहट प्रहरिले सिमानाकामा हुने चोरि निकासि र पैठारि कार्यलाई निस्तेज पार्न चेकजाँच तथा गस्ति गर्ने कार्यलाई कडाईका साथ तिब्रता दिएको छ । जस अनुसार प्रहरिले भन्सार छलि नेपाल तर्फ अवैध तरिकाले भित्र्याउने बिभिन्न समानहरु बरामद गर्न सफल भईरहेको छ ।
मङ्गलबार राती मात्रै पनी प्रहरिले करिव १ लाख ११ हजार बराबरको अबैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली नेपाल ल्याउँदै गरेको गौर नगरपालीकाको वडा नम्बर ५ बसपार्कमा प्रहरिले करिव ७७ हजार २ सय ३५ रुपैँया बराबरको सर्ट, कुर्ता सुरुवाल, चिनि, ग्यास चुल्हो, मोबाईल चार्जर लगाएतको समान बेवारिसे अवस्थामा बरामद गरेको छ ।
त्यसै गरि मङ्गलबार नै राजदेवि नगरपालीका वडा नम्बर ९ ब्रम्हपुरिमा नेपालबाट भन्सार छलि भारत तर्फ लैजान लागेको सोफि र मटर केराउ प्रहरिले बरामद गरेको छ । अन्दाजि ३३ हजार ५ सय बराबरको ४२ कार्टुनमा रहेको १,२६० वटा सोफि रक्सि र २ ओटा बोरामा रहेको ५० किलो मटर केराउ सहित करिव १ लाख १० हजार ७३५ रुपैयाँ बराबरको अबैध समान प्रहरिले सिमानाकाबाट बरामद गरेको हो ।
बेवारिसे अवस्थामा फेला परेको समानलाई बुधवार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जानकारि दिएको छ ।
सरकारले प्रदेश र स्थानीय तहमा कर्मचारीको आकर्षण बढ्ने गरी अन्तर प्रदेश तथा अन्तर स्थानीय तहमा कर्मचारी सरुवा हुन पाउने नीतिगत निर्णय गरेको छ । अब प्रदेश र स्थानीय तहले कुनै कर्मचारी आफूलाई मन परेन भने अन्यत्र पठाउने र आफूलाई मन पर्ने कर्मचारी पनि ल्याउन सक्ने बाटो खुला भएको छ ।
त्यस्तै प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका कर्मचारीलाई पनि यसअघि समायोजन भएको कार्यालय मन परेको छैन भने आफूलाई पायक पर्ने कार्यालयमा जान पाउनेछन् । गत भदौ १ गते यस सम्बन्धी मन्त्रिपरिषद्ले नीतिगत निर्णय गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह र अन्तर प्रदेश सरुवाको तयारी सुरु गरेको हो ।
सङ्घका कर्मचारी स्थानीय र प्रदेश तहमा जाँदा एक तह वृद्धि र ग्रेड थप हुने भएकाले अवकाश हुँदा पेन्सन वृद्धि हुने भएकाले सङ्घका कर्मचारी प्रदेश तथा स्थानीय तहमा जाने आकर्षण देखिएको थियो । कतिपय कर्मचारी पेन्सन बढाउन मात्र प्रदेश तथा स्थानीय तहमा जान सक्ने भएकाले कम्तीमा तीन वर्ष सेवा अवधि बाँकी भएका कर्मचारीलाई मात्र समायोजनमा पुनः अवसर दिन लागिएको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव राजीव पोखरेलले मन्त्रिपरिषद्को निर्णयलाई आधार मानेर मन्त्रालयले एउटा मापदण्ड निर्माण गर्न लागेको र सो मापदण्ड निर्माण भएपछि सङ्घका कर्मचारी स्थानीय तह र प्रदेशमा जान चाहे बाटो खुल्ने बताउनुभयो ।
यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले बहुमत पाउने लगभग पक्का भएको छ । उनी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा धेरै अगाडि देखिएका छन् ।
बीबीसीका अनुसार हालसम्म ५० मध्य ३४ राज्य नजिता आइसकेको छ । ३४ राज्यको नतिजासम्म बाइडनले २०५ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पको पक्षमा १३६ इक्लेक्टोरल भोट परेको छ ।
राष्ट्रपति पदको चुनाव जित्नको लागि कुल २७० चुनावी मतहरु आवश्यक पर्छ । जबकि कुल चुनावी मतदान ५३८ छ । यद्यपि यस पटक अधिकांश मतहरू पोष्ट बक्स हुलाकको माध्यमबाट प्रयोग गरिएको छ । यस प्रकारले प्रारम्भिक परिणाम र अन्तिम परिणामहरू बीच ठूलो भिन्नता हुन सक्ने अनुमान गरिएको छ ।
७७ वर्षपछि रिपब्लिकनको गढ मानिएको एरिजोनमा डेमोक्रेट बाजी मारेको छ । २०१६ मा ट्रम्पले यहाबाट ३ प्रतिशत बढी भोट पाएका थिए भने यस पटक ३ प्रतिशत कम भोट पाएका छन् । आर्थिक न्युजबाट…
तपाईंले ताजा नतिजा BBC बाट पनि थाहा पाउन सक्नुहुन्छ । क्लिक गर्नुहोस् ।https://www.bbc.com/nepali/live/news-54805130
चर्चित भारतीय पत्रकार अर्नब गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ। रिपब्लिक टिभिका प्रधान सम्पादक गोस्वामीलाई मुम्बई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको समाचार संस्था एएनआईले जनाएकाे छ।
श्रीमती, छोरा तथा सासु ससुरामाथि हातपात गरेको आरोपमा उनी पक्राउ परेका हुन्।
विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आउने गरेका पुण्य गौतम पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको पुष्टि गरेको छ ।
गौतमले भारतका सेना प्रमुख एम एम नरवाणेलाई कालो झण्डा देखाउने बताउँदै आएका थिए । नरवाणे आजबाट दिन दिवसीय नेपाल भ्रमणमा आउँदैछन् ।
नरवाणेले नेपालसँग सीमा विवाद हुँदा देहरादूनमा पुगेर घुमाउरो पाराले नेपालमाथि चीनको उक्साहटमा परेको आरोप लगाएका थिए । रिपोर्टर्स नेपालबाट…
रौतहट जिल्लाको प्रसिद्ध धार्मिक स्थल शिवनगरमा हिजो मंगलबार ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
रौतहटको शिवनगरमा मोटर साईकल चालकहरुलाई नियमित रूपमा हेल्मेट लगाउने, ओभर टेक गर्दा अगाडि पछाडि हेरेर गर्ने, तिब्र गतिमा सवारि नचलाउने, सवारीको सम्पुर्ण कागजात नियमित रूपमा बोक्ने लगायत ट्राफिक नियमको पालना गर्ने सम्बन्धि जनचेतना कार्यक्रम गरेको ट्राफिक प्रहरिले जानकारि दिएको छ ।
जिल्लामा पुर्व पश्चिम राममार्ग बाहेका सडकमा मोटरसाईकल चलाउँदा प्रायःले हेल्मेट लगाउने गरेका छैनन् । जसका कारण सुरु हुँदै गरेको जाडो मौसममा स्वास्थ्यमा प्रतिकुल समस्या देखिन सक्ने चिकित्सको तर्क छ । चिकित्सकका अनुसार चिसो मौसममा हेल्मेट लगाउँदा दुर्घटनामा क्षतिबाट बचाउनुका साथै स्वास्थ्य समस्या बाट पनी बचाउँछ ।
भारतका स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणे आज नेपाल आउँदै छन । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन । भारतीय सेनाको विशेष विमानमार्फत उनी र उनकी श्रीमतीसहित ४ सदस्यीय टोली दिउँसो काठमाण्डौ आईपुग्ने कार्यक्रम छ ।
नेपालमा उनलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ । नेपालका प्रधानसेनापति थापाले पनि यसअघि २०७५ सालको पुस २९ मा नयाँदिल्लीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्नुभएको थियो ।
नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । सेना प्रमुख नरवणेलाई राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह, खड्ग चिन्ह र प्रमाणपत्र प्रदान गर्नुहुने कार्यक्रममा रहेको छ ।
सेना प्रमुख नरवणे ४ दिने भ्रमण पूरा गरेर भारत फर्कनुहुनेछ ।
नेपाली सूचना प्रविधि कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूमलाई प्रवेश गराएको छ । श्रीलंकाका लागि जूमको आधिकारिक बिक्रेता भएसँगै जेनस सोलुसनले जूमलाई श्रीलंकाको बजारमा प्रवेश गराएको हो ।
जेनस सोलुसन नेपाल तथा भुटानको लागि जूमको आधिकारिक बिक्रेता भएर काम गर्दैं आएको छ । जूमसँगको सहकार्यमा जेनसले जूमको सःशूल्क प्याकेज उपलब्ध गराउँदै आएको छ । अब यो सेवा श्रीलंकामा पनि उपलब्ध हुनेछ ।
यी बाहेक अन्य देशमा पनि जूम उपलब्ध गराउने प्रयास निरन्तर जारी रहेको जेनसका ग्लोबल सिटीओ अञ्जनी फुयाँलले बताए । कोरोना महामारी सुरु भएसँगै भिडियो कन्फेरेन्सिङ, वेबिनार तथा मिटिङको लागि जूमको लोकप्रियता बढिरहेको छ ।
पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोनाभाइरस संक्रमणबाट आज (बुधवार) बिहान निधन भएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि १४ कात्तिकमा उनलाई दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। नर्भिक अस्पतालमा भर्ना गरिएकी उनलाई १५ कात्तिकदेखि भेन्टिलेटरमा राखिएको थियो। उनको बुधवार बिहान ६ः२५ मा निधन भएको हो।
उनलाई दसैं मनाउन पुर्ख्यौली घर रोल्पा गएको वेला स्वास्थ्यमा समस्या भएको थियो। पूर्व सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लका अनुसार त्यसपछि १३ कात्तिकमा उनलाई दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।
नर्भिक अस्पतालमा भर्ना भएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मल्लले बताए। उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्।
२०१८ सालमा जन्मिएकी उनको २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह भएको थियो। उनीहरुका दुई छोरा र दुई छोरी छन्। हिमाल खबरमा समाचार छ ।