२०८३ कार्तिक १३ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १३ बिहीबार

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को पनि प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र बागमती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा बाँकी हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहको छ । मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भूभागका थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। 

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा अधिकांश बादल लाग्नेछ । बाँकी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको तथा लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

 शुक्रबार देशभर अधिकांश बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।