२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

कोरोना भाइरसको संक्रमणबाट सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । सिन्धुली अस्पतालले बिहिवार विज्ञप्ति जारि गरि एक जना संत्रमित पुरुषको मृत्यु भएको जनाएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका वडा नम्बर ५ का ४८ बर्षका पुरुष रहेका छन ।

मृत्यु हुने व्यक्तिलाई गएको असोज १५ गते बेहोस भएपछि धुलिखेल अस्पताल पु¥याएर सोहि दिन टिचिङ हस्पिटल सिनामंगलमा भर्ना गरिएको थियो । अस्पतालले बिभिन्न स्वास्थ्य समस्या देखाएर शुल्क बढि लाग्ने बताएपछि उनलाई खर्च अभावमा असोज १९ गते राति काठमाण्डौंबाट सिन्धुली अस्पतालमा ल्याइएको थियो । उनको टिचिङ हस्पिटलमा कोरोना परिक्षण गर्दा पिसिआर पोजेटिभ आएको थियो ।

उनको उपचारको क्रममा असोज २० गते विहिवार विहान ३ः१५ बजे मृत्यु भएको सिन्धुली अस्पतालको कोरोना फोकल पर्सन डा.प्रसन्न राज भण्डारीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ । उनको सव व्यवस्थापनमा स्थानियले अवरोध गरेका छन् ।

कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव बिहिबार ब्यबस्थापन गर्न लागीएको ठाउँमै पुगेर बुका र गडौलीका स्थानीयले अबरोध गरेका हुन । संकट व्यवस्थापन केन्द्र सिन्धुलीले यसअघि कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएकाहरुको कमलामाई नगरपालिका–९ भिमानस्थित चुरे जंगलमा व्यवस्थापन गर्ने निर्णय गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता श्याम खत्रीका अनुसार, बिहीबार विहान मृत्यु भएका पुरुषको सव भने कनपा ५ को ढाक्रेबास जङ्गलमा व्यवस्थापन गरिएको छ ।

जिल्लामा यस अघि पनी कोरोना संक्रमणबाट एक ८४ बर्षिय बृद्धाको मृत्यु भइसकेको छ । बृद्धाको सब कमलामाई नगरपालिका ७ मा ब्यबस्थापन गरिएको थियो । त्यहाँ पनि स्थानियले अवरोधको प्रयास गरेका थिए ।

कोरोना भाइरस (कोभिड-१९) परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज भएको छ । 

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सरकारको पुनरावलोकन निवेदन खारेजको फैसला गरेको हो । 

कोभिडको परीक्षण र उपचार निःशुल्क हुनुपर्ने मागसहित दायर रिटमा सर्वोच्च अदालतले असोज १५ गते परीक्षण र उपचार निःशुल्क गर्न सरकारको नाममा परमादेश दिएको थियो । 

अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र टंक बहादुर मोक्तानको संयुक्त इजलासले असोज १५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र स्वास्थ्य मन्त्रालयका नाममा उक्त परमादेश दिएको थियो।

सर्वोच्चले संविधानको धारा ३५ मा स्वास्थ्यको हकलाई मौलिक हकभित्र परिभाषित गरेको बताउँदै कोभिडको उपचार निःशुल्क गर्न भनेको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको परीक्षणको शुल्क लिनु संविधान र कानुन सम्मत भएको भन्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत कात्तिक १७ गते उक्त परमादेश पुनरावलोकनको निवेदन दिएको थियो ।

बिहीबारको फैसलाले सरकारको पुनरावलोकन निवेदन खारेज भएसँगै अब सरकारले कोरोना परीक्षण र उपचार निःशुल्क गर्नुपर्ने भएको छ । अधिवक्ता ओली भन्छन्, ‘यो फैसलासँगै अब सरकारले कोभिडको परीक्षण र उपचार शुल्क लिएर गर्ने सबै बाटा सधैंका लागि बन्द भएका छन् ।’  अन्नपूर्ण पोस्टबाट…

बागमती नगरको गौरवको आयोजनाको रूपमा रहेको फनपार्कको निर्माण ठेक्का सम्झौता भएको छ । मंगलबार ठेक्का सकारेको निर्माण व्यवसायी गौरी पार्वती सुनकोसी धुलिखेल जेभी नयाँ बानेश्वर काठमाडौं र बागमती नगरपालिकाबीच ठेक्का सम्झौता भएको हो ।

१७ करोड रुपैयाँमा ठेक्का सकारेको निर्माण कम्पनीले योजनाको ९० प्रतिशत काम सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ । फनपार्क एक वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गबाट दुई किलोमिटर उत्तर बागमती नगरपालिका– ११ स्थित बुद्ध शान्ति तपोवन नजिक निर्माण हुन लागेको पार्कको क्षेत्रफल ६७ रोपनी रहेको नगरपालिकाका इन्जिनियर सागर पौडेलले बताए । ठेक्का सकारेको निर्माण कम्पनीले सम्झौतालगत्तै निर्माण आरम्भ हुने जनाएको छ । फनपार्क निर्माण हुने भएपछि स्थानीय तथा नगरवासी उत्साहित भएका छन् ।

फनपार्कको पर्खाल निर्माणलगायतका केही कामबाहेक सम्पूर्ण निर्माणका काम यसै ठेक्कामा सम्पन्न हुने नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमलप्रसाद पोखरेलले बताए । पवित्र तीर्थस्थल नुनथर र बागमती नदी किनार तथा चुरे शृंखलाको काखमा रहेको यो फनपार्क पर्यटकीय हिसाबले प्रदेश २ कै नमुना हुने नगरपालिकाको अपेक्षा छ ।

बागमती नगरपालिकाको प्रमुखमा निर्वाचित भएर आएलगत्तै नगरप्रमुख भरतकुमार थापाले नगरको महत्त्वाकांक्षी योजनाको रूपमा फनपार्क निर्माणको अवधारणा अगाडि सारेका थिए । निर्माण स्थलको छनोट, जग्गा अधिग्रहण, मुआब्जा वितरण, ठेक्का प्रक्रियालगायतका कामले फनपार्क निर्माणमा केही ढिलाइ भएको थापाले बताए ।

फनपार्कमा अतिथि गृह, स्वीमिङ पुल, पिकनिक स्पट, होटल लगायतका संरचना निर्माण गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विमल प्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार फनपार्क बनेपछि बाग्मती नदीमा बोटिङको व्यवस्था गर्ने योजना छ ।

पूर्व–पश्चिम राजमार्गस्थित बाग्मतीबाट दुई किलोमिटर उत्तरमा बन्न लागेको फनपार्कको २०७५ साल वैशाख १३ गते पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शिलान्यास गरेका थिए ।

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको इन्दु शंकर चिनि उद्योग लिमिटेडको प्रदुषण व्यवस्थापन हुने भएको छ । उद्योगबाट निस्कने फोहोर र प्रदुषणका कारण आफुहरु समस्यामा परेको भन्दै स्थानियले पटकपटक अन्दोलन गरेपछि उद्योग र हरिवन नगरपालिकाको ध्यानाकर्षण भएको हो ।

नगरपालिकाका नगर प्रमुख गणेश प्रसाईंको संयोजकत्वमा गठित अनुगमन समितिले बुधबार उक्त क्षेत्रको अनुगमन गरेको छ । अनुगमन समितिले उद्योगले आफ्नो उद्योगबाट निस्केको प्रदुषण व्यवस्थापन तथा फोहोर मैला व्यवस्थापनको काम के कति गरेको छ भन्दै नगर प्रमुख प्रसाइले स्थलगत अनुगमन गर्नुभएको उहाँका स्वकिय सचिव युवराज आर्चायले जानकारी दिनुभयो ।

अबको २ वर्ष भित्रमा उद्योगबाट निस्कने फोहोर तथा प्रदुषणको पुर्ण रुपमा व्यवस्थापन गर्दैै उद्योगबाट आजित बनेका सो क्षेत्रका स्थानियबासीलाई राहत पु¥याईने नगर प्रमुख प्रसाईले बताउनुभयो । नगर प्रमुख प्रसाईका अनुसार उद्योगले आफ्नै लगानीमा उद्योगबाट निस्कने फोहोर तथा प्रदुषणको व्यवस्थापन गर्ने छ ।

स्थानियबासीले पटकपटक उद्योगबाट निस्केकोे फोहोर तथा प्रदुषणको प्रत्यक्ष मारमा आफुहरु परेको भन्दै स्थानिय सरकार र चिनि उद्योगको ध्यानाकर्षण गराएका थिए । उद्योगले स्थानियको मागको व्यवस्थापनको काम गर्ने तयारी गरेको नगर प्रमुख प्रसाईले बताउनु भयो ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई आज मानार्थ महारथीको दर्जा दिँदै छ। प्रधानसेनापति पुर्णचन्द्र थापाको औपचारिक निमन्त्रणमा हिजो नेपाल आएका सेनाध्यक्ष नरवणेलाई आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवि भण्डारीले मानार्थ महारथीको दर्जा दिँदैछिन्। 

सन् १९५० मा पहिलो पटक सुरु भएको मानार्थ महारथीको दर्जा दिने परम्पराले ७० वर्षसम्म पनि निरन्तरता पाइरहेको छ।  सन् १९५० मा स्वतन्त्र भारतका जनरल केएम करियप्पालाई पहिलोपटक नेपालमा मानार्थ महारथी पदवी प्रदान गरिएको थियो।

नेपाली सेनाका तर्फबाट भने त्यसको ठिक १९ वर्षपछि अर्थात सन् १९६९ मा सुरेन्द्रबहादुर शाहले भारतीय सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका थिए।

सोलुखुम्बु : सोताङ गाउँपालिका ३ मा पूर्व पतिको खुकुरी प्रहारबाट पत्निको ज्यान गएको छ। २९ वर्षीय पूर्वपति होम बहादुर राईको खुकुरी प्रहारबाट २८ वर्षीया सोमा लामाको घटनास्थलमै ज्यान गएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

 होम बहादुर र सोमा लामा श्रीमान श्रीमति भएपनि २०७७ को बैशाखमा सोमा लामा स्थानीय २७ वर्षीया नन्द राज राईसँग गएर सँगै बस्दै आएको पाइएको छ।

स्थानीय कुमार राईको घरमा बुधबार साँझ ६ः३० बजे भेटभई बिबाद हुँदा होमबहादुरले खुकुरी प्रहार गरि टाउँको तथा शरीरको अन्य विभिन्न भागमा हान्दा सोमाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सुचना अधिकारी महेन्द्र दर्नालले जानकारी दिए। थाहा खबरमा समाचार छ ।

भारतको रिपब्लिक टेलिभिजनका सम्पादक अर्नव गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाईएको छ।​

अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याका लागि उक्साएको आरोपमा मुम्ईबको एक अदालतले बुधबार राति न्यायिक हिरासतमा पठाउने निर्णय सुनाएको हो।​

अर्नव गोस्वामीका  वकील अबाद पोंडाले धरौटीमा रिहाईका लागि निवेदन दर्ता गराएका छन्, जसको सुनुवाइ बिहीबार हुने छ। ​ 

२०१८मा ईन्टेरियर डिजाईनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको विषयमा अनुसन्धान गर्न अनर्वलाई बुधबार घरबाटै पक्राउ गरिएको थियो। पछिल्लो समय उनी मुम्बई प्रहरी  र महाराष्ट सरकारको आलोचनामा उत्रिएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।