२०८३ जेष्ठ १६ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १६ शनिबार

नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त हुनुभएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो । अब हितेन्द्रदेव शाक्यलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजनाअनुसार निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ । शाक्य ऊर्जामन्त्री पुन निकट मानिनुहुन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने र  सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । 

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान शुरु गरिन्छ । कात्तिक २८ गते  काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । 

कात्तिक २९ गते  बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंसी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते  गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।  

आइतबार बिहान ११ः२७ बजेसम्म औँसी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने हुन्छ ।

म्हपूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन  पात्रो (पञ्चाङ्ग) नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ३० गते नै म्हपूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग (पात्रो) मा उल्लेख गरे ।

भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाए । यसै दिनदेखि नेपाल संवत् ११४१ शुरु हुन्छ । 

शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचनअनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ । यसैले मङ्सिर  १ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ । नेवार समुदायका केही समूहले भने मङ्सिर २ गते भाइटीका लगाउने समाचार सार्वजनिक गरेका थिए ।

 मङ्सिर महिनामा भाइटीका परेकाले दाइलाई टीका लगाउनुहुन्न भनी केही मानिसले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहको समितिले जनाएको छ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने अध्यक्ष गौतमको भनाइ छ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक  मनाइन्छ । तिहारमा कार्तिक कृष्ण त्रयोदशीको साँझदेखि कार्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ । यमदीप दान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग र कुकुरलाई पनि यमदूतका रुपमा मीठा परिकार खान दिएर खुशी बनाउने वैदिक परम्परा छ  जसबाट यमलोकमा सहयोग हुने विश्वास गरिन्छ ।

रातोपाटी बाट ।

यदि तपाईंलाई आफ्नो पेट र कम्मर सानो बनाउने चाहाना छ? त्यसाे हाे भने शारीरिक अभ्यास मात्र होइन, आफ्नो खानपानमा पनि ध्यान दिन जरुरी छ।

जुन खानामा सुगर, कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, त्यस्तो खाना तुरुन्त बन्द गर्नुपर्छ।

यी चिजहरूले तपाईंको शरीरलाई मोटो बनाउन सक्छन् । खानपानमा तल उल्लेखित चिजहरू रोक्न सकेदेखि तपाईंको शरीर सुन्दर हुन सक्छ ।

मिठाई मोटोपनको साथी हो। यसलाई कम गर्दै लैजानुपर्छ। त्यस्तै फास्टफूड पनि तपाईंका लागि शत्रु हुनसक्छ  यसमा उच्च मात्रामा क्यालोरी हुन्छ, जसले गर्दा मोटोपन बढ्छ।

त्यस्तै रक्सी सेवन त अन्य कारणका लागि पनि हानिकारक छ। रक्सीमा पोषक तत्व हुँदैन तर क्यालोरी भने हुन्छ। तपाईंको तौल कम गर्ने मिसनमा रक्सीले मित्रता पूर्वक सहयोग गर्दैन।

त्यस्तै दुग्ध उत्पादनहरूले पनि तपाईको तौल कम गर्ने सपना साकार पार्न सक्दैनन्। यसमा क्याल्सियम त हुन्छ तर कार्बोहाइड्रेटको मात्रा पनि उत्तिकै हुन्छ। जरुरी क्याल्सियम साग सब्जीबाट लिएर दूध पिउन छोड्नुपर्छ ।

फलफूलको जुसमा पनि उच्च मात्रामा सुगर हुन्छ। धेरै जुस पिउदा शरीरको मोटोपन बढ्न सक्छ।

त्यस्तै नाम नै लिन नहुने अर्को खाना हो आलू। एउटा आलु खानुको मतलब तपाईँले एक चम्चा चिनी खाए बराबर हुन सक्छ। स्न्याक फूड पनि तपाईंको शरीरका लागि हानिकारक छ।

दिल्ली क्यापिटल्सले शानदार जित निकाल्दै ईण्डियन प्रिमियर लिग क्रिकेटको पहिलो पटक फाइनलमा पुगेको छ ।

आईतबार राति सम्पन्न खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई १७ सनले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्लीले २० ओवरमा ३ विकेटको क्षतिमा १८९ रन बनाएको थियो । १९० रनको जीत लक्ष्य लिएर ब्याटिङमा उत्रिएको हैदरावाद २० ओभरमा ८ विकेटको क्षतिमा १७२ रनमा समेटिएपछि दिल्ली आईपिएलको १३ संस्करणमा आएर पहिलो पटक फाइनलमा पुगेको हो ।

अब भोली मंगलबार नेपाली क्रिकेटर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले साबिक विजेता मुम्बई इण्डियन्ससँग फाइनल खेल खेल्ने छ । यसअघि गत शुक्रवार सम्पन्न पहिलो क्वालिफायर राउण्डमा मुम्बईले दिल्ललाई ५७ रनले पराजित गरेको थियो ।

फाइनल खेल मंगलबार साँझ ७:४५ बजे युएईको दुवई अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।

आईतबार हतियार सहित कञ्चनपुरको दक्षिणी सीमा क्षेत्र बेलौरी नगरपालिका १० भुडा पुगेका भारतीय एसएसबी माफी माग्दै फर्किएका छन् ।

पटक पटक नेपाली भूमिमा हतियार सहित प्रवेश गर्न पल्केका भारतीय एसएसबीलाई स्थानीयले लखेटेपछि माफीमाग्दै फर्कीएका हुन् । एसएसबीको हतियार सहितको जत्था नेपाली भूमिमा प्रवेश गरी नक्साङ्कन र रेखाङ्कन गर्न खोजेपछि स्थानीयले विरोध जनाएका थिए ।

एकाबिहानै सुटुक्क नेपाल प्रवेश गरी स्ट्रीप नक्साका आधारमा नेपाल भारत पिलर नम्बर ३२, ३३, र ३४ वरपरको नेपाली भुभाग नाप्न थालेपछि स्थानीयले लखेटेका हुन् । बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले भने, ‘भारतीय पक्षको रबैया अझै अन्त्य भएको छैन ।’ उनले नेपाल प्रवेश गरी कसैलाई थाहै नदिई चोर शैलीमा नेपाली भुमी नाप्नु निन्दनिय कार्य भएको बताए ।

यस्तै बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी भन्नुहुन्छ उच्च स्तरिय कुटनैतिक पहलबाट सीमा समस्या समाधान गर्ने भनी दुई देशबीच छलफल चलिरहेका बेला हतियारसहित नेपाल प्रवेश गरी भारतीय पक्षले धावा बोल्न नहुने बताए । अर्कोतर्फ अन्तराष्ट्रिय सीमा सरोकार समुह कञ्चनपुरका संयोजक पल्लब राज भट्टले कुनै समन्वय नै नगरी सीमानी जनतालाई जिस्काउनु भारतीय हेपाह प्रवृत्ति भएको जिकिर गरे ।

उनले विभिन्न सीमाक्षेत्रमा पटक पटक भारतीय पक्षको अतिरञ्जित क्रियाकलाप बढ्दै गएको बताउदैं सरकारले सीमा विवादको तत्काल टुङ्गो लगाउनु पर्ने बताए । यस्तै उनले तत्कालीन कञ्चनपुरको स्ट्रिप नक्सा नै त्रुटीपूर्ण रहेकाले उक्त नक्सा सच्याएमात्रै कञ्चनपुरको सीमा समस्या समाधान हुने कुरामा जोडदिए ।

नेपाल भारत सिमा जोडिएका पर्साको बिभिन्न तीनवटा गाउँपालिकाका तीन स्थानमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोस्ट स्थापना भएको छ ।

पर्सा जिल्लाको ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका तथा छिपहरमाई गाउँपालिकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको हो । ठोरी गाउँपालिकाको वडा नं ३ ब्रम्हानगर, जिराभवानी गाउँपालिका तथा छिपहरमाई गाउँपालिकाको वडा नं १ मा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट स्थापना भएको छ ।

पर्सा जिल्लामा १० वटा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रहेकोमा ठोरी, जिराभवानी तथा छिपहरमाई गाउँपालिकामा पोस्ट स्थापना भएसँगै पर्सामा सशस्त्र प्रहरीको १३ वटा बोर्डर पोस्ट पुगेको छ ।

ठोरीको ब्रह्मनगरमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट (बिओपी) लाई उद्धघाटन गर्दै सशस्त्र छिन्नमस्ता बाहिनी महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कृष्णभक्त ब्रम्हाचार्यले सीमा क्षेत्रमा हुने लागुपदार्थ ओसारपसार, चेलीबेटी बेचबिखन, अवैध चोरीपैठारी नियन्त्रण गरेर शान्ति सुरक्षा स्थापना गर्न बिओपी स्थापनाले सहयोग पुर्याउने बताए ।

उनले सशस्त्र प्रहरीले जनताको दैनिक समस्यालाई व्यावहारिक हिसाबले हेर्ने बताउदै सशस्त्र प्रहरीलाई शान्ति सुरक्षामा सघाउन स्थानीयसंग अनुरोध गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डिआईजी ब्रम्हाचार्यले स्थानीय जनतालाई दुख नदिन र नागरिक हितलाई प्राथमिकतामा राखेर काम गर्न पनि मातहतका सशस्त्र प्रहरीलाई निर्देशन दिए ।

पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आज (सोमबार) रौतहट आउने भएका छन ।

रौतहटको देवाही गोनाही नगरपालिका ८ गोनाही बजारमा हुन लागेको वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन जसपाका राष्ट्रिय अध्यक्ष यादव आज रौतहट आउने भएका हुन । वृहत् पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादवको रौतहट आगमन हुन लागेको कृषि राज्य मन्त्री योगेन्द्र यादवले जानकारी दिनुभएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको हुन लागेको रौतहट आगमनले रौतहटमा जसपा अझै मजबुत हुने विश्वास गरिएको राज्य मन्त्री यादवले बताउनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।