सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
गृहमन्त्री रामबहादुर थापा, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत तथा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव सम्मिलित संयुक्त बैठकले बिना दर्ता सञ्चालित सबै क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको हो ।
आ–आफ्ना जिल्लाभित्र ढुंगा,गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा रहेको, मापदण्डअनुसार भएरनभएको, सरकारलाई राजस्व बुझाएरनबुझाएको र दर्ता भएरनभएको एकीन विवरण ७ दिनभित्र पेस गर्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ढुंगा, गिट्टी तथा बालुवा उत्खनन् तथा व्यवस्थापनसम्बन्धी मापदण्ड १५ दिनभित्र परिमार्जन गरी पेस गर्न पनि बैठकले निर्देशन दिएको छ ।
देशभर पहुँच, प्रभाव र सत्ता निकटका आधारमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, दोहन र बिना दर्ता व्यवसाय सञ्चालनको प्रवृत्ति बढदै गएको छ ।
भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला ।
पहिला हाम्रा पूर्खाहरू भुइँमा नै सुत्थे । तर हामी आधुनिक भनाउँदाहरू झुटो प्रतिष्ठाका लागि महंगा फर्निचर किन्छौं । दिनभरिको मेहनतपछि नरम ओछ्यानमा डङ्रङ्ङ पछारिँदा आराम त हुन्छ तर नरम गद्दामा सुत्दा स्वास्थ्यलाई हानी पनि पुग्छ है । गद्दासहितको खाटमा सुत्दा कम्मर र गर्दनमा पीडा हुन्छन् । तर भुइँमा सुत्न थाल्नुभयो भने यी कुनै पनि समस्याले सताउँदैनन् ।
कम्मर दुख्ने समस्या अहिले आम समस्या भएको छ र जुनसुकै उमेरका मानिसलाई यसले सताउँछ । तपाईंमा पनि यो समस्या छ भने भुइँमा सुत्न थाल्नुस् । काँध र गर्दनमा पीडा हुने समस्या आजकलका मानिसलाई खुबै हुन्छ । लगातार कम्प्युटरमा काम गर्ने, झुकेर हिँड्ने, सही पोजिसनमा नबस्ने र गलत तरिकाले सुत्ने गर्दा यस्ता समस्या आउँछन् ।
काँधलाई सिधा पार्न र गर्दन दुखेको निको पार्न पनि भुइँमा सुत्न थाल्नुस् । शरीरमा सही रक्तसञ्चार होस् भनी चाहनुहुन्छ भने भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा शरीर दिमागको तालमेल सही बस्छ र स्वास्थ्य पनि राम्रो रहन्छ । दिनभरिको थकान र तनावलाई हटाउने गजबको उपाय भुइँमा सुत्नु नै हो ।
भुइँमा सुत्दा मानसिक शान्ति पाइन्छ, मन रमाउँछ र तनाव तथा थकान भाग्छ । बेस्सरी थाकेर पनि निद्रा लागेन भने तपाईं भुइँमा सुत्न थाल्नुस् । यसो गर्दा तपाईंलाई गजबको निद्रा लाग्छ र उठेपछि पनि थकान र टाउको दुख्नेको साटो ताजापन अनुभव हुन्छ ।
शरीरको क्षमताअनुसार भुइँमा सुत्न थाल्नुस् । तपाईंले आनन्दित महसूस गर्नुहुनेछ ।
इण्डियन प्रिमियर लिग (आईपीएल)को यो सीजनमा पनि मुम्बई इन्डियन्स च्याम्पीयन बनेको छ । (यूएई)को दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनल खेलमा दिल्ली क्यापीटल्सलाई पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेकाे छ ।
मंगलबारको फाइनल खेलमा मुम्बइले दिल्लीलाई ५ विकेटले पराजित गरेको हो । आइपीएल २०२० को यो सिजनसँग १३ औ सिजन पूरा भएको छ । जसमा मुम्बइले मात्रै ५ पटक उपाधि कब्जा गर्न सफल भएको छ । मंगलबारको खेलमा दिल्लीले मुम्बई १ सय ५७ रनको लक्ष्य दिएको थियो । जसलाई मुम्बाइले मुम्बईले १८ दशमलव ४ ओभरमा पूरा गरेको थियो ।
उसका लागि रोहित शर्माले ६८, क्विन्टन डी ककले २० रन बनाएका थिए । त्यस्तै इशान किशन अविजित ३३ रन बनाउन सफल भए । उता बलिङतर्फ दिल्लीका मार्कस स्टोइनिस र कागिशो रबाडाले १र१ विकेट लिँदा एनरिच नोर्त्जेले २ विकेट लिएका थिए ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाउन सफल भएको थियो । जसका लागि कप्तान श्रेयस अय्यरले अविजित ६५ रन र रिषभ पन्तले ५६ रन बनाएका थिए । त्यस्तै बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिँदा कल्टर नायलले २ र जयन्त यादवले १ विकेटका थिए ।
एक पटक फाइनलमा पुगेर हारेको मुम्बाइले त्यसयता जित निकाल्दै आएको छ । उसले फाइृनल पुगेर पराजि भोग्नु परेको छैनु सन २०१० मा पहिलो पटक फाइनल पुगेर हार बेहोरेको थियो । त्यसयता उसले सन २०१३, २०१५, २०१७, २०१९ मा पनि फाइनलमा जित निकालेको थियो ।