सर्लाही । बागमती नगरपालिका-१२ बथनियास्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रसाद गौतमका अनुसार दुर्घटनामा बागमती नगरपालिका–४ नयाँबस्तीका १६ वर्षीय राजिव तामाङको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका निजलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।












