२०८३ जेष्ठ २७ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २७ बुधबार

रौतहटको कटहरिया नगरपालिकाको पाँचौ नगरसभा शुक्रवार सम्पन्न भएको छ । बिबिध अन्योलताका बिच नगरपालीकाको पाँचौ नगरसभा सम्पन्न भएको हो ।

नियमानुसार असार मसान्त भित्र सबै पालीकाले परिषद गरिसक्नुपर्ने भएता पनी बिभिन्न कारणले कटहरिया नगरपालीकाको परिषद हुन सकेको थिएन । नगरप्रमुख शियाराम कुशवाहको अध्यक्षतामा सम्पन्न परिषदमा रौतहटको निर्वाचन क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सांसद कुन्दन कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो ।

नगर परिषदले चालु आर्थिक वर्ष २०७७/०७८ मा नगरको समग्र विकासका लागि ४२ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि कटहरिया नगरपालिकाले आफनो पाँचौ नगरसभाबाट ४२ करोड १९ लाख ३८ हजार ४५७ रुपैयाँ बजेट पारित गरेको छ ।

नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले चालु आर्थिक वर्षको लागि वित्तिय समानीकरण, शशर्त अनुदान, समपुरक अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान लगाएत बिभिन्न शिर्षकको गरी उक्त परिमाणको बजेट रकम प्रस्तुत गर्नुभएको हो । यस वर्ष शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, यातायात, खानेपानी तथा सरसफाइ, विधुत, भौतिक पुर्वाधार निर्माण, पर्यटन तथा संस्कृति लगाएतलाई विशेष प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत साहले जानकारी दिनुभयो ।

नगरसभाले नगरभित्रका बिद्युत उपभोक्ताहरुको २० युनिट सम्मको बिद्युत महसुल नगरपालीकाले तिरिदिने निर्णय समेत भएको जनाईएको छ ।

नगरसभामा नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुन, विभिन्न वडाका जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रतिनिधि, वडाबासि लगाएतहरुको सहभागिता रहेको थियो ।

सर्लाहीको परवानीपुरमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा शुक्रवार सामाजिक दुरि कायम राख्दै शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।

लालबन्दी नगरपालीका वडा नम्बर १६ मा रहेको स्वास्थ्य चौकीको कार्यालय परिसरमा हिन्दुहरुको चाड तिहार तथा लोक पर्व छठको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । कार्यक्रममा वडा नम्बर १५ र १६ का वडाध्यक्षहरु गोरख बल र गणेश थापा सँगै अस्थाई प्रहरि चौकी परवानीपुरका असई बृज भुषण पाण्डे, स्थानिय बिभिन्न पार्टि प्रतिनिधिहरु कृष्ण गौतम, भरत गौतम, गोबिन्द अधिकारि, आईतीमाया मोक्तान सँगै वडा सदस्यहरु तथा स्वास्थ्य कार्यालयका कर्मचारिहरुको सहभागीता रहेको थियो ।

शुभकामना ब्यक्त गर्दै नेकपा नेता गोबिन्द अधिकारि

कार्यक्रममा अहिलेको कोरोना संक्रमणको बिषम परिस्थितीमा कसरि सुरक्षित सेवा प्रवाह गर्ने तथा आगामी योजनाका बिषयमा समेत छलफल भएको स्वास्थ्य चौकी प्रमुख हिमांसुशेखर कर्णले जानकारि दिनुभयो ।

उहाँले बर्थिङ सेन्टर समेत रहेको स्वास्थ्य चौकीमा भवन अभावको समस्याका बावजुद कसरि गुणस्तरिय सेवा पु¥याउन सकिन्छ भन्ने बिषयमा समेत चर्चा भएको बताउनुभयो ।

सर्लाहीमा नेपाल कम्युनिष्ट पार्टि लालबन्दी नगरपालीका वडा नम्बर ३ को आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

वडा नम्बर ३ का वडाध्यक्ष एवं नेकपा जिल्ला कमिटि सदस्य राम नारायण चौधरिको अध्यक्षता तथा नगरप्रमुख मान बहादुर खड्काको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गएको बिजयादशमि, शुभ दिपावली तथा पबित्र लोक पर्व छठको शुभकामना आदान प्रदान गरिएको श्रोतले बताएको छ ।

नेकपामा प्रवेश गर्नेहरुलाई टिका लगाएर स्वागत गर्दै नगरप्रमुख खड्का

कार्यक्रममा अन्य पार्टि परित्याग गरि नेकपामा प्रवेश गर्ने ब्यक्तिहरुलाई प्रमुख अतिथी मेयर खड्का लगाएतका अतिथीहरुले टिका लगाएर नेकपामा स्वागत गरेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा नेताहरु ज्ञान बहादुर थापा, डिल्लि अधिकारि, लेखराम जर्गा, योग नारायण चौधरि, अर्जुन चौधरि, दिलिप साह लगाएत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति बाराक ओबामालाई महत्वपूर्ण कुटनीतिक जिम्मेवारी दिने तयारी गरेका छन् । ओबामाको कार्यकालमा उपराष्ट्रपति रहेका बाइडेनले ओबामालाई बेलायतका लागि राजदूतमा नियुक्त गर्न लागेको बेलायती अखबार द एक्प्रेसले जनाएको छ । डेमोक्रेटिक उम्मेदवार बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन् । उनले आगामी जनवरीमा ह्वाइट हाउसको जिम्मेवारी सम्हाल्नेछन् ।

राष्ट्रपतीय जिम्मेवारी लिने वित्तिकै ओबामालाई बेलायतका लागि राजदूत नियुक्त गर्ने बाइडेनको योजना रहेको समाचारमा उल्लेख छ ।

कुटनीतिमा माहिर ओबामा राजदूतका रुपमा बेलायत गए बेलायती प्रधानमन्त्री बोसि जोहनसनका लागि भने मुस्किल पर्नसक्ने विश्लेषण गर्न थालिएको छ । किनभने दुई देशबीच ब्रेक्जिट व्यापार सम्झौतालाई लिएर शीतयुद्ध चलिरहेको छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज शुक्रबारलाई निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ ।

कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठो–मीठो खान दिई खुशी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलन समेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

“काकेन दधि भक्षितम्” अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रही आएको छ । यमदीपदानसहित यमपञ्चक भने बिहीबार बेलुकीदेखि नै शुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक बिहीबार बेलुकीदेखि नै शुरु भएको हो ।

यसैगरी लक्ष्मी स्थिर राख्नका लागि गरगहना एवं तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व पनि शुक्रबार नै मनाइन्छ । यस दिन गरगहना तथा भाँडाकुँडा किनेमा लक्ष्मी घरमै स्थिर भई बस्ने धार्मिक मान्यता छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।