शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म २४ हजार ९छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७५७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको १ लाख ९३ हजार ३२५ संख्या पुगेको छ ।
त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएसँगै हालसम्म मृत्युहुनेको संख्या १ हजार ३०५ पुगेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् । चितवनमा शनिबार भएको कार्यक्रममा नेता पाण्डेले बोलिरहेको समयमा आफ्नै कार्यकर्ता र त्यहाँका स्थानीयले अवरोध गरेका हुन् । राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला पाण्डेलाई अभद्र व्यवहार गरिएको हो ।
यसैबीच, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेता पाण्डेमाथि केही व्यक्तिले सुनियोजित रूपमा अभद्र व्यवहार गरेको भन्दै असन्तुष्ट हुनुभएको छ । सभ्य, सुसंस्कृत एवं समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिस्ट आदर्श अबलम्बन गर्ने लोकतान्त्रिक कम्युनिस्ट पार्टीका लागि यस्ता गतिविधि पटक्कै नसुहाउने उहाँको भनाइ छ । नेता नेपालले दुर्व्यवहार गर्नेहरूको छानबिन गरेर कडा कारबाही गर्न माग गर्नुभएको छ ।
त्यसैगरि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले चितवनमा नेता सुरेन्द्र पाण्डे सुनियोजित रुपमा दुर्व्यवहार गरिएको बताउनुभएको छ । शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै वरिष्ठ नेता खनालले नेता पाण्डेमाथि भएको दुर्व्यवहारको निन्दा एवं भत्र्सना गर्दै सम्लग्न व्यक्तिलाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ ।
‘कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिहरूले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपूर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु’, खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्शविपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षणसमेत गराउँछु ।’
पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको समधानका लागि उपायहरु खोजी भइरहेका बेला यस्ता घटनाले स्थितिलाई झनै उत्तेजक बनाउने भन्दै सचेत रहने नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभएको छ ।
मानिसहरुलाई निन्द्रा लाग्नु र थकाइका कारण झुल्नु स्वभाविक कुरा हो । तर गाउँका सबै जना नै कुरा गर्दा गर्दै निदाउँछन् भन्दा तपाईलाई कस्तो लाग्ला ? काजिकिस्तानको एउटा गाउँमा मानिसहरु कुरा गर्दा गर्दै निदाउँछन् ।
यस बारेमा वैज्ञानिकहरु नै अचम्ममा परेका छन् । काजिकिस्तानको कलाची गाउँका मानिसहरु जुन बेला पनि निदाउँन सक्दछन् ।
अचम्मको कुरा त के छ भने त्यहाँका मानिसहरु सुतेर उठ्दा सबै कुरा बिर्सिन्छन् । कलाची गाउँको यो रहस्य पहिलो पटक सन् २०१० मा पत्ता लागेको थियो ।
त्यो समयमा केहि बच्चाहरु अचानक स्कुलमा सुतेको खबर बाहिर आएको थियो । वैज्ञानिकहरुका अनुसार यस्तो कारण जान्ने जति प्रयास गरेपनि नसकेको बताएका छन् ।
केहि अनुसन्धान कर्ताहरुले अचानक निन्द्रा लागेर सुत्नुको पछाडि स्लीपिंग डिसअर्डर रहेको बताएका छन् । कलाची गाउँमा युरेनियमका धेरै खानीहरु रहेका छन् ।
युरेनियमबाट निस्किने ग्यासहरुले शरिरमा असर गरेको कारण यस्तो भएको हुनसक्ने कतिपयको बुझाई रहेको छ ।
लोक आस्थाको पवित्र पर्व छठ आज शनिवार बिहानको उदाउँदो सुर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।
मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्ने गरिन्छ । गएको बुधवारबाट सुरु भएको छठ यसपाली कोरोना माहामारिका कारण अघिल्ला बर्षहरुको जस्तो बृहत हुन सकेन । कतिपयले यसपालीको छठलाई घर आँगनमै घाट बनाएर मनाए भने कतिपय सिमित ब्यक्तिहरु मात्रै सहभागी भएर घाटमा पुगे ।
यसै बिच रौतहटको कटहरिया नगरपालीका वडा नम्बर ३, ५ र ६ का वडाध्यक्षहरु उमेश यादव, सर्फलाल प्रसाद गुप्ता, शम्भुकान्त यादव सहित नेपाली कांग्रेसका युवा नेताहरु गनिलाल यादव, वाल्मिकी यादव, हरेन्द्र यादवले नगरभित्रका बिभिन्न छठ घाटमा पुगेर ब्रतालु भक्तजनहरुसँग भेटघाट गर्दै शुभकामना आदान प्रदान गरेका छन । सहभागी वडाध्यक्षहरुले यसपालीको छठमा ब्रतालु भक्तजनहरुको सुबिधालाई ध्यानमा राखेर गाउँदेखि छठ घाटसम्म बिजुली बत्तिको प्रबन्ध गरेका थिए ।
उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।
आज शनिबार छठ पर्वको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालुले ब्रत तोडेका छन ।
सूर्यको पूजा र उपासनाको यो पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको थियो। महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातबासमा रहँदा सो गुप्तबास सफल होस् भनी सूर्यदेवको पूजा उपासना गरिएको थियो सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
मिथिला नगरी एवं तराईका अधिकांश स्थानमा बिहानैदेखि नदी, पोखरी एवं नहर किनारमा अर्घ्य दिने, ब्रतालुको आशिर्वाद लिने एवं बिहानीको पुजापछि प्रसाद थाप्ने गरिन्छ । यस बर्ष कोरोना महामारीका कारण नदी तथा तलाउका घाटहरुमा ब्रतालुहरुको न्यून उपस्थिति रह्यो ।
शुक्रबार दिनभर निराहार व्रत बसेका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई पूजा गरी अर्घ दिएपछि मात्रै छठको समापन गर्ने गर्दछन् ।
यस पर्वमा बाँसको ढाकी, माटोका सामग्रीहरु, केरा, मौसमी फलफुल, भुसुवा, ठेकुवा, उखु, अदुवा लगायतका विविध मिठाई तथा फलफूल लगायतका प्रसाद चढाइन्छ ।
भारतबाट सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र खुफिया एजेन्सी ‘रअ’ प्रमुख सामन्त गोयलको भ्रमणपछि अर्को छिमेकी चीनबाट रक्षामन्त्री जनरल वेई फेङ्गे दुईदिने औपचारिक भ्रमणमा नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय र जंगी अड्डाले उनको भ्रमणका लागि आ–आफ्ना तयारी तीव्र पारेका छन् । पछिल्लोपटक भारतबाट उच्च सुरक्षा अधिकारीहरूको भ्रमण भएलगत्तै चीनबाट पनि रक्षामन्त्रीको भ्रमण हुन लागेको छ ।
कोभिड– १९ को विश्वव्यापी महामारीपछि नेपाल आउन लागेका जनरल वेई सबैभन्दा वरिष्ठतम् चिनियाँ अधिकारी हुन् । जनरल वेई पहिलो वरीयताका चिनियाँ स्टेट काउन्सिलर हुन् । तर, विदेशमन्त्री रहेका वाङ यी तेस्रो वरीयताको स्टेट काउन्सिलर हुन् । उच्च कूटनीतिक स्रोतका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङको पछिल्लो नेपाल भ्रमणका वेला घोषणा भएको रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा छलफलका लागि चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण हुन लागेको हो ।
भारतीय विदेशसचिव हर्षबर्धन शृंगला परिचयात्मक सद्भावना भ्रमणका लागि ११ मंसिरमा काठमाडौं आउँदै छन् । उनी १२ मंसिरमा फर्कनेछन् । उनी फर्केको पर्सिपल्ट १४ मंसिरमा चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने नेपालको तयारी छ । यद्यपि, शुक्रबार अबेरसम्म भारतीय विदेशसचिव तथा चिनियाँ रक्षामन्त्रीको भ्रमणबारे नेपाल, भारत र चीन कसैले पनि मिति सार्वजनिक गरेका छैनन् ।
विश्वकै सबैभन्दा खतरनाक संगठन मानिएको अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी गरिएको छ ।
अलकायदाको नेतृत्वमा रहेका जवाहिरीको दमका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् । अलजवाहिरी अफगानिस्ताको पहाडमा लुकेर बसेका थिए । उनको सही उपचार नपाएर मृत्यु भएको जनाइएको छ ।
पाकिस्तान र अफगानिस्तानका श्रोतहरुलाई उदृत गर्दै नेता जवाहिरीको मृत्यु भएको समाचार अरब न्युजले प्रकाशित गरेको छ । अमेरिकी गुप्तचर एजेन्सीले भने यो दावीको थप अनुसन्धान गरिरहेको जनाइएको छ । अल जवाहिरी र अब्दुल्लाह अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको मोस्ट वान्टेड आतंकवादीहरुको सूचीमा थिए ।
अल जवाहिरीका बारेमा सूचना दिनेहरुका लागि २५० मिलियनको पुरस्कार दिने घोषणा गरिएको थियो । ओसामा विन लादेन अमेरिकी सेनाको कार्वाहीमा मारिएपछि जवाहिरी सो संगठनको प्रमुख बनेका थिए । इजिप्टमा बस्ने जबाहिरी आखाँ चिकित्सक थिए ।
उनी सन् २०११ मा अलकायदाका प्रमुख बनेका थिए ।
एन्ड्रोइड अपरेटिङ सिस्टम गोप्य र सुरक्षित छैन भन्ने कुरा कसैबाट लुकेको छैन । यो एकदमै कस्टमाइज्ड प्लेटफर्म भएको कारण धेरै मोबाइल प्रयोगकर्ताले अझै यसलाई मन पराउँछन् । गुगल डेभलपमेन्ट टिमले समय समयमा सुरक्षा सुनिश्चितताका लागि काम गर्दै अइरहेको छ । यद्यपि समयसमयमा यसको साइटमा विभिन्न कमजोरीहरु भने देखा पर्दै आएका छन् ।
केही समयअघिकाे एउटा रिपोर्टमा एन्ड्रोइडको सहायक सिस्टम गम्भीर रुपले कमजोर रहेको कुरा उल्लेख थियो । तर प्रयोगकर्ताका लागि सुखद खबर के छ भने यो समस्यालाई सेक्युरिटी प्याचबाट समाधान गर्न सकिन्छ ।
एन्ड्रोइडको एट अरियो तथा एन्ड्रोइड नाइन पाइमा त्यस्तो समस्या देखिएको थियो । ब्लुटुथ कनेक्टिभीटीको माध्यमबाट नजिकै रहेको एउटा रिमोट अट्याकरले केही आर्बिटोरी कोड घुसाउन सफल भएको पाइएको छ । प्रयोगकर्ताको जानकारी बिना नै यस किसिमको जोखिम आउन सक्छ ।
अट्याकरलाई ओपन ब्लुटुथ कनेक्सन प्लस युजर इन्ट्ररएक्सन बिनाको ब्लुटुथ म्याक एड्रेस चाहिन्छ । यस्तो अवस्थामा उनीहरुले तपाईंको डिभाइसमा भाइरस फैलाउनुका साथै व्यक्तिगत डेटा पनि चोरी गर्न पनि सक्छन् । एन्ड्रोइड टेनमा यस्तो कमजोरी देखिएको छैन तर यसअघिको एन्ड्रोइड एट र नाइन भने प्रभावित हुनसक्छ ।
यस्तो संमवेदनशीलता अर्थात जोखिमबाट बच्न एन्ड्रोइड एट र एन्ड्रोइड नाइनका लागि फेब्रुअरी २०२० मा सेक्युरिटी प्याच प्रयोग गर्न सुभाव दिइएको थियाे । यसअलावा डिभाइसलाई सुरक्षा दिन अन्य सुरक्षा उपाय पनि अपनाउन सकिन्छ । त्यसको उत्कृष्ट उपाय भनेको फोन वा ट्याबलेटलाई नन डिसकभरेबल बनाउनु हो ।
त्यसो त डिभाइसहरु ब्लुटुथ स्कयानिङबाट डिस्कभर हुन्छन्, तर पुराना डिभाइसहरु अझ चाँडै डिस्कभर हुन्छन् । आवश्यकता नभएको समयमा ब्लुटुथबाट चल्ने हेडफोनहरु पनि टर्न अफ गरेर नन डिस्कभरेबल बनाउनुपर्ने हुन्छ ।