२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

पछिल्लो २४ घण्टामा नेपालमा थप १९ सय ४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १३ सय ८९ पुगेको छ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्।

मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर भएको थियो ।

अहिले देशभर होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना रहेका छन् । क्वारेन्टिनमा भने ६६९ जनामात्र छन् । आईसीयूमा ३४५ जना छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा ४८५ पुरुष र ३५० महिला गरेर ८३५ जना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४ सय ९९ सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुर, कास्की जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।

रौतहटमा लागुऔषध गाँजा सहित प्रहरिले एक बृद्धलाई पक्राउ गरेको छ । बुधवार बिहान जिल्लाको माधवनारायण नगरपालीका १ दिपहि स्थित सडकबाट प्रहरिले सोहि ठाउँका ६० बर्षिय जोखु राय यादवलाई पक्राउ गरेको हो ।

गाँजा लिएर जाँदै गरेको बिशेष सुचनाको आधारमा ईलाका प्रहरि कार्यालय शिवनगरबाट गएको टोलीले सडकमा आवत जावत गर्ने मानीस तथा सवारिलाई चेकजाँच गर्ने क्रममा साईकलमा जाँदै गरेका यादवलाई प्रहरिले पक्रेको हो ।

पक्राउ परेका यादवले साईकलमा पछाडि बोरामा बाँधि ल्याएको ४ केजि गाँजा सहित उनलाई पक्राउ गरि जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान गरिरहेको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।

रौतहटको गरुडा नगरपालिका-७ मा जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गरुडा नगरपालिका-७ भिमडाबरका ५० वर्षीय फतिंगा ठाकुर रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार झडपका क्रममा ज्ञानी ठाकुर, ध्यानी ठाकुर र नागेन्द्र ठाकुरको समूहले चिरान काठले टाउकोमा प्रहार गर्दा फतिंगा गम्भीर घाइते भएका थिए । घाइते फतिंगाको गरुडाकै एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी रवि रावलले बताए ।

प्रहरीका अनुसार चिरान काठ प्रहार गर्ने तीनै जना दाजुभाइले फतिंगा ठाकुरको जमिनलाई आफनो जमिन भएको दाबी गर्दै आएका थिए । जग्गा विवादले बुधबार उग्ररुप लिँदा दुवै पक्षबीच कुटाकुट भएको थियो । सोही क्रममा तीन जना मिलेर फतिंगालाई चिरान काठ प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि गरुडाकै एक अस्पतालमा पु¥याइएको तर उपचारकै क्रममा उनको मृत्यु भएको डीएसपी रावलले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि गौर अस्पताल पठाइएको र घटनामा संलग्न रहेका मध्ये ध्यानी ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको डीएसपी रावलले बताए ।

मंगलबार मात्रै पनि कुटपिटकै कारण रौतहटमा एक व्यक्तीको ज्यान गएको थियो । मंगलबार वृन्दावन नगरपालिका-७ सखुवा धमौरामा दुई छिमेकीबीच भएको विवादमा अमिरी पासवानको ज्यान गएको थियो ।

घटनामा सँलग्न रहेको आरोपमा प्रहरीले स्थानीय विकास पासवान र बिन्दा पासवानलाई पक्राउ गरेको छ ।

गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ (दीपक मनाङे)की श्रीमती चोरीको आरोपमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा मकवानपुर प्रहरीले मनाङेकी श्रीमती डोल्मा लामालाई बुधबार पक्राउ गरेको हो।

मकवानपुरका एसपी सुशीलसिंह राठौरले लामालाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धानका लागि कास्की पठाइएको जानकारी दिए।

उनीविरुद्ध कास्कीमा मूर्ति चोरीको मुद्दा परेको छ। गत कात्तिकमा कास्की अदालतले उनीविरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो। तर लामा भने गत दसैंदेखि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थित माइतीमा बस्दै आएकी थिइन्।

उनलाई माइतीघरबाटै प्रहरीले पक्राउ गरेको हो।

भारत सरकारले सपिङसम्बन्धी वेबसाइट अली एक्सप्रेससहित ४३ वटा चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले ती एपहरु सूचना प्रविधि ऐनको प्रावधानअनुसार भारतमा प्रतिबन्ध लगाइएको मंगलबार जनाएको हो ।

भारतको सूचना तथा प्रविधि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ‘प्रतिबन्धित एपहरूले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र भारतको सुरक्षामाथि खतरा उत्पन्न भएको’ जनाएको छ । मन्त्रालयले भारतको गृह मन्त्रालयको साइबर अपराध समन्वय केन्द्रको विस्तृत प्रतिवेदनका आधारमा ती एपमाथि प्रतिबन्ध लगाइएको जनाएको छ ।

यसअघि भारत सरकारले २ सय २४ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाइसकेको छ । सेप्टेम्बर ३ मा भारतले १ सय १८ वटा एपमाथि प्रतिबन्ध लगाएको थियो । त्यसअघि विभिन्न दुई चरणमा १ सय ६ वटा चिनियाँ एपको भारतमा प्रतिबन्ध लगाइएको थियो । प्रतिबिन्धितमध्ये टिकटक, बिगो लाईभ, पब्जिलगायतका एप भारतमा निकै लोकप्रिय रहेका थिए ।

मोबाइल फोन र एपका लागि विश्वकै ठूलो बजार मानिने भारतमा चिनियाँ फोन र एपहरूको प्रयोग लोकप्रिय छ । मोबाइल एपमार्फत चीनले सूचना संकलन गरेको आरोप भारतले लामो समयदेखि लगाउँदै आएको छ ।

पछिल्लो समय भारत र चीनबीचको सीमाक्षेत्र लद्दाखमा जारी तनावका कारण विवाद उत्कर्षमा छ । दुई देशीय सीमाक्षेत्र गलवान उपत्यकामा गत जुनमा भएका हिंसात्मक झडपका क्रममा २० जना भारतीय सैनिकले ज्यान गुमाएका थिए ।

कान्तिपुरमा समाचार छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम मङ्सिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि तिथि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ ।

एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मङ्सिर १० गते बुधबारलाई स्मार्तानां एकादशी व्रत भनी समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको उनले बताए । वेदमा आधारित भई कर्म गर्नेले अरुणोदयकालमा एकादशी तिथि परेको दिन तिथि मनाउने गर्छन् ।

सूर्योदय हुनुअघिको चार घडीलाई अरुणोदय भनिन्छ । यो एकादशी यस वर्ष मङ्सिर ११ गते बिहीबार परेको समितिले जनाएको छ । जसलाई वैष्णवानां एकादशी अर्थात वैष्णवको एकादशी भन्ने गरिएको छ । यहाँ विशेष टीका लगाउनेलाई मात्र वैष्णव भनी बुझ्न नहुने अध्यक्ष गौतमले बताए । समितिले स्वीकृति दिएकामा पात्रोमा पनि यही उल्लेख गरिएको छ ।

हरिबोधनी एकादशीको महत्व

कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्नुहुने भगवान् विष्णु यसै दिन जागा हुनुहुने शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासाभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशङ्खुनारायण, काठमाडौँको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचङ्गुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।

बर्दिबासमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिबासमा निषेधाज्ञा लागु भएको छ ।

बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको लागि बर्दिबासमा निषेधाज्ञा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए । एक प्रदर्शनकारीको मृत्यु भएकाले सम्भावित घटनालाई रोक्न निषेधाज्ञा लगाइएको उनले बताए ।

आइतबार बेलुका हराएकी बर्दिबास नगरपालिका वडा नम्बर १४ शुभम बस्तीकी ६ वर्षीय बालिका गुलाबसाह खातुनको सोमबार मध्यरातमा बोरामा शव फेला परेपछि आक्रोशित स्थानीयले मंगलबार प्रदर्शन गरेका थिए ।

बालिकाको शवलाई मुख्य सडकमै राखेर प्रदर्शन गर्दा प्रहरीले चलाएको गोली लागि तीनजना गम्भीर घाइते भएका थिए ।

घाइते मध्ये दुईजनालाई काठमाडौँ पठाइएकोमा एकजनाको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो। बुधबार बिहानदेखि पुनः स्थानीयहरुले प्रदर्शन गरिरहेका छन् ।

प्रदेश सांसद शारदा थापा समेत त्यहाँ पुगेकी छन् ।

निलगाईको कारण रौतहटका सैयौं किशान कठिनाईमा परेका छन । बर्षभरी मिहिनेत गरी खेतमा लगाईएको बाली नाली निलगाईले सखाप पारीरहेकाले जिल्लाका हजारौं किशान समस्यामा परेका हुन ।

जिल्लाको फतुुआ बिजयपुर, कटहरिया, देवाही गोनाही र मौलापुर नगरपालिका अन्तरगतका किशानहरु निलगाईको बढदो बथानको कारण ठुुलो मारमा परेका छन । निलगाईले जिल्लाको उतरीभेग भसेढवा, झौआ, कटहरिया, बुनियाद, लक्षमिनिया, फतुुआ, हर्षाहा, गमहरिया, मयार्दपुर, कर्कच कर्मैया लगायतका गाँउका किशानहरुले खेतमा लगाएको अनेकौ बालीमा ठुलो क्षती पु¥याईरहेको पिडित किशानहरुले बताएका छन ।

उतरतर्फ बनक्षेत्र र दक्षिणमा भारतिय सिमाना सम्म लालबकैया नदीको दुुबै किनारमा रहेका काँसघारीमा दिनभरी ठुलो संख्यामा निलगाईहरु लुुकेर बस्ने गर्दछन । साँझ पर्ना साथ किशानले लगाएको धान, मकै, उँखु, केरा, रहर लगायतका बालीमा पस्ने निलगाईले किसानलाई दुःख दिएको किसानहरुले बताएका छन ।

निलगाईको क्षती बाट आफनो बाली जोगान नदी किनारका दर्जनौ किशानहरु खेतमै बसेर रातभरी टिन बजाएर बस्ने गरेका छन । कतिपय किशानले निलगाईलाई धपाउन राती राती पटका समेत पडकाउने गरेका छन ।

निलगाईको हत्या कानुुनी अपराध भएको जिल्ला बन कार्यालय रौतहटले बताएको छ । निल गाइ नियन्त्रणको लागि नगरपालिका सहित सम्बन्धित निकायले ध्यान दिनु आवश्यक रहेको किसानहरुले बताएका छन ।

रौतहटको मुख्य ब्यापारीक केन्द्र गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा यात्रुुलाई सास्ती खेप्नु परेको छ ।

ब्यापारीक केन्द्र, श्रीराम शुगर मिल्स, एकदर्जन बैंक रहेको गरुडा बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभावमा दैनिक सैयौं मानिसलाई कठिनाई हुने गरेको छ । त्यतीमात्र नभई हप्ताको दुईपटक मंगलवार र शनिवार लाग्ने गरुडा हाट बजारमा रौतहट सर्लाही लागयत ठाउँबाट सयाँै मानिस पुग्ने गर्दछन ।

हाट बजारको अलावा ग्रामिण भेग बाट दैनिक सैयौं यात्रु काठमाण्डौ, पोखरा, बिराटनगर लगायतका लामो दुरीका दिवा तथा रात्री बस चढन समेत यात्रुहरु गरुडा बजार पुग्ने गर्दछन । बार्षिक करोडोैंको बजेट माटो र ग्रेभलमा सिध्याउने जन प्रतिनिधीहरु जन सरोकारको बिषयमा गम्भिर हुन नसकेको स्थानिय तथा ब्यापारिको टिप्पणी छ ।

यता गरुडा नगरपालिकाका मेयर ईन्दु राय यादवले गत वर्ष नै गरुडामा सार्वजनिक शौचालय बनाउने प्रतिवद्धता जनाएपनि हालसम्म निर्माण भएको छैन । शौचालयको लागि जग्गा नपाएका कारण शौचालय निर्माण गर्न नसकेको मेयर यादवले बताए ।

तिन वर्षअघि खुला दिशा मुक्त नगर घोषणा भईसकेको रौतहटको प्रमुख बजार गरुडामा हालसम्म सार्वजनिक शौचालय नहुनु आफैमा लज्जास्पद बिषय बनेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिकाभित्रका अपाङगता भएका ब्यक्तिहरुलाई मङ्गलबार राहत बितरण गरिएको छ ।

चन्द्रपुर नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमका बिच राहत सामग्री बितरण गरिएको हो । रौतहटको चन्द्रपुर नगरपालिका भित्रका अपाङ्ग तथा दृष्टिविहिन ५० जनालाई प्रति ब्यक्ति २० किलो चामलका साथमा दाल, सावुन, नुन, तेल लगायतका खाद्यान्न सामग्री बितरण गरिएको लाइन्स क्लव इन्टरनेशनलले जनाएको छ ।

कोरोना संकटले आम नागरिकहरुको जीवनमा समेत संकट पैदा भएको समयमा चन्द्रपुर नगर क्षेत्रभित्रका अपाङगता भएका नागरिकहरुमा सहजता पुग्ने उद्देश्यका साथ सो राहत बितरण गरिएको जनाइएको छ ।

कार्यक्रममा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी , उपप्रमुख रामरति चौधरी लगायत कर्मचारी तथा जनप्रतिनिधिहरुका साथै नगरका अपाङ्ग तथा दृष्टिविहित नागरिकहरुको सहभागीता रहेको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।