२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

रौतहटको चन्द्रपुरमा रिक्सा चलाएर बिभिन्न सामाजिक कार्यमा संलग्न रहँदै आउनुभएका चर्चित समाजसेवि केदार प्रसाद तिमल्सिनाले आज ४ जना अनाथ बालबालीकालाई सहयोग गर्नुभएको छ ।

रौतहटको सिमामा पर्ने मकवानपुरको बकैया स्थित धोबि खोलामा आफन्तकोमा बस्दै आएका बेसहारा ४ जना बालबालीकाको लागी रिक्साचालक तिमल्सिनाले लत्ताकपडा तथा केहि खाद्य सामाग्री वितरण गर्नु भएको हो ।

तिमल्सिनाले लिड न्युज नेपाललाई टेलीफोनबाट दिनुभएको जानकारि अनुसार बालबालीकालाई ब्यक्तिगत खर्चमा १० केजि चिउरा, ट्रयाक हुक सेट र ४ जनालाई ओड्न पुग्ने कम्बल बितरण गरिएको हो । केहि दिन अघि रौतहटका पत्रकार उपेन्द्र गोलेले अनलाईनमा लेख्नुभएको बालबालीकाको फोटो सहितको समाचार पढेपछि आफुले उनिहरुलाई सहयोग गरेको रिक्सा चालक तिमल्सिनाले जानकारि दिनुभयो ।

उहाँले प्रत्येक बर्ष जाडोको समयमा बिपन्न ब्यक्ति तथा परिवारका लागी बिभिन्न किसिमका सहयोगहरु गर्दै आउनुभएको छ । यसपालीको जाडोमा पनी बिपन्न परिवारका लागी न्यानो सहयोग गर्ने मनसायले सहयोग रकम तथा सामाग्रीहरु संकलन कार्य सुरु गरिसकिएको उहाँले बताउनुभएको छ ।

उहाँले रौतहट सहित सर्लाही, मकवानपुर, चितवन, कपिलबस्तु र कालीकोट सम्मका बिपन्न तथा समस्यामा परेका ब्यक्तिहरुलाई सहयोग गरिसक्नुभएको छ ।

तश्विर ः रिक्सा चालक समाजसेवि केदार प्रसाद तिमल्सिनाको फेसबुकबाट

रिक्साचालक तिमल्सिनाले बिश्वभर माहामारिको रुपमा फैलीएको कोरोना भाईरस (कोभिड–१९) का कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनी बिभिन्न ठाउँबाट ज्याला मजदुरिका लागी चन्द्रपुरमा डेरा लिएर बस्ने ब्यक्तिहरुलाई खानाको प्रबन्ध गर्नुभएको थियो । लकडाउनका कारण सिर्जना भएको कठिन परिस्थितीमा बिभिन्न दाताहरुको सहयोगमा करिव २९४ परिवारलाई खाद्यान्नको ब्यबस्थापन गरिएको उहाँले जानकारि दिनुभयो ।

रिक्सा चलाएर आफ्नो पारिवारिक गुजारा चलाउँदै आउनुभएका तिमल्सिनाको पहलमा बिभिन्न ठाउँ तथा देशमा बस्ने ब्यक्ति तथा संस्थाहरुले बिपन्न परिवारका लागी सहयोग पु¥याउँदै आउनुभएको छ ।

कटहरिया नगरपालिका वडा नं. ७ बगहिमा रहेको माध्यमिक विद्यालयका शिशु कक्षा देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई दिवा खाजा वापतको भत्ता रकम बितरण गरिएको छ ।

स्कूलमा उपस्थीत भएको दिन को हाजिरी हेरेर बिद्यार्थीलाई दिनको १५ रुपैयाँका दरले शिशु कक्षा देखि ५ कक्षा सम्मको छात्र छात्राहरुलाई खाजा भत्ता बितरण गरिएको बिद्यालयका प्रधानाध्यापक पवन पण्डितले बताएका छन । बिद्यालयमा रहेको खाजा समितीको रोहबरमा वडा नम्बर ७ का वडाध्यक्ष हरिभजन यादव समेतको बिशेष उपस्थिती एवं बिद्यालयका कर्मचारि, स्थानिय केहि ब्यक्तिहरु तथा उल्लेख्य बिद्यार्थीहरुको उपस्थितीमा खाजा खर्च वापतको रकम बिद्यार्थीलाई बितरण गरिएको हो ।

उनीहरुलाई कटहरिया नगरपालीकाबाट प्राप्त १० लाख ९९ हजार ४२५ रुपैयाँबाट दिनको २ ओटा कक्षा गरि ३ दिनमा सो रकम बितरण गरि सकिएको प्रधानाध्यापक यादवले जानकारि दिए ।

सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली जडान गर्ने विषयमा आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईबीच छलफल भएको हो ।

ऊर्जा मन्त्रालयमा आज भएको छलफलमा वातावरणीय हिसाबले पनि स्वच्छ ऊर्जाको प्रयोगलाई बढावा दिने ध्येयका साथ सौर्य प्रणाली जडान गर्ने विषयमा उहाँहरुबीच छलफल भएको बताइएको छ । छलफलमा मन्त्रीद्वय पुन र भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला,

ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, नेपाल विद्युत् प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीलाई बुझाउन निर्देशन दिएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थल नजिकको खाली रहेको जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।

एडिबीले सोलार प्लान्टका लागि नेपाललाई उपलब्ध गराउने झण्डै रु १८ अर्बमध्ये झापामा पाँच, बुटवलमा सात, पोखरामा चार र चनौटामा आठ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढिसकेको बताइएको छ । तीमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौतासमेत गरिसकेको छ । ती योजनामा एडिबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना अगाडि सारिएको मन्त्री पुनले जानकारी दिनुभयो ।

सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा उपलब्ध गराउनेछ । निजी क्षेत्रलाई सिधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ । विद्युत् प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्ताव गरेको छ ।

बैठकमा ऊर्जामन्त्री पुनले नेपाल जलविद्युत्मा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको बताउनुभयो । उहाँले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन पनि दिनुभयो ।

पर्यटनमन्त्री भट्टराईले सोलारमार्फत विमानस्थल सञ्चालन गर्न सकिए अन्तरराष्ट्रियरुपमा समेत राम्रो सन्देश जाने र उत्तम प्रयास हुने बताउनुभयो । मन्त्री भट्टराईले विमानस्थलको निर्माण अन्तिम चरणमा रहेको भन्दै सोलार प्लान्ट स्थापनापछि यो नमूना बन्ने बताउनुभयो ।

कोरोनाका कारण चिनियाँ कामदार आउन नसक्दा केही प्राविधिक काम भने अगाडि बढ्न सकेको छैन ।

गायक तथा संगीतकार मंगल बिकको नयाँ गीत ‘सिमसिम पानीले’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘भिजायो पछ्यौरी, सिमसिम पानीले, मनै यो बिगार्‍यो त्यो जवानीले’ बोलको गीतमा गायक मंगल बिक र जुनु रिजालले स्वर दिएका हुन् । र संगीत पनि गायक मंगलले नै भरेका हुन् । गीतको शब्द रचना महेन्द्र बिकले गरेका हुन् भने गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।

म्युजिक भिडियोमा गायक तथा मोडेल रामजी खाँड र रिचा थापाको मुख्य अभिनय छ । म्युजिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् भने दीपक गिरीको छायांकन हो ।

१० वर्षअघिदेखि गायन तथा सांगीतिक गतिविधिमा सक्रिय मंगलले यसअघि ‘तनहुँ बन्दिपुर’, ‘पछ्याउनलाई छोड्यो छायाँले’ ‘मेरो जीवन परदेशमा’, ‘बाध्यताले मुग्लान कटायो’ लगायत थुप्रै गीतमा लय, संगीत र शब्द भरिसकेका छन् ।

यसपटकको गीत ‘सिमसिम पानीले’ फरक शैलीमा सिर्जना गरिएकाले यसले सफलता पाउनेमा आशावादी रहेको गायक तथा संगीतकार मंगल बिकले बताएका छन ।

नेपाल सरकारले बेलैमा रसायनिक मलको आयात गर्न नसक्दा रौतहटका किसानहरु मर्कामा परेका छन ।

धानबालीको समयमा रसायनीक मलको अभाव खेपेका किसानले गहँु बालीको समयमा पनी सोहि समस्या खेप्नुपर्ने देखिएको छ । नेपालले पर्याप्त मात्रामा मल आयात गर्न नसक्दा यहाँका किसानले गुणस्तरहिन रसायनिक मल खरिद गर्नु परेको गुनासो गरेका छन ।

जिल्लाको कटहरिया, गुजारा, फतुवा, हर्षाहा लगाएतका पालीकाहरुमा रसायनिक मलको अपर्याप्ताका कारण किसानले चर्को मुल्यमा कोईला, ढुंगा तथा अन्य फोहोर मिसिएको भारतबाट आयातित डिएपि मल खरिद गर्नुपरेको दुखेसो पोखेका छन ।

त्यसैगरि बंकुल, नरकटिया, राजपुर लगाएतका किसानले बलुवा, गिट्टि मिसिएको कमसल पोटास मल केहि ब्यक्तिहरुले भारतिय बजारबाट लुकाई छिपाई साईकलमा ल्याएर किसानलाई चर्को मुल्यमा बेच्ने गरेको बताएका छन । गहुँ, मकै, मुसुरो, तोरि लगाएतका बालीका लागी मलको अभाव भएपछि यहाँका किसानहरु प्रसासनिक निकाय तथा सरकार प्रति आक्रोसित भएका छन ।

नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामाग्री कम्पनीले समयमै गुणस्तरिय मल उपलब्ध गराउन नसक्दा आफुहरुले ईट्टा, ढुंगा, बालुवा, कोईलाको टुक्रा तथा धुलो मिसिएको गुणस्तरहिन डिएपि, पोटास, युरिया जस्ता ररायनिक मल ३२ सय सम्म मुल्य तिरेर किन्न बाध्य हुनुपरेको यहाँका किसानको गुनासो छ ।

‘कोहलपुर एक्सप्रेस’ नामक सिनेमा बनाएकी अभिनेत्री केकी अधिकारी अब ‘बोक्सीको घर’ नामक सिनेमा निर्माणमा जुटेकी छिन् । केकी अधिकारी फिल्मस्ले यो फिल्मको निर्माण गर्नेछ । बद्री अधिकारी निर्माता रहेको सिनेमामा विशाल भण्डारी कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्म ‘बोक्सीको घर’लाई सुव्रतराज आचार्य र सुलक्षण भारतीले निर्देशन गर्दैछन् । यो मण्डला थिएटरमा वि.सं २०७३ सालमा सफल रुपमा मञ्चन भएको नाटक हो । यसैलाई फिल्मको रुप दिन लागिएको हो ।

फिल्म ‘बोक्सीको घर’मा केकीको साथमा अभिनेता गौरव पहारीको पनि मुख्य भूमिका रहनेछ । फिल्मका लागि डेढ महिनादेखि कलाकारहरु वर्कशप गरिरहेका छन् । अझै केही महिना वर्कशप गरेपछि फिल्मको छायांकन सुरु गरिनेछ । सामाजिक कथावस्तुमा यो सिनेमा निर्माण हुनेछ ।

सरिता गिरीले बोक्सीको घर नामक नाटकमा एकल अभिनय गरेकी थिइन् । सुलक्षण भारतीले नै यो नाटकको निर्देशन गरेकी थिइन् ।

जीवनमा त्यस्तो मानिस को होला जसलाई अगाडि बढ्न मन नहोस् ? तर, कसैले पनि आफ्नो यात्रालाई अगाडि त्यति बेला मात्र लैजान सक्छ जब उसले आफूमा भएको ऊर्जालाई प्रयोग गर्न सक्छ । जसले आफूभित्र भएको ऊर्जालाई प्रयोग गर्न सक्दैन वा यसलाई प्रयोग गर्ने चाहना पनि राख्दैन, उसले जीवनमा केही नयाँ गर्न पनि सक्दैन ।

यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको चिन्ताको व्यवस्थापन हो । जो मानिस सफल हुन चाहन्छ, उसले चिन्ता धेरै लिनु हुँदैन । बरु विभिन्न साधनाहरु उसले गर्न सक्छ, उसले आफूमा शक्ति संचयनको काम गर्न सक्छ । तर, जुन दिन मानिस ज्यादा चिन्तित हुन्छ, त्यो दिन उसले बढी थकाइ महसुस गरेको हुन्छ । 

मानिसले प्रत्येक दिन ससाना कुराको ख्याल गर्दा पनि हुन्छ । जस्तै कि एक दिनमा तपाईं कति शब्द बोल्नुहुन्छ ? कुनै एक दिन त्यसको आधा शब्द बोल्ने प्रयास गर्नहोस्, यसले तपाईंको शब्द प्रयोगमा अझ बढी सुन्दर बनाउन सक्छ । अर्कोतिर आफ्ना लागि मानिसले आफ्नै विचारको विकास गर्नुपर्छ । जब मानिसमा आफ्नो विचार हुँदैन, उसले अर्काको विचारमा बाँच्ने प्रयास गरेको हुन्छ । यसले सफलतामा पुर्याउन सक्दैन ।

अर्को कुरा मानिसले आफ्नो साहरालाई नै आफ्ने शक्ति सोच्नु हुँदैन । जस्तो कि कसैले एउटा छडीको साहरा लिएको छ भने उसले त्यसलाई नै आफ्नो शक्तिका रुपमा सोच्नु हुँदैन । खासमा शक्ति त मानिस आफैं हो, छडी त उसको लागि साहरा मात्र हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।