२०८३ जेष्ठ ६ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ६ बुधबार

रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहाले अपांगहरुलाई आफना हक अधिकारको लागि संघर्षको आवश्यक्ता रहेको बताएका छन । सरकारले विना संघर्षको अधिकार दिन नसक्ने बताउँदै मेयर कुश्वाहाले आफना हक अधिकारको लागि एकजुट भएर लाग्न अपांगहरुलाई आग्रह गरेका छन ।

विश्व अपांग दिवसको अवसरमा आज रौतहटको कटहरियामा आयोजित एक कार्यक्रममा मेयर कुश्वाहाले यस्तो बताएका छन । कोडिभ–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता : अपाङ्गता भएको ब्यक्तिहरुको पहुच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता भन्ने नाराका साथ रौतहटको विभिन्न ठाउँमा आज २९ अन्तराष्ट्रिय अपाङ्गता दिबस मनाइएको छ । कार्यक्रममा कटहरिया नगरपालिकाकाकी उपप्रमुख नूरजहाँ खातुनले यस नगरपालिकाका अपांगहरुलाई नगरपालिकाले अधिकार दिनबाट कुण्ठित गरेको आरोप लगाएकी छिन ।

नगरपालिकाका मेयर शियाराम कुश्वाहाले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मनोज रजकसँग मिलेमतो गरी यस नगरका अपांगहरुको सेवासुविधा र अधिकार दिनबाट बञ्चित गराएको उपमेयर खातुनले आरोप लगाएकी छिन । उपमेयर खातुनले मेयर कुश्वाहा अपांगहरुको हक अधिकार खोस्नुका साथै उनिहरुले नगरपालिकाबाट पाउने सेवासुविधा समेत दिन नचाहेको बताएकी छिन ।

आपांगहरुको हक हितका लागि नगरपालिकाबाट गठित समितिको सभापति आफु भएपनि आफले पाउने अधिकार समेत मेयर कुश्वाहाले खोसेर राखेको उपमेयर खातुनले बताईन । नगरपालिकाले अपांगहरुको नाममा ८५ लाख रुपैया निकासा गरेपनि अपांगहरुले कुनै सेवासुविधा नपाएको र सो रकम कुन शिर्षकमा खर्च भयो त्यसको विवरण समेत आफुलाई अझै थाहा नभएको उनले बताईन । अपांगहरुको नाममा रकम निकासा गरी अन्य शिर्षकमा बजेट हालेर हिनामिना गर्ने काम भइरहेकोले यस्तो कार्यको सबैले मिलेर विरोध गर्नुको विकल्प नरहेको समेत उनले बताईन ।

अपांगहरुको हक अधिकारको लागि आफु संघर्षरत रहेको बताउँदै उपमेयर खातुनले आफना अधिकारको लागि एकढिका भएर लाग्न सबै अपांगहरुलाई आग्रह गरेकी थिइन । कार्यक्रममा नेकपाका युवा नेता, व्यापारी एवं समाजसेवी नश्रुदिन अंसारीले अपांगको हक अधिकार तथा सेवासुविधा दिनबाट बञ्चित नगराउन नगर प्रमुख शियाराम कुश्वाहालाई आग्रह गरेका छन । आफना हक अधिकारको लागि तटस्थ भएर लाग्न नेता अंसारीले सबै अपांगहरुलाई आग्रह गरेका छन । अपांगहरुको हरेक समस्या समाधान गर्न र उनिहरुहरुको सुद दुखमा साथ दिन आफु सदैव तयार रहेको समेत समाजसेवी अंसारीले बताएका छन ।

कटहरिया नगरपालिकाको सहयोग र नयाँ नेपाल अपांग संघ रौतहटको आयोजनामा कटहरियाको ज्ञान मन्दिर प्रा. वि. मा आयोजित कार्यक्रममा यस नगरपालिकाका अपांगता भएका सयौ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

संयुक्त राष्ट्रसंघले एक ऐतिहासिक मतदानमार्फत गाँजालाई घातक र लत बसाल्ने लागूऔषधको सूचीबाट हटाएको छ । संयुक्त राष्ट्रसंघको कन्भेन्सन अन नारकोटिक ड्रग्स (सीएनडी) को चौथो सम्मेलनले गाँजालाई यसअघि राखिएको घातक लागूऔषधको सूचीबाट हटाएको हो । यसअघि १९६१ मा भएको सम्मेलनले गाँजालाई हेरोइनसँगै घातक लागूऔषधको सूचीमा राखेको थियो । त्यसपछि ५९ वर्षसम्म गाँजा त्यही सूचीमा थियो ।

विश्व स्वास्थ्य संगठनले गाँजा र यसका सहायक पदार्थहरुको विषयमा पुनरावलोकनका लागि गरेका सिफारिसहरुमाथि मतदानको क्रममा सीएनडीका ५३ सदस्य राष्ट्रहरुमध्ये २७ ले गाँजालाई यो सूचीबाट हटाउने पक्षमा र २५ ले विपक्षमा मतदान गरेका थिए । एक सदस्य राष्ट्रका प्रतिनिधि अनुपस्थित थिए । ५९ वर्षसम्म कडाइका साथ नियन्त्रण गरिनुपर्ने लागूऔषधको सूचीमा राखिँदा गाँजाको स्वास्थ्य उपचारका लागि सम्भावित प्रयोगलाई पनि निरुत्साहित पारिएको थियो ।

यो ऐतिहासिक निर्णयले यो वनस्पतिको औषधीय गुणका बारेमा थप अनुसन्धानको लागि बाटो खोल्ने, यसको औषधीय प्रयोगलाई कानुनी रुपमा मान्यता दिन विभिन्न देशहरुलाई उत्प्रेरित गर्ने तथा यसको पुनरुत्पादनका विषयमा कानुनमा पुनर्विचार गर्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । २०१९ को जनवरीमा विश्व स्वास्थ्य संगठनले गाँजाका विभिन्न स्वरुपहरुको मेडिकल प्रयोगको बाटो खोल्ने गरी यसलाई घातक ड्रग्सको सूचीमा राख्न नहुने सिफारिस गरेको थियो ।

सुरुवातमा यो मतदान गएको मार्चमै हुने तय थियो तर केही देशहरुले यस विषयमा निर्णय गर्न थप समय मागेकाले मतदान अहिलेसम्मको लागि सारिएको थियो । अहिले ५० भन्दा बढी देशहरुले गाँजाको मेडिकल प्रयोगलाई स्वीकार गरेका छन् ।

क्यानडा, उरुग्वेसहित अमेरिकाका १५ राज्यले गाँजाको पुनरुत्पादन गरी प्रयोग गर्न कानुनी मान्यता दिएका छन् । गाँजालाई कानुनी वैधता दिने दिशामा मेक्सिको र लक्जेम्बर्ग पनि अन्तिम अवस्थामा पुगेका छन् ।

बिमा समितिलाई कोरोना बिमा रकम ३ दिनभित्रै भुक्तानी दिन अर्थ मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले भेरीफिकेशन गर्न बाँकी दाबीको भेरीफिकेशन ३ दिनभित्रै्र सम्पन्न गरी भुक्तानी दिने व्यवस्था मिलाउन समितिलाई निर्देशन दिएको हो ।

कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता निर्देशन पठाएको हो ।

हाल कुनकुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन अर्थमन्त्रालयद्वारा जारी पत्रमा भनेको छ ।

दुई वर्ष देखी हुन नसकेको गैँडा गणना यस वर्षको हिउँदमा हुने भएको छ । नेपालमा गैंडा रहेका चार वटा राष्ट्रिय निकुञ्जमा गणना गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार गणनाका लागि बजेट स्वीकृति भइसकेको छ । गैँडा गणना गर्न विभागले रु ८० लाख बजेट विनियोजन गरेको छ । विसं २०७४ मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट गैँडा बगाएपछि त्यसको पछिल्लो वर्ष सन् २०१९ मा गैँडा गणना गर्ने तयारी गरिएको थियो ।

त्यतिबेला नेपाल सरकारले बजेट विनियोजन नगरेको र दाताको भर पर्दा बजेटको अभावमा गणना हुन सकेको थिएन । गत वर्ष गणनाको तयारी भएको भए पनि कोभिड–१९ को कारण अन्तिम समयमा गएर रोकिएको थियो । सूचना अधिकारी आचार्यले यस वर्ष गणना गर्ने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सबै तयारी गत वर्ष नै गरिएको छ । गणकको तालीमलगायत काम भने पुनःगर्नुपर्ने हुन्छ । जाडो महिना सक्किएपछी घाँस सुकेर जङ्गल उजाड भएको समयमा गणनाका लागि उपयुक्त मानिन्छ ।

नेपालका चार राष्ट्रिय निकुञ्ज चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा गैँडा छन् । सन् २०१५ मा गैँडा गणना गरिएको थियो । चितवनमा गैँडा गणना गर्न एक महिना लाग्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । अन्य निकुञ्जमा एक सातादेखि १० दिनसम्म लाग्ने उनको भनाइ छ । चितवनमा गणनाका लागि आवश्यक सामग्री व्यवस्थापनको प्रक्रिया अघि बढेको उनले जानकारी दिए।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ कुरनिया टोलका २३ मुसहर परिवारलाई बुधवार घर हस्तान्तरण गरिएको छ ।

प्रदेश सरकारको सहयोगमा निर्माण पूरा गरिएका २३ वटा घर प्रदेश सरकारकै भौतिक पूर्वाधार तथा यातायात मन्त्री जीतेन्द्र सोनलको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरिएको हो । सो वडामा ५५ वटा घर निर्माण कार्य पूरा भएपनि बुधबार पहिलो चरणमा २३ वटा घर हस्तान्तरण गरिएको जनता आवास कार्यक्रम सर्लाहीकी संयोजक एवं प्रदेश सभा सदस्य नीरा कुमारी साहले जानकारी दिईन् ।

प्रदेश सभा सदस्य साहका अनुसार प्रत्येक परिवारलाई एउटा किचेन र दुईवटा कोठा रहेको पक्की घर हस्तान्तरण गरिएको हो । पुस्तौँदेखि स–साना झुप्रामा बसेर कष्टपूर्ण चिनचर्या काटिरहेका मुसहर समुदाय प्रदेश सरकारले पक्की घर निर्माण गरिदिएपछि खुशीले दंग परेका छन् ।

सर्लाहीमा झण्डै एक हजार घर निर्माण गर्ने लक्ष्यसहित अहिले सम्म करिब ४ सय घर निर्माणको काम पूरा भइसकेको प्रदेश सभा सदस्य साहले बताईन् ।

ईश्वरपुरमा २३ घर हस्तान्तरण भएपनि जिल्लाका अन्य ठाउँमा भने लामो समयदेखि काम अधूरो छाडिएको, गुणस्तरहीन रहेको, घरधुरी छनौटमा विवाद लगायतका समस्या देखिएका छन् ।

पछिल्लो समय रौतहट प्रहरिले सिमा नाकाहरुमा हुने तस्करिलाई निस्तेज पार्नका लागी अभियान नै चलाएर सक्रिय हुन थालेपछि बिभिन्न किसिमका तस्करिका समानहरु बरामद भईरहेको छ ।

बुधवार दिउँसो मात्रै पनी प्रहरिले भन्सार छलेर चोरि पैठारि गर्न लागेको गाईबस्तु बेवारिसे अबस्थामा फेला पारेको छ । दिउँसो करिव साँडे ३ बजेको समयमा प्रहरि चौकी औरैयाबाट खटिएको प्रहरि टोलीले ईसनाथ नगरपालीका ९ डुमरियाबाट गाईबस्तु बेवारिसे अवस्थामा बरामद गरेको हो ।

तस्कर समुहले डुमरियाबाट लौतना तर्फको बाटो हँुदै भारततर्फ लैजाँदै गरेको १२ ओटा गाई र एउटा बाच्छालाई प्रहरिको टोली देखेपछि छोडेर भागेका जिल्ला प्रहरि कार्यालय रौतहटले जानकारि दिएको छ ।

अन्दाजी १ लाख २५ हजार मुल्य बराबरको गाईबस्तुलाई बेवारिसे अवस्थामा फेला पारि हिजो नै भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटका सहायक प्रबक्ता प्रहरि निरिक्षक शुसिल कुमार पाण्डेले जानकारि दिनुभयो ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगंजका कर्मचारीको मिलोमतोमा रौतहटमा करोडौंको टेण्डरको काम पेटि ठेकदारले गरिरहेका छन । मुल ठेकदारले टेण्डर पारेवापत मोटो कमिसन लिएर सरकारको करोडौं लगानीको निर्माणको जिम्मा साना पेटि ठेकदारलाई दिएको कारण यस्तो स्थिती आएको स्थानीयको भनाइ रहेको छ ।

२०७४ फागुन महिनामा सहरी विकास वीरगंजबाट रौतहटको कटहरिया नगरपालिकामा नाला र बाटो निर्माणको टेण्डर प्रक्रियाबाट मुल ठेकदार नागेन्द्र साहले सम्झौता गरेका थिए । एकबर्ष सम्म केहि पनी नगरेर बसेका ठेकदार साहले टेण्डर बापत कमिसन लिएर गत बर्ष एकजना पेटि ठेकदार सुबोध यादवलाई सडक र नाला निर्माणको जिम्मा दिएका छन । तिनबर्षको अवधिमा सडक र नाला निर्माणको काम पूरा नहुंदा कटहरिया बासीले सास्ती खेप्नु परेको छ ।

ठेकदार नागेन्द्र साहले प्रतिस्पर्धा मार्फत पारेको ठेक्काको काम आफैले नगरेर पेटि ठेकदारमाई दिएपछि निर्माण काम गुणस्तरहीन भैरहेको गुनासो बढ्न थालेको छ । रमन,आश्रय तथा साह निर्माण सेवाले कटहरिया,सहरी विकास तथा भवन डिभिजन वीरगंजबाट बिर्ती, हंथियाहि हुदै जमुनिया सम्मको बाटो निर्माण तथा केही ठाउमा नाला निर्माण गर्न २५ करोड रुपैयाको टेण्डर घटाघटमा १९ करोड मा ठेक्कालिएका थिय ।

तिनवटै निर्माण सेवाले संयुक्तरूपमा लिएको उक्त ठेक्काको काम आफैले नगरेर पेटि ठेकदार सुबोध यादव संग गराउंदा हालसम्म २५ प्रतिशत काम पनि हुन नसकेको स्थानीयको भनाइ रहेको छ । कटहरिया ४ बहादुरपुर देखि बजार हुदै कटहरिया गाउ सम्म नाला निर्माण तथा बजारको मुख्य बाटो हुदै जमुनिया गाउ सम्म बाटोमा कालोपत्रे तथा केही स्थानमा ढलान गर्नुपर्ने योजना रहेकोे छ । पेटि ठेकदार यादवले एकबर्ष भन्दा बढी समयमा केही स्थानमा नाला र केही स्थानमा बाटो ढलान गरेको र महिनौ देखि काम छोडेर बेपत्ता भएको कटहरियाका एकजना ब्यापारी जयमंगल साहले बताएका छन ।

कटहरिया बजार क्षेत्रको मुलबाटोमा कालोपत्रे निर्माण गर्न ६ महिना अघि पेटि ठेकदार यादवले पुरानो कालोपत्रे जोतेर मिक्स ग्रेभल राखेका थिए । तर ६ महिना बित्दा पनि बाटो कालोपत्रे गरेका छैनन् । बजारको मुख्य बाटोमा मिक्स ग्रेभल राखेको कारण पानी पर्दा जताततै पानी र हिलो जम्ने पानी नपर्दा बजारभरी धुलै धुलो भरिने गरेको छ । धुलोको कारण बजारमा आवतजावत गर्न किनमेल गर्न आउने ग्राहकलाई ठुलो समस्या भएको छ भने ब्यापारी लाई आफ्नो पसलमा बसिसक्ने अवस्था छैन ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुश्वाहाले ठेकदारले नियतबस सडक र नाला निर्माणमा ढिलाइ गरेको आरोप लगाएका छन । नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहको पहलमा आएको योजना मुलठेकदार नागेन्द्र साह नेपाली कांग्रेस समर्थित भएकै कारण क्षेत्र ३ अन्तरगतको काममा सधै ढिलाइ गर्ने गरेको गुनासो गरेका छन । करोडौंको टेण्डरलिएका ठेकदार साहले नियम बिपरित पेटि ठेकदारलाई निर्माणको जिम्मा दिएकाले पनि निर्माणकाम समयमा पूरा न भएको र गुणस्तरहीन हुनेगरेको मेयर कुसवाहाले दाबी गरेका छन ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगंजका साईड ईन्जिनियर कमलमणि खतिवडा र ठेकदार नागेन्द्र साहको मिलोमतोकै कारण नियम बिपरित करोडौंको काम पेटि ठेकदार मार्फत भैरहेको मेयर कुश्वाहाले आरोप लगाएका छन । यता साइड इन्जिनियर खतिवडाले लकडाउनको कारण कटहरियाको सडक र नाला निर्माणको काम पूरा गर्न नसके पनि फागुन मसान्तसम्म पूरा गर्ने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।