२०८३ जेष्ठ १० आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १० आईतवार

भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ ।  

उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र सरोकार निकायका पदाधिकारीको बैठकले बासमती धानबारे भारतले गरेको दावीको प्रतिवाद गर्दै नेपालका तर्फबाट आधिकारिक दावी पेश गर्ने निर्णय गरेको छ । 

कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसी बासमती धान परापूर्वकालदेखि नेपालको विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन भएर विदेशमा समेत निर्यात हुने गरेकाले यसमा नेपालको समेत हक स्थापित हुनुपर्ने बताउँछन् । उनका अनुसार सो प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्रमार्फत तोकिएको म्यादमा दावी विरोध गर्ने निर्णयअनुसार नेपालका तर्फबाट केन्द्रले आधिकारिक दाबी पेश गर्ने निर्णय भएको छ ।

सर्लाहीको लालबन्दीमा निर्मित बौद्ध गुम्बाको बुधवार एक समारोहका बिच उद्घाटन गरिएको छ । वडा नम्बर १३ स्थित तल्लो पत्थरकोटमा निर्मीत आर्य मन्जुश्री बौद्ध छोईलिङ गुम्वाको उद्घाटन गरिएको हो । सोही वडाका वडा अध्यक्ष शिवकृष्ण बैद्यद्वारा २०७३ सालको पुस ११ गते शिलान्यास भएको गुम्बाको बुधवार एक कार्यक्रम गरि संविधान सभा सदस्य एवं पूर्व मन्त्री काँग्रेस नेता शम्भुलाल श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।

गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष धन बहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री श्रेष्ठले रिवन काट्दै १०८ ओटा दीप प्रज्वलन गरी गुम्वाको उदघाटन गर्नु भएको समितीका सचिव बुद्धसिंह लामाले बताउनुभयो । स्थानिय बीर बहादुर ब्लोनले प्रदान गरेको २ कठ्ठा जग्गामा करिव ९ लाख ८० हजारको लागतमा गुम्बा निर्माण सम्पन्न भएको हो ।

कार्यक्रममा मन्तब्य राख्दै वडा अध्यक्ष वैद्यले आगामी वर्ष बजेट विनियोजन गरेर गुम्वाको माथिल्लो तल्ला निर्माणमा सहयोग गर्ने बताउनु भएको थियो भने वडा सदस्य मोहन राउतले गुम्बाको थप भौतिक संरचना निर्माणका लागि व्यक्तिगत १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यस्तै प्रमुख अतिथी शम्भुलाल श्रेष्ठले आफ्नो क्षेत्रका नागरीकका हरेक सुख दुःखमा आफु सँगै रहेकोले गुम्वाको मात्रै नभई समग्र क्षेत्रको विकासमै आफु कटिवद्ध भएर लाग्ने बताउनु भयो ।

बौद्ध दर्शन, प्रबर्धन तथा गुम्वा विकास समितिका केन्द्रीय सदस्य विश्व कुमार लामा विशिष्ट अतिथी रहनु भएको कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य दिपक अधिकारी, लालबन्दी नगर सभापति प्रशान्त आचार्य, महाधिवेशन प्रतिनिधी ईन्द्र योन्जन, नारायण गुर्मछान लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा युवा व्यवसायी राजु योन्जन, प्रहरी चौकी पत्थरकोटका इन्चार्ज प्ररही नायव निरीक्षक प्रदीप चौधरी, गुम्वाका धर्मगुरु दल बहादुर ब्लोन र स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

सर्लाहीको बरहथवामा रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका एक कर्मचारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीको बर्दिबास स्थित आयोगको कार्यालयबाट खटिएको टोलीले आठ हजार रुपैयाँ घुस रकमसहित मनोज कुमार पाण्डेलाई नियन्त्रणमा लिएको हो । विद्युत मिटरको क्षमता वृद्धिका लागि सेवाग्राहीसँग लिएको आठ हजार रुपैंया रकम सहित पाण्डेलाई बरहथवा नगरपालिका–६ स्थित नेपाल बैंक चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्राधिकरणमा तेस्रो तहका कर्मचारी पाण्डेलाई थप कारवाहीका लागि अख्तियारको केन्द्रीय कार्यालय काठमाडौं स्थित टंगाल पठाइने अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ । उज्यालो अभियानबाट…

नेपालमा पछिल्लो २४ घण्टामा १०५६ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ भने निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १२ हजार २४५ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म १६५१ जनाले ज्यान समेत गुमाएका छन् ।

यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।

आयल निगमले पेट्रोलियम पदार्थको चुहावट रोक्न टयांकरमा लकिङ प्रणाली जडान गरे पनि चुहावट नरोकिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अम्लेखगञ्ज डिपोमा अनुसन्धान सुरु गरेको छ ।

पेट्रोलियम पदार्थमा हुने मिसावट र चुहावट रोक्न निगमले दुई वर्षअघि टयांकरमा लकिङ प्रणाली जडान गरेको हो । तर, चालक र सहचालकले विभिन्न उपाय अपनाएर पेट्रोलियम पदार्थ चोरी गर्न थालेपछि लकिङ प्रणालीको प्रभावकारितामाथि नै प्रश्न उठेको हो । सिआइबीले मंगलबार प्रादेशिक डिपो अम्लेखगञ्जका पेट्रोलियम पदार्थ बोक्ने टयांकरहरुको लकिङ र फिटिङ चेकजाँच गरेको प्रादेशिक डिपो अम्लेखगञ्जका प्रमुख भरत रेग्मीले बताए ।

भारतको बरौनीबाट २० हजार लिटर डिजल÷पेट्रोल लोड गरिएको टयांकरबाट अम्लेखगञ्जमा अपलोड (खन्याउँदा) १०० देखि सवा सय लिटरसम्म कम हुने गरेको प्रमुख रेग्मीले बताए । सामान्यता अम्लेखगञ्जको तुलनामा बरौनीको तापक्रम बढी भए पनि प्रतिटयांकर सयदेखि सवा सय लिटरसम्म पेट्रोलियम पदार्थ घट्नु सामान्य नभएको उनको भनाइ छ ।

दुई साताअघि काठमाडौंको थानकोट डिपोमा चालक र सहचालकको मिलेमतोमा टयांकरभित्र अर्को छुट्टै फल्ट बटम जडान गरेर पेट्रोल चोरी गरेकोे घटना सार्वजनिक भएपछि सिआइबीको टोलीले अम्लेखगञ्जमा पनि चेकजाँच गरेको हो । लकिङ प्रणाली अन्तर्गत बन्द टयांकरको चाबी बरुणी र अम्लेखगञ्ज डिपोसँग मात्रै हुने गर्दछ । चाबी डिजल/पेट्रोल लोड वा अपलोड हुँदा मात्रै सम्बन्धित नियकाले खोल्ने गर्दछ । सिआइबीका प्रमुख डिआइजी सहकुल थापाले पेट्रोलियम पदार्थको चोरीको अवस्था भयावह रहेकाले सिआइबीले गम्भीर रुपमा अनुसन्धान गर्ने बताएका छन् ।

थानकोट डिपोमा दुईवटा टयांकरमा फल्ट बटम प्रयोग गरेर पेट्रोलियम पदार्थको चोरीको घटना भएपछि सिआइबीले देशैभरका निगम डिपोहरुमा अनुसन्धान सुरु गरेको उनले बताए ।

रौतहट सहित देशैभरि चिसो बढ्न थालेको छ । दिउँसो घाम लागेपनी बिहान र बेलुका चिसो बढेपछि तराईका बिपन्न परिवार समस्यामा पर्न थालीसकेका छन । हरेक बर्षको जाडो बिपन्न परिवारको लागी पिडादायी हुने गरेको छ ।

जाडो मौसम सुरु भएसँगै तराईका बस्तिहरुमा घुर बालेर ताप्नेको संख्या बढिरहेको छ । जाडोमा तराईका बिपन्न परिवारका ब्यक्तिहरु चिसोले कठ्यांग्रीएर त ज्यान गुमाउँछन नैे कतिपयले भने ताप्नका लागी बालेको आगोले जलेर पनी ज्यान गुमाउनु पर्छ । यतिबेला रौतहटको कटहरिया नगरपालीका सहितका तराईका बिभिन्न बस्तिहरुमा ज्यान तताउन घुर बालेर ताप्नेको लहर देखिन्छ । कतिपय अबस्थामा ताप्नलाई बालेको आगोबाट आगलागी भएर भौतिक क्षति समेत हुने गरेको छ ।

चुनावका बेला अनेक नारा लिएर आउने नेताहरु जाडोमा न्यानो कपडा बोकेर आएदेखि आफुहरुको जिवन रक्षा हुने थियो भन्दै कटहरियाका एक घुर तापिरहेका बृद्ध भन्छन ‘अनेक जालझेल गरेर भर्खर बजेट पास गराएका नेताहरुको ध्यान गरिव परिवारमा पुग्ने त कुरै भएन ।’ देशमा ३ तहको सरकार बनेपछि स्थानिय सरकारसँग निकै आसाबादि बनेका यहाँका गरिव जनता, नेता तथा सरकारमा बसेकाहरुले आफन्त हेरेर गर्ने ब्यबहारले आजित बनेका छन । सानो सानो कुरामा पनी राजनिती मिसाएर हरेक जनतालाई समान ब्यबहार गर्न नसक्नु अहिलेको नेतृत्वको कमजोरि रहेको श्रोत बताउँछ ।

बिहान बेलुका हात मुख जोर्न पनी धौ धौ पर्ने यहाँका जनता लामो समयको लकडाउनले मारमा छन । ओत लाग्ने राम्रो छानो समेत नभएका बिपन्न परिवार यो जाडोमा कतैबाट न्यानो सहयोग पाईएला की भनेर आस गरिरहेका छन । कतिपयले यो जाडोलाई आफ्नो क्षेत्रका बिपन्न परिवारलाई सहयोग गरि पुण्य कमाउनुका साथै मन जित्ने अवशरको रुपमा पनी बुझेका छन ।

स्थानिय जनप्रतिनिधिले यो अवशरलाई सहि ढंगले सदुपयोग गर्नु आवश्यक देखिएको छ ।।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।