२०८३ असार २७ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २७ शनिबार

रौतहटको कटहरियामा शुक्रवार नवनिर्मित स्वास्थ्य चौकी तथा नागरिक आरोग्य सेवा केन्द्रको एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता चन्दन कुमार कुशवाहको सभापतित्वमा स्वास्थ्य चौकी तथा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको हो ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको ५२ लाख बजेटमा एक आर्थीक बर्ष भित्रै स्वास्थ्य चौकी तथा सेवा केन्द्रको निर्माण कार्य सम्पन्न भएको नगरप्रमुख शियाराम कुशवाहले जानकारि दिनुभयो । नागरिकको आरोग्यताका लागी कोरोना माहामारिका बिच पनी अहोरात्र खटिएर अस्पताल निर्माण कार्य सम्पन्न गरिएको श्रोतले बताएको छ ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन प्रसाद कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो भने कटहरिया नगरपालीका कुशवाह र मौलापुर नगर प्रमुख एवं प्रदेश २ कै एकमात्र नगरप्रमुख रिना साह, नेकपा कटहरिया नगर अध्यक्ष योगेन्द्र साह, कार्यपालीका सदस्य रामप्रवेस साह, न्यायीक समितीका सोनेलाल साह, दिनकर महतो, नेकपाका युवा नेता तथा समाजसेवी नसरुदीन अंसारी, वडाध्यक्षहरु राजकुमार साह, ७ का वडाध्यक्ष हरिभजन साह, उमाबि कटहरियाका प्रधानाध्यापक योगेन्द्र प्रसाद कुशवाह, माबि बगहिका भुपेन्द्र पण्डित, ईलाका प्रहरि कार्यालय कटहरियाका सई लतिफ अन्सारि, हेल्थपोस्ट प्रमुख डा. यसु मल्ल लगाएत स्थानिय उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले नगरभित्र स्थापना भएको सुबिधासम्पन्न स्वास्थ्य चौकी तथा आरोग्य सेवा केन्द्रले यस क्षेत्रका बासिन्दालाई लाभ पुग्ने बताएका थिए ।

शुक्रबार नै नगरपालीकाको वडा नम्बर ५ मा ३ महिनामा निर्माण सम्पन्न गर्ने गरि सुबिधा सम्पन्न बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

सर्लाहीको लालबन्दीमा करदाता सेवा कार्यालय सुभारम्भ भएको छ । उद्योग वाणिज्य संघ लालबन्दीको बिशेष पहलमा बिहिवार एक कार्यक्रमका बिच लालबन्दीमा सेवा कार्यालयको सुभारम्भ गरिएको हो ।

मन्त्रिपरिषदको २०७६ पुस २१ गतेको निर्णय अनुसार लालबन्दीमा करदाता सेवा कार्यालय स्थापना भएको हो । कार्यालय स्थापना भएपछि लालबन्दी सहित आसपासका हरिवन, हरिपुर, ईश्वरपुर, बागमती र बरहथवाका ब्यवसायीलाई समेत लाभ पुग्ने छ । बिहिवारबाट सुभारम्भ भएको करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख हुमलाल भट्टराईका अनुसार लालबन्दी सेवा कार्यालयबाट आसपासका कर कार्यालयसँग आवद्ध ९ हजार ५ सय सेवाग्राही तत्काल लाभान्वित हुने छन् । लालबन्दी सेवा कार्यालयबाट स्थाई लेखा नम्बर बितरण, कर चुक्ता, बिवरण भेरिफाई लगाएतका कामहरु हुने छन् ।

आन्तरिक राजश्व कार्यालय जनकपुर अन्तर्गत रहेका पाँचवटा सेवा कार्यालय मध्येको एक लालबन्दीको सेवा कार्यालय हो । कार्यालय उद्घाटन सेवा सुभारम्भ कार्यक्रममा आन्तरिक राजश्व कार्यालय जनकपुरका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादव, करदाता सेवा कार्यलय मलंगवाका प्रमुख बालकृष्ण कट्टेल, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याण कुमार जोशि सहित स्थानिय उद्योगी व्यापारी तथा लेखा परिक्षकहरुको उपस्थिती रहेको थियो ।

सेवा कार्यालय सुभारम्भ भएको अवशरमा लालबन्दीका विवेक तिमल्सिनालाई पहिलो ब्यक्तिगत स्थाई लेखा नम्बर (PAN) र ईश्वरपुरका एक ब्यक्तिलाई ब्यवसाय दर्ता प्रमाणपत्र (PAN) नम्बर प्रदान गरिएको थियो ।

लालबन्दीमा नयाँ कार्यालय स्थापना भएपछि उत्तरी क्षेत्रका उद्योगी व्यापारी एवं कर कार्यालयसँग सरोकार राख्ने सेवाग्राहीलाई थप सहज हुने बिश्वास लिईएको छ ।

रौतहटको कटहरिया नगरपालीका वडा नम्बर ५ मा शुक्रवार बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ । वडाध्यक्ष सर्फलाल प्रसाद गुप्ताको अध्यक्षता एवं नगर प्रमुख सियाराम कुशवाहको प्रमुख आतिथ्यतामा भएको एक औपचारिक समारोहका बिच नगर प्रमुख कुशवाहले बर्थिङ सेन्टरको नयाँ बन्ने भवनको जगमा ईट्टा राखेर शिलान्यास गरेका हुन ।

ADRA-Nepal को आर्थिक सहयोग तथा बागमति सेवा समाजको प्राबिधिक सहयोगमा संचालन भईरहेको Health System Strengthening परियोजना अन्तर्गत सम्झौता भई ३ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा बर्थिङ सेन्टरको शिलान्यास भएको हो ।

बर्थिङ सेन्टर निर्माणको लागी जम्मा लागत २३ लाख ७३ हजार ४२३ मध्ये नगरपालीकाले ९ लाख ८० हजार ३० रुपैँया ब्यहोर्ने छ ।

नगरमै स्तरिय बर्थिङ सेन्टर नहुँदा यहाँका महिलाहरु सुरक्षित प्रसुती गराउन जिल्ला बाहिरका महंगा अस्पतालहरुमा पुग्ने गरेका छन । वडामा बर्थिङ सेन्टरको निर्माण पश्चात नगर तथा आसपासका महिलाहरुका लागी सुबिधा पुग्नोमा नगरप्रमुख कुशवाहको बिश्वास छ ।

बर्थिङ सेन्टर शिलान्यास समारोहमा नगरप्रमुख कुशवाह, वडाध्यक्ष गुप्ता सँगै स्वास्थ्य शाखाका हरिनारायण साह, नगर कर्मचारि छोटेलाल मिश्र, नगरसंयोजक जोगीन्दर साह, डा.यशु मल्ल, कार्यपालीका सदस्य राम प्रवेश साह सोनार, हेल्थ असिस्टेन्ट सन्तोष कुमार साह, अनमी रिता कुमारि साह, बिजय यादव, नगर सचिवालयका महेस प्रसाद यादव, अहेवद्वय बिनोद गुप्ता र मदन प्रसाद यादव, नगरपालीकाकी महिला सदस्य कौशिला देवी, नगर निर्माण समितीका नरेश साह लगाएतको उपस्थिती रहेको थियो ।

टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा SSP लक्ष्मण न्यौपानेसहित ८ जनाको हत्या भएको थियो । सोही घटनाको योजना बनाई नेतृत्व गरेको आरोपमा यस अघि रेशमसमेत ११ जनालाई कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतले तीमध्ये ७ जनाको सजाय सदर गरेको छ भने चार जनाको सजाय घटाएको छ । यसअघि तीन वर्ष जेल सजाय तोकिएका लक्ष्मण थारूलाई उच्च अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

जन्मकैदको सजाय हुनेमा लक्ष्मण, रेशम, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरी छन् । सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाका हकमा जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेकामा उच्च अदालत दिपायलले त्यसलाई बदर गरी ५ वर्ष मात्र कैद गर्न आदेश दिएको छ ।

त्यसैगरी संगम चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई १० वर्ष कैदको सजाय तोकिएको छ । कैलाली जिल्ला अदालतले उनीहरूलाई ३ वर्ष जेल सजाय तोकेको थियो । उनीहरूले हातहतियारसहित टीकापुर घटनामा गएको बयान अदालतमा स्वीकारेका थिए ।

घटनामा संलग्न रहेका रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेमबहादुर चौधरीको हकमा भने यसअघि तीन वर्ष कैद सजाय तोकिएकामा उच्च अदालतले ५ वर्ष कैद सजाय तोकेको छ । चुन्नीराम चौधरी, लाहुराम चौधरी र रामकुमार कठरियाको हकमा भने ३ वर्षको कैद सजायलाई नै सदर गरिएको छ ।

विश्राम चौधरीलाई ३ वर्ष कैद सजाय तोकेकामा उच्च अदालतले उनलाई सफाइ दिएको छ । रामनरेश चौधरी र तहावीर अलीले पनि सफाइ पाएका छन् । उनीहरूलाई जिल्ला अदालत कैलालीले समेत सफाइ दिएको थियो । करण चौधरी भने नाबालक रहेकाले ६ महिना कैद सजायलाई सदर गरेको छ ।

महोत्तरीको मनरा सिस्वा नगरपालिकाको उपमेयर रमिता प्रधानको श्रीमान विनोद गामिले आफनै छिमेकी बालिकाको बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।

बुधबार साँझ करिब ६ बजे देिख आफ्नै घर मनरा सिस्वा नगरपालिका ६ बाट बेपता भएकी १४ बर्षीया बालिकालाई सोही ठाउँका एकजना महिला गिना बैठा र विनोद गामीले हात, खुटा र मुखमा कापडा बाँधेर शौचालयमा बन्द गरेको अवस्थामा बालिकालाई प्रहरीले उद्वार गरेको थियो । ६ बजे देखि बालिकालाई परिवारजनले खोजतलास गर्दा समेत फेला नपरेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र स्थानीयबासीले खोजतलास गर्दै जाँदा उपमेयर रमिता प्रधानको घर नजिक बालिकाको एउटा चप्पल देखेपछि स्थानीय र प्रहरी उपमेयरको घर पुगेका थिए ।

बालिका ६ बजे साथीको घरबाट घर फर्किरहेको बेला गामिले जवरजस्ती हात खुटा र मुख बाँधेर आफ्नै घरको शौचालयमा लगेर बलत्कारको प्रयास गरेको पिडित बालिकाको परिवारजनको आरोप रहेको छ । स्थायिनबासिका अनुसार आरोपि विनोद गामि भाग्न खोजेपछि प्रहरीलाई खबर गर्दा प्रहरीले उनलाई पक्राउ नगरेको भन्दै स्थानियहरुले बिरोध गरेका छन ।

घटना लग्तै विनोद गामि फरार भएका छन भने उनको खोजी भइरहेको र घटनाबारे सत्य तथ्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।