२०८३ जेष्ठ १८ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १८ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद भवन परिसरको ल्होत्से हलमा बुधबार बसेको सांसदहरुको बैठकमा अध्यक्ष माधवकुमार नेपालले अर्का अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने प्रस्ताव गरेका थिए । जसलाई हलमा उपस्थित सांसदहरुले सर्वसम्मतले अनुमोदन गरे ।

प्रचण्ड–माधव समूहले संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावमा पनि प्रचण्डलाई नै प्रधानमन्त्री प्रस्ताव गरिएको थियो ।

बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी  शर्मा ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश गरेका छन् ।

प्रधानमन्त्रीविरुद्धको प्रस्ताव पेश मात्रै भएको र थप प्रक्रिया पुर्‍याउनुपर्ने भएकाले बुधबार निर्णय नगरिएको गुरुङले जानकारी दिए ।

यसअघि प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउनुका साथै माधवकुमार नेपाललाई नयाँ अध्यक्षमा चयन गरेको छ । अन्लाईनखबरबाट…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सिन्धुली पार्टी कार्यालयमा केन्द्रीय सदस्य महेश बस्नेतको टोलीले ताला लगाएको छ । तराईका जिल्लाहरु हुँदै सिन्धुली पुगेका केपी शर्मा ओली समूहका नेता बस्नेतको टोलीले पार्टी कार्यालयमा ताला लगाएको हो ।

पार्टी कार्यालयमा ताला लगाएर चाबी जिल्ला पार्टी सचिव महेन्द्र श्रेष्ठलाई बुझाएका छन् । श्रेष्ठ तत्कालीन एमालेका अध्यक्ष र पार्टी एकतापछि जिल्ला सचिव थिए । त्यहाँ पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका नेता राजन दाहाल जिल्ला अध्यक्ष छन् ।

ताला लगाएको कार्यालय तत्कालीन एमालेको कार्यालय हो । पार्टी एकीकरणपछि त्यही कार्यालयबाट जिल्ला पार्टी कमिटी चल्दै आएको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको विवादमा युवा संघका सह-संयोजक रमेश पौडेलले ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई ढुंगाले हानेर टाउको फुटाउन उर्दी जारी गरेका छन् । पौडेलले यसरी जारी गरेको उर्दी सामाजिक सन्जाजालमा भाइरल भएको छ ।

उनले ओलीको संसद् विघटन लोकतन्त्रको ‘फन्डामेटल’ विषय भएको भन्दै त्यसलाई नबुझ्नेहरुले मात्र त्यसलाई ‘कू’ भनिरहेको बताएका छन् । ‘‘जसले लोकतन्त्रको फन्डामेन्टल बुझ्दैन उसले ‘कू’ भन्छ, लोकतन्त्र विरोधीहरुले लाएको आरोपमा मैले भन्नु केही छैन,’’ सह-संयोजक पौडेलले भनेका छन्, ‘‘भोलि त्यो नेकपाले के नाम राख्छ थाहा छैन, तर आज नेकपाको मूल नेतृत्व भनेको केपी ओली हो, निर्वाचन आयोगले नेकपा भन्दा केपी ओलीलाई चिन्छ ।’’

उनले ओलीको संसद् विघटनको कदमलाई त्यसरी ‘कू’ भनेर ओलीविरुद्ध हस्ताक्षर गर्नेलाई गाउँ-गाउँमा ढुंगाले हानेर टाउको फुटाएर लखेट्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘‘समृद्ध नेपाल सुखी नेपालीको हाम्रा सपना कसैले घात गरिरहेको छ भने ती केपी ओलीविरुद्ध हस्ताक्षर गरेका माननीयहरु हुन्,’’ सह-संयोजक पौडेलले भनेका छन्, ‘‘ती हस्ताक्षरकर्ता माननीयलाई गाउँ-गाउँमा ढुंगाले हानेर टाउको फुटाउन म आग्रह गर्छु ।’’

पौडेलले हस्ताक्षर गर्ने माननीयकै कारण संसद् विघटन भएको भन्दै त्यस्ता माननीयलाई जनताको कठघरामा उभ्याउन भनेको प्रतिक्रिया दिए । ‘‘हिजो समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउने र स्थिरताका लागि भनेर भोट माग्‍ने अनि प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर गर्नेलाई जनताको कठघराउमा उभ्याउनू र जवाफ दिन नसक्नेलाई खेद्‍नू भनेको हुँ,’ पौडेलले भने । (बाह्रखरीसँगको कुराकानीमा आधारित)

इजरायल सरकारले संसद् विघटन गरेको छ । बुधबार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले संसदमा बजेट पारित गराउन नसकेपछि संसद् विघटनको निर्णय गरेको हो ।

संसद् विघटनपछि आगामी मार्च २३ लागि आम निर्वाचन घोषणा गरिएको छ । इजरायलमा कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको भन्दै प्रधानमन्त्री नेतान्याहूको आलोचना हुँदै आएको छ । यस्तो अवस्थामा इजरायलमा नयाँ निर्वाचनको घोषणा भएको हो ।

पछिल्लो दुई वर्षमा इजरायलमा चौथोपटक आम निर्वाचन हुन लागेको हो । गत मे महिनामा प्रधानमन्त्री नेतान्याहुले रक्षामन्त्री बेनी गान्ट्जको पार्टीसँग मिलेर संयुक्त सरकार बनाएका थिए । यद्यपि सत्तारुढ गठबन्धनमा देखिएको आन्तरिक विभाजन बढ्दै गएसँगै सरकारले संसद् विघटन गर्ने निर्णय गरेको हो ।

भूमि सम्बन्धी समस्या समाधान आयोगले १४ वटा पालिकामा ३५ दिनभित्र निवेदन आह्वान गरेको छ ।

आयोगले कन्काई नगरपालिका, बेलका नगरपालिका, धनगढीमाई नगरपालिका, हरिवन नगरपालिका, बागमती गाउँपािलका, रत्ननगर नगरपालिका, रुपा गाउँपालिका, कावासोती नगरपालिका, कञ्चन गाउँपालिका, बबई गाउँपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र कृष्णपुर नगरपालिकाका भूमिहीन, दलित, भूमिहीन सुकुमबासीलाई निवेदन दिन आग्रह गरेको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अन्य व्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि निवेदन मागिएको आयोगका प्रवक्ता भीमबहादुर कार्कीले जानकारी दिए ।

आयोगले माथिका १४ सहित ४९ पालिकामा आफ्नो कार्यालय स्थापना गरिसकेको छ । ७५३ मध्ये १९२ वटा पालिकासँग लगत संकलन सम्झौता भएको प्रवक्ता कार्कीले बताए । अनलाइनखबरबाट…

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष काँग्रेसभित्र दुई थरी विचार प्रकट भएका छन् । 

प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिततिर केन्द्रीत हुने भन्नेमा मत बाझिएको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय सदस्यहरु प्रधानमन्त्री ओलीको कदमलाई आक्रामक ढंगले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन् । बरु यसलाई अवसरको रुपमा लिएर निर्वाचन तयारीमा जानुपर्ने पक्षमा छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानी हेर्न नहुने पक्षमा छन् । 

पौडेल र उनीपक्षीय नेताहरु भने ओलीको कदम संविधानमाथिको हमला भएकाले लोकतान्त्रिक पार्टीले क्षणिक लाभहानि हेर्न नहुने पक्षमा छन् । 

पौडेल र उनीपक्षीय अधिकांश केन्द्रीय सदस्यहरु ओलीको असंवैधानिक कदमलाई उल्टाउन पार्टी सडक संघर्षमा जानुपर्ने पक्षमा देखिन्छन् । सँगै अदालतको ढोका ढकढकाउने बाटो पनि काँग्रेसले लिनुपर्ने पक्षमा पौडेल देखिएका छन् ।

सार्वजनिक खपतका निम्ति विज्ञप्ति निकाल्ने बाहेक सभापति देउवा प्रधानमन्त्री ओलीको कदमप्रति आक्रामक छैनन् । आफै अघि सरेर प्रतिवादमा पनि उत्रिएका छैनन् । कान्तिपुर दैनिकमा समाचार छ ।

कहिलेकाँही कुनै व्यक्ति वा स्थानको नाम जति सम्झिन खोजेपछि यादै आउँदैन । यस्तो धेरैजनालाई भएको हुनुपर्छ । उमेर बढेसँगै मानिसहरुको स्मरण शक्ति क्षीण हुँदै जाने बताइन्छ । यस्तो साँच्चै हुन्छ पनि तर दिमागलाई तन्दरुस्त राख्न सकिन्छ ।

यदि तपाईं आफ्नो दिमागी क्षमता बढाउन चाहनुहुन्छ भने यहाँ उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ ।

१. व्यायामः

व्यायाम गर्दा दिमागको कोशिकाबीच आपसी सम्पर्क निकै राम्रो हुन्छ र नयाँ कोसिकाको निर्माण पनि हुन्छ । कार्डियो व्यायाम गर्दा तपाईं धेरै अक्सिजन लिनुहुन्छ र यदि तपाईंले यो व्यायाम खुल्ला मैदानमा गर्नुहुन्छ भने तपाईंले यसमार्फत् भिटामिन डी पनि प्राप्त गर्नुहुन्छ ।

यसो गर्दा दिमाग ताजा र तन्दरुस्त हुन्छ ।

२. केही काम गरिरहँदा याद गर्ने कोसिस गर्नुहोस्ः

यदि तपाईंलाई कुनै प्रेजेन्टेशन वा भाषण दिनु छ भने तयारी स्वरुप आफ्नो नोट्सलाई हिँड्दै वा डान्स गर्दै याद गर्नुहोस् । यसो गर्दा तपाईंलाई ती कुराहरु धेरै समयका लागि याद हुन्छ । यस्तो तरिका अभिनेताहरुले पनि अपनाउने गर्छन् ।

३. सन्तुलित भोजनः

तपाईं जुन खानेकुरा खानुहुन्छ, ती खानेकुराको ऊर्जाको २० प्रतिशत हिस्सा सिधा दिमागमा पुग्ने गर्छ । यही कारणले दिमागको कामकाजी स्थिती ग्लूकोजको स्तरमा निर्भर हुन्छ । यदि तपाईंको सुगर लेभल नियन्त्रणमा छैन भने तपाईंको दिमाग कन्फ्युज हुनसक्छ । डोपामाइन केमिकल निष्काशन गर्ने खाना दिमागका लागि उत्कृष्ट मानिन्छ ।

यो कुरा पनि याद गर्नुहोस् कि दिमागको कोसिका फ्याटबाट बन्ने गर्छ त्यसकारण खानामा फ्याटको प्रयोगलाई जारी राख्नुहोस् । यसका साथै नट्स, नास्पाती र माछा दिमागका लागि निकै राम्रो मानिन्छ ।

४. संसारसँग सम्पर्क टुटाउन पनि सिक्नुहोस्ः

तनाव दिमागका लागि राम्रो मानिन्छ किनभने दिमागले आपतकालिन अवस्थामा नै तीब्र रुपमा सोच्ने गर्छ । तर धेरै समयसम्म तनाव लिँदा यसमा नकारात्मक असर पर्ने गर्छ । त्यसकारण कहिलेकाँही संसारसँग सम्पर्क टुटाउन निकै आवश्यक हुन्छ । यसले दिमागलाई आराम दिन्छ ।

यद्यपी, यतिबेला तपाईं दिमागको अन्य भागलाई काममा लगाउन सक्नुहुन्छ । यो त्यो हिस्सा हो जसले हामीलाई दिनमा सपना देखाउँछ । यसले स्मरणशक्ति बलियो बनाउन निकै सहयोगी भूमिका खेल्ने गर्छ ।

५. नयाँ चुनौतीको खोजीः

दिमागलाई स्वस्थ राख्नका लागि तपाईं त्यसलाई चुनौती दिनुहोस्, नयाँ कुराहरु सिकिरहनुहोस् । अर्थात् कुनै नयाँ भाषा सिकेर र नयाँ कला सिकेर तपाईं आफ्नो दिमागको क्षमतालाई बढाउन सक्नुहुन्छ ।

यी सबै गर्न सक्नुहुन्नँ भने आफ्ना साथी र परिवारका सदस्यसँग अनलाइन गेम नै खेलेर हेर्नुहोस् ।

६. संगीत सुन्नुहोस्ः

संगीतको दिमागमा निकै सकारात्मक असर पुर्याउँछ । कसैले गीत सुनिरहेका बेला वा सांगीतिक बाजा बजाइरहेका बेला हेर्नुहोस्, उनीहरुको पूरा शरिर सक्रिय भइरहेको हुन्छ ।

धेरै पटक स्मरण शक्ति गुमेका बेला संगीतले निकै सहयोग गर्नेछ ।

७. पढेर सुत्नुहोस्ः

यदि तपाईं सुत्नुअघि केही नयाँ पढ्नुहुन्छ भने तपाईंको दिमागका दुई कोशिकाको तार जोडिने गर्छ र तपाईं सुतेपछि यी दुई कोशिकाबीचको सम्पर्क निकै बलियो हुन्छ र तपाईंले जे पढ्नुभएको छ, त्यो तपाईंको स्मृतिमा समावेश हुन्छ ।

त्यसकारण निन्द्रा स्मरणशक्तिका लागि सबैभन्दा महत्वपूर्ण कडी हो । यही कारण सुत्नुअघि फिल्म हेर्न र डरलाग्दो कहानी हेर्नबाट बच्नुहोस् । सकारात्मक सोच र अनुभवसहित सुत्नुपर्छ ।

८. बिहान यसरी उठ्नुहोस्ः

अब तपाईंले निन्द्रा निकै महत्वपूर्ण छ भनेर बुझ्नुभयो होला । यदि तपाईं पाँचघण्टा भन्दा कम सुत्नुहुन्छ भने तपाईं मानसिक रुपमा त्यति सतर्क रहन सक्नुहुन्नँ । यहि स्थिती त्यतिबेला पनि बन्ने गर्छ जब तपाईं १० घण्टाभन्दा बढी सुत्नुहुन्छ ।

साथै, तपाईं कसरी उठ्नुहुन्छ त्यो पनि महत्वपूर्ण हुन्छ ।

सबैभन्दा राम्रो त तपाईं अँध्यारोमा सुत्नुहोस् र बिस्तारै उज्यालो भइरहेका बेला उठ्नुहोस् । बिहानको सूर्यको प्रकाश यदि तपाईंको आँखामा पर्छ भने यसले दिमागलाई उत्कृष्ट प्रतिक्रियाका लागि तयार गर्छ ।

नेपाली युट्युव कन्टेन्ट क्रिएटरको लागि खुसीको खबर रहेको छ । युट्युवले नेपाललाई पनि आफ्नो पार्टनर प्रोगाम उपलब्ध हुने सूचीमा राखेको छ । युट्युवले भर्खरै नेपालबाटै मनिटाइज गर्न मिल्ने गरी पार्टनर प्रोग्रामको सूचीमा राखेको हो ।

योसँगै नेपाली युट्युब कन्टेन्ट क्रिएटरहरुले नेपालकै नाम राखेर आफ्ना युट्युव च्यानललाई मनिटाइज गर्नसक्ने छन् । त्यस्तै, युट्युवका सबै किसिमका सेवा तथा नियमहरु नेपाली प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । जसको नोपली युट्युव कन्टेन्ट क्रिएटरहरुले पालना समेत गर्नुपर्नेछ ।

त्यसोत, यसअघि युट्युवले नेपाललाई आफ्नो पार्टनरको सूचीमा नराख्दा नेपाली यूट्यूबरहरुले अन्य देशको नाम राख्नुपर्ने बाध्यता थियो । यसअघि नेपालका युट्युबरहरुले अमेरिका, भारतलगायत देशको नाम राखेर सोही देशको प्रयोगकर्ता देखाएर आम्दानी गर्दै आएका थिए ।

युट्युवको पार्टनर प्रोग्राममा हालसम्म नेपालसहित १ सय २२ देशहरु रहेका छन् । युट्युब मनिटाइज गर्नका लागि कम्तीमा एक हजार सब्सक्राइबर र चार हजार घन्टा भिडियो हेरिएको हुनुपर्ने प्रावधान रहेको छ ।

पछिल्लो समय युट्युवबाट राम्रो आम्दानी हुने भएकाले नेपालमा पनि युट्युव कन्टेन्ट क्रिएटरहरु ह्वात्तै बढेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।