प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको हेरफेर र विस्तार गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् भने युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।
पुनर्गठित मन्त्रिपरिषदमा टोपबहादुर रायमाझी उर्जा मन्त्री भएका छन् । त्यस्तै मणि थापा खानेपानी, प्रभु साह शहरी विकास र प्रेम आले वन मन्त्री भएका छन् ।
त्यस्तै गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री र गौरी शंकर चौधरी श्रम मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।
जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।
यसअघि स्वास्थ्यमन्त्री रहेका भानुभक्त ढकाल पर्यटन र संघीय मामिला मन्त्री रहेका हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री बनेका छन् ।
यसअघिका महिला बालबालिका मन्त्री लीलानाथ श्रेष्ठ कानून र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् । भूमिव्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
त्यस्तै शहरी विकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री भएका छन् । नवमन्त्रीहरुले शीतल निवासमा शपथ लिएका छन् ।
इन्स्ट्यान्ट म्यासेजिङ एप ह्वाट्सएप अब केही स्मार्टफोन मोडलहरुमा नचल्ने भएको छ । २०२१ को पहिलो अर्थात् १ जनवरी देखि नै ह्वाट्सएपको सपोर्ट केही फोनमा अन्त्य हुनेछ ।
ह्वाट्सएपले उक्त मितिदेखि एन्ड्रोइड र आइओएस दुबै अपरेटिङ सिस्टममा सञ्चालन भइरहेका फोनलाई सपोर्ट गर्ने छैन । यसले पुरानो भर्सनको सफ्टवेयरमा पनि काम गर्ने छैन ।
रिपोर्टका अनुसार ह्वाट्सएपले आइओएस ९ र एन्ड्रोइड ४.०.३ अपरेटिङ सिस्टम वा त्यसभन्दा पुरानो भर्सनमा चलिहरेका स्मार्टफोनमा काम गर्ने छैन ।
यसको मतलब आइफोन फोरमा पनि ह्वाट्सएप नचल्न सक्छ । तर यसपछि आएका आइफोन फोर एस, आइफोन फाइभ सी, आइफोन फाइभ एस, आइफोन सिक्स, आइफोन सिक्स एसमा पुराना सफ्टवेयर छन् भने तिनलाई अपडेट गर्न सकिने रिपोर्टमा उल्लेख छ ।
अपडेट गरेपछि ती मोडलमा ह्वाट्सएप प्रयोग गर्न सकिनेछ । तर एन्ड्रोइडमा भने ४.०.३ भन्दा पुरानो भर्सनमा ह्वाट्सएपले सपोर्ट गर्ने छैन ।
पुरानो भर्सनको फोनका लागि सफ्टवेयर अपडेट गर्न सम्भव नभएको हुदा ह्वाट्सएपले समय समयमा यस्तो गर्दै आइरहेको छ । Techpana
कोरोना माहामारिका बिच नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले शुक्रवार (आज) क्रिसमस डे पर्व मनाउँदैछन् । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मरियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।
ख्रिष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । नेपालमा ४ सय वर्ष अघिबाट क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिष्टियन महासंघका पदाधिकारीहरु बताउँछन् ।
नेपाल धर्मनिरपेक्ष हुनुअघि देशभर छरिएर रहेका ख्रीष्टियन समुदायले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्र नै मनाउँदै आएका थिए । हाल नेपालभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रिष्टियन समुदाय रहेको अनुमान छ ।
यस बर्ष बिश्वभरि नै कोरोना माहामारिका कारण बिभिन्न चाडपर्वहरुमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
बाराको निजगढमा निर्माण हुने आँखा अस्पतालको बिषयमा बिहिवार त्रिपक्षिय छलफल गरिएको छ ।
तिलगंगा आँखा अस्पतालको सहयोगमा निर्माण हुने आँखा अस्पतालकालागि लगानी जुटाउने एलिना भिजन, समन्वयकर्ता तिलगंगा आखा अस्पताल र निजगढ नगरपालिकाबीच छलफल भएको हो । अस्पताल निर्माण र व्यवस्थापनको धारणा सम्बन्धमा छलफल भएको निजगढका मेयर सुरेश कुमार खनालले बताए ।
तिलगंगाले निजगढमा अस्पताल निर्माण गराउन २०७५ कार्तिक ९ गते निजगढ नगरपालिकासंग सम्झौता गरेको थियो । तेतिबेला आँखा अस्पताल निर्माणकालागि निजगढ नगरपालिकाको तर्फबाट नगर प्रमुख सुरेस कुमार खनाल र अस्पतालको तर्फबाट नेपाल आखा कार्यक्रम तिलगंगा आखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । निजगढ नगरपालिकाले आँखा अस्पताल निर्माणकालागि वडा नम्बर ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको जग्गा उपलब्ध गराएको छ ।
नेपालको अन्धोपन सर्वेक्षण २०१२ को प्रतिवेदन अनुसार नेपालमा सबैभन्दा बढी दृष्टि विहिनताको उच्च दर रहेको जिल्लामध्येमा बारा जिल्ला परेपनि जिल्लामा आँखा अस्पतालको सेवा नहुँदा सेवाग्राहीहरू अन्यत्र उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ । जिल्ला भरिमै सुविधायुक्त आखा अस्पतालको व्यवस्था नभएकाले निजगढमा सुविधा सम्पन्न आखा अस्पतालको आवश्यकता महशुश भएकाले निजगढ नगरपालिकाले आखा अस्पताल निर्माणकालागि पहल र आवश्यक सहयोग गरेको निजगढका मेयर खनालले बताउनुभयो ।
आँखा अस्पताल निर्माण पश्चात बारा लगायत रौतहट, मकवानपुर, सर्लाही र भारतीय नागरिकहरुले समेत सर्वसुलभ रुपमा आँखा उपचारको सेवा प्राप्त गर्नसक्नेमा आफुले आशा लिएको खनालले बताए ।
छलफलमा अस्पताल निर्माणकोलागि आर्थिक सहयोग गर्ने दातृ निकाय एलिना भिजनका चिफ अपरेटिङ अफिसर बसन्त कुमार, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठान काठमाडौंका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठ, तिलगंगा आँखा अस्पतालका डाक्टर मोहनकृष्ण श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी निजगढ उपशाखाका सभापति नारायण प्रसाद शर्मा, निजगढका मेयर सुरेश कुमार खनाल लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेकोथियो । छलफल पश्चात अस्पताल निर्माण हुने स्थल र प्राथमिक स्वास्थ्य केन्द्र निजगढको समेत अवलोकन गरिएको श्रोतले बताएको छ ।
सिंगापुरको संस्था एलिना भिजनले भियतनाममा आँखा अस्पताल निर्माण गरेको र नेपालमा पनि आँखा अस्पताल निर्माण गर्ने योजना रहेको भारतीय मूलका चिफ अपरेटिङ अफिसर बसन्त कुमारले जानकारि दिए ।