दीपेन्द्र जयसवाल, बारा । जिल्ला समन्वय समिति बाराले क्रसर उद्योगहरू तत्कालका लागि बन्द गर्न निजगढ नगरपालिकालाई निर्देशन दिएपछि निजगढका सबै क्रसर उद्योग बन्द भएका छन्।
जिल्ला समन्वय समिति बाराको पुस २ गते बसेको बैठकले सो निर्देशन दिएसँगै क्रसर उद्योग बन्द गर्न निजगढ नगरपालिकाले पुस ७ गते क्रसर उद्योगहरूमा पत्राचार गरेको थियो र अहिले यहाँका सबैजसो क्रसर बन्द भएका छन्। जिल्ला समन्वय समिति बाराले अनुगमनको क्रममा चुरे भएर निजगढ हुँदै कोल्हवीतर्फ बग्ने बकैया र धन्सार खोलामा मानिसहरूले जथाभावी ढङ्गले खोलाबाट नदीजन्य पदार्थ ग्रेभल, बालुवा उत्खनन, सङ्कलन गरेको पाएपछि उत्खनन र क्रसर बन्द गर्न निर्देशन दिएको हो।
ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ११ (६) बमोजिम उद्योगको वार्षिक क्षमता, सङ्कलन, तथा उत्खनन गर्ने कच्चा पदार्थको स्रोतसहितको विवरण जिल्ला समन्वय समितिमा पेश गर्न निर्देशन दिएको छ। उद्योगहरूबाट सो विवरण प्राप्त भएपछि जिल्ला समन्वय समितिको बैठकबाट क्रसर खोल्ने वा नखोल्ने निर्णय गरिने बताइएको छ। देशभरका स्थानीय तहले ठेक्काका नाममा जथाभावी नदीजन्य पदार्थको ठेक्का लगाइ चुरे पहाड र आसपासका बस्ती र जमीन कटानको समस्या उत्पन्न हुन सक्ने सम्भावना नजीकिंदै गएको छ।
यसअघि वनक्षेत्र, आरक्ष, निकुञ्जदेखि दुई किलोमिटरभित्र पर्ने, स्थानीय सुरक्षा निकाय, शैक्षिक सङ्घ, संस्थादेखि एक किलोमिटरभित्र रहेका क्रसरलाई तीन वर्षभित्र बन्द वा स्थानान्तरण गर्नुपर्ने २०६७ चैत ६ गते सर्वोच्च अदालतद्वारा गठित अनुगमन समितिले मापदण्ड निर्धारण गरेको थियो। म्याद सकिए पनि करीब तीन वर्ष म्याद थप्दै क्रसर उद्योग चल्दै आइरहे पनि पछिल्लोपटक म्याद थप नभएको अवस्थामा पनि क्रसर उद्योग सञ्चालनमा थिए।
यता क्रसर सञ्चालकहरूले उद्योग सञ्चालनका लागि व्यवस्थित स्थानको छनोट गरी सडक, विद्युत्, पानीलगायतका आवश्यक कार्य गर्न निजगढ नगरपालिकालाई लिखित आग्रह गरेका छन् ।
कमरेड
तपाईलाई पनि स्वागत छ !
म माईतीघर
स्वयम् बोलिरहेछु
केही प्रश्नहरु छन् म संग सोधौ?
मेरो काखमा बसेर
सोधीएका अनेकन्
प्रश्नहरु जो अनुत्तरित छन
तपाईसंग तिनिहरुको जवाफ छ?
अलि अस्ति
महिलाहरु आउनुभो
अधिकार खोज्नुभो।
अस्ति मात्रै केही मान्छेहरु आउनुभो
राजा खोज्दै,
हिजो मात्रै त हो किसानहरु
मेरै काखमा रोएका
अहिले तपाईं बसेको ठाउँमा
जुन चिसो सतह छ नि
हो त्यो उनिहरुको आँसुले भिजेको हो
रातभर उनिहरु आकाश हेरेर रोइरहेथे,
हजुरको नाम पुकार्दै थिए।
केहिदिन अगाडि केही
अपाङ्ग ब्यक्तिहरु आउनुभएको थियो
भन्दैहुनुहुन्थ्यो रगत पिउनेहरुले
प्यासिलाई पानी पिलाउँदैनन् रछ।
सायद ती जनयुद्दका घाईते योद्दाहरु थिए होला।
अहिले मेरो छातिमा बुर्कुसी मार्दै
नाँचिरहेछन केही मान्छेहरु
तपाईले देख्नुभो?
ए साँची तपाईंलाई त्यो देख्ने छुट कहाँ छ र?
उहाँहरु पक्कै सहिद हुनुपर्छ।
एक लट सम्झिनुस है सहिदहरुलाई..
उहाँहरु सबै एकै आवाजमा
चिच्याईरहनुभएको छ
सुन्नुस त
उत्तर दिन नबोल्ने आवाजहरुलाई प्रश्न सोध्ने अधिकार कस्ले दियो..?
जहाँ हुँदा तपाईले हाम्रो आवाज सुन्नुभएन,त्येहा हुनेले तपाईको आवाज कसरी सुन्छ्न् ?
त्यो ठाउँ जहा सरकार बस्छ
त्येहा त अन्धकार छ रे हैन ?
आवाज पुग्दैनरे हैन ?
- कृष्ण खड्का –
सिद्धार्थ बैंकको १८ औं स्थापना दिवशको अवसरमा लालबन्दी स्थिति सिद्धार्थ बैंकले शुक्रवार पानी ट्यांकी हस्तान्तरण गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालीका १६ मा रहेको डिम जनता माविमा पुगि बैंकका साखा प्रबन्धक बिष्णु प्रसाद शर्माले दुई हजार लिटर क्षमताको पानी ट्यांकी हस्तान्तरण गर्नु भएको हो । आफ्नो सेवा क्षेत्रभित्र रहेको पानीको समस्या भैरहेको बिद्यालयमा शुद्ध खानेपानी ब्यबस्थापनमा सहयोग गर्न पाउँदा बैंक आभारी रहेको शर्माले बताउनु भयो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गौतम लगायतको उपस्थितिमा ट्यांकी हस्तान्तरण गरिएको बैकका सहायक प्रवन्धक सुवास कुमार पाण्डेले जानकारी दिनु भयो ।
ट्यांकी हस्तान्तरणका लागि आफ्नो बिधालय छनौट गरेकोमा अध्यक्ष गौतमले बैंकलाई धन्यवाद दिनुभएको थियो ।