२०८३ जेष्ठ ९ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ९ शनिबार

श्रोत नखुलेको आठ लाख रुपैँया सहित पक्राउ परेका बाराका धिरेन्द्र साहलाई प्रहरिले मंगलवार जिल्ला अदालतमा पेश गरेको छ ।

सोमवार दिउँसो रौतहटको ईलाका प्रहरि कार्यालय मौलापुरबाट खटिएको टोलीले मौलापुरको वडा नम्बर ५ मा सवारि चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेका साह अवैध रकम सहित पक्राउ परेका हुन । साहले चलाएर आएको प्रदेश –१–०२०४२ प २००० नम्बरको सुपरस्पेण्डर मोटरसाईकल रोकि झोला चेकजाँच गर्ने क्रममा श्रोत नखुलेको नेपाली ८ लाख रुपैँया फेला परेको थियो ।

बाराको सिम्रौनगढ नगरपालीका १ खजानीटोल बस्ने लक्ष्मण शाहका १७ बर्षिय छोरा धिरेन्द्रलाई नियन्त्रणमा लिई बरामद रकम मंगलवार गौर भन्सार कार्यालय गौरमा बुझाईएको गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

एक बर्ष अघि रोकी राखेको स्काभेटरमा आगजनी गर्ने रौतहटका २८ बर्षिय रुस्तम लहेरिलाई प्रहरिले पक्राउ गरेको छ ।

२०७६ सालको बैशाखमा गुजारा नगरपालीका ६ स्थित खतवयीया टोलमा सिँचाईं प्रयोजनका लागी रोकि राखेको स्काभेटरमा राती पौने १२ बजेतिर सोहि स्थानका लहेरिले आगजनी गरेका थिए । आपराधिक उपद्रव सम्बन्धि कसुरमा फरार रहेका प्रतिवादि लहेरिलाई प्रहरिले मंगलवार मध्यान्ह गाउँबाटै पक्राउ गरेको हो ।

दोलखाको मेलुंग गाउँपालीका ७ बस्ने सुमन खड्काले वादी नेपाल सरकार र प्रतिवादि लहेरि बिरुद्ध जाहेरि दिएका थिए । पक्राउ परेका लहेरिलाई मंगलवार नै जिल्ला अदालतमा पेस गरिएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।

पछिल्लो समय सर्लाहीका ग्रामिण भेगहरुमा गरिएको गाँजा खेतीलाई नष्ट गर्ने कार्यमा प्रहरिले सक्रिएता बढाएको छ । सोमवार मात्रै प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा गएको प्रहरी टोलीले नारायणखोलामा करिव नौ बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १४ मा पर्ने नारायणखोलामा व्यावसायिक हिसावले ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएपछी सिडियो पौडेल नेतृत्वको सुरक्षाकर्मिको टोलीले गाँजा फडानी गरि नष्ट गरेको हो । सीडीओ पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौर, सशस्त्र प्रहरीका उपरीक्षक एसपी गंगाराम श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका एसपी दिलिपकुमार सिंहसहितको टोली गाँजाका बोट नष्ट गर्न जिल्लाकै दुर्गम मानीने नारायणखोला पुगेको थियो ।

प्रहरिले नारायणखोलास्थित सत्रकठ्ठा र त्यस आसपासका क्षेत्रमा लगाइएको तयारी हुनै लागेका गाँजाको बोट नष्ट गरेको हो । एसपी राठौरले त्यस क्षेत्रमा गाँजा नष्ट गर्न प्रहरीले अब अपरेशन नै चलाउने बताए । यस अघि पनि पटक पटक लालबन्दी र पत्थरकोटबाट गएका प्रहरीले नारायणखोलाको विभिन्न ठाउँमा लगाइएको गाँजा खेती नष्ट गरेको थियो ।

गाँजाबाट राम्रो आम्दानी हुने देखेर नारायणखोलाका स्थानीयहरुले केही वर्षअघि देखि अरु बाली लगाउन छाडेर डाँडापाखाका बारीभरी गाँजाको खेती गर्दै आएका छन् । स्रोतका अनुसार भारतीयहरुको सहयोगमा खेती गरिने गाँजा तयार पारेर बिक्रीका लागि लुकाईछिपाई भारत नै पु¥याउने गरिएको छ ।

लामो समयदेखि आन्तरिक बिवादमा रुमल्लिएको ब्रम्हस्थान सामुदायिक बन उपभोक्ता समुह माथील्लो चिसापानीको अध्यक्षमा भिम बहादुर थोकर ‘दिलिप’ चुनिएका छन ।

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ मा रहेको उक्त बन समुहको शनिवार नयाँ कार्यसमिती चयन गरिएको हो । लालबन्दी सव डिभिजन कार्यालयका प्राबिधिकहरु अमृत कुमार सापकोटा र राजदेव यादवको बिशेष उपस्थितीमा बसेको भेलाले ११ सदसिय नयाँ कार्य समिती चयन गरेको हो ।

नवगठित समितीको उपाध्यक्षमा गणेश थापा रहेका छन भने सचिवमा जनक थापा ‘उमेश’ र कोषाध्यक्षमा मञ्जु थिङ सहित अन्य सदस्य रहेका छन ।

नयाँ चयन भएका अध्यक्ष दिलीपलाई पुर्व अध्यक्ष अर्थ बहादुर थिङले सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै सौहार्दपुर्ण वातावरणमा नयाँ समिती चयन भएको बताउनुभएको छ ।

भारतको कोङ्कर्ण रेल्वे कर्पाेरेसनले जनकपुर–जयनगर रेल सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति आपूर्तिका साथै रेल सञ्चालनको व्यवस्थापनको प्रस्ताव पठाएको छ ।

नेपालको रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सञ्चालनका लागि नेपालले माग गरे अनुसारको तत्काल आवश्यक पर्ने प्राविधिक कर्मचारीको आपूर्तिका साथै रेल सञ्चालनको समग्र व्यवस्थापनका लागि सो कर्पाेरेसनले प्रस्ताव गरेको जानकारी दिए।

‘‘रेल्वे कम्पनीलाई प्राप्त भएको भारतीय प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइसकिएको छ, अहिले प्रस्तावमाथि मन्त्रालय स्तरीय छलफल भइरहेको छ’’ महाप्रबन्धक भट्टराईले स्पष्ट पारे।

उक्त प्रस्तावमाथि छलफल गरी अन्तिम स्वीकृतिका लागि यसै हप्ता मन्त्रिपरिषद्मा पेस गरिने उनले जानकारी दिए। भारतको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न रेल्वे कम्पनीको सञ्चालक समितिले समेत निर्णय गरिसकेको उनले जानकारी दिए।

मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत हुने बित्तिकै ‘जी टू जी’ माध्यमबाट भारतसँग सम्झौता गरी जनशक्ति आपूर्ति गरिनेछ । उनले भने, ‘‘रेल सेवा सञ्चालनका लागि तत्काल आवश्यक पर्ने २६ जना ‘कोर’ प्राविधिक कर्मचारी आपूर्तिका साथै रेल मर्मत सम्भार तथा ‘इमर्जेन्सी रिले’का आवश्यक उपकरणको आपूर्ति, रेलको सर्भिसिङ, नेपाल रेल्वे कर्मचारीलाई तालिम दिने, कर्मचारीको काम कर्तव्यबारे ‘स्ट्यान्डर्ड डकुमेन्ट’ निर्माण गर्नेलगायतबारे भारतबाट नेपाललाई प्रस्ताव प्राप्त भएको हो।’’

नेपाल पठाउनका लागि रेल्वे कर्मचारी तयारी अवस्थामा राखिएको जनाइएको छ। मन्त्रिपरिषद्को स्वीकृति प्राप्त हुने बित्तिकै भारतसँग सम्झौता गरी त्यहाँका कर्मचारी बोलाएर कर्मचारीलाई तालिम दिने योजना छ।

बाराको करैयामाई गाउँपालीकामा आएका नयाँ हाकिमलाई सोमवार गाउँपालीका कार्यालयले भब्य स्वागत गरेको छ । यस अघिका हाकिम हाजीर भएको १२ दिनमै सरुवा भई गएपछि आएका नयाँ हाकिमलाई गाउँपालीकाले स्वागत गरेको हो ।

गाउँपालीकाको प्रमुख प्रसासकीय अधिकृतको जिम्मेवारि सम्हाल्न जिल्ला निर्वाचन कार्यालय जनकपुरबाट सरुवा भई राज कुशवाह आउनुभएको छ । सोमवार गाउँपालीकाको कार्यालयले एक औपचारिक कार्यक्रम गरि कुशवाहलाई कार्यालयमा स्वागत गरेको हो । गाउँपालीकाका अध्यक्ष भुवनेश्वर धामीले अधिकृत कुशवाहलाई हाजिर गराउँदै स्वागत गर्नुभएको गाउँपालीकाका कार्यालयले जनाएको छ ।

यस अघि गाउँपालिकामा प्रसासकीय अधिकृत नहुँदा गाउँपालीकाको नियमित कामकाज नै प्रभावित भएको थियो । भौतिक पूर्वाधार एवं विकास निर्माण, सामाजिक सुरक्षा भत्ता, लेखा सम्बन्धि काम, प्रशासनिक कार्य लगाएतका काम नहुँदा गाउँपालीकावासि मारमा परेका थिए ।

सोमवार अधिकृत कुशवाहलाई गाउँपालिकाका अध्यक्ष धामी, उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी, वडा नं १ का वडा अध्यक्ष सोनालाल साह, वडा नं.३ का वडा अध्यक्ष देवेन्द्र केशरी, वडा नं. ८ का वडा अध्यक्ष सुरेन्द्र साह, गाउँपालिका कार्यालयका कर्मचारि तथा सदस्यहरु सहित स्थानिय राजनितीक दलका प्रतिनिधि, समाजसेवि, बुद्धिजिवि लगाएतको उपस्थितीमा कार्यक्रम गरि कार्यालयमा स्वागत गरिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।