२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

पवन प्रसाद साह/वीरगंज । बारा र पर्साका रास्ट्रवादि संगठनले पृथ्वी नारायण शाहको २९९ औ जन्मजयन्ति भब्यताका साथ मनाएका छन ।

‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा पयरो छ, २०७२ सालको सबिधान खारेज गर, हिन्दू राष्ट्र कायम गर’ लगायत बिभिन नारा सहित वीरगंजको घण्टाघर बाट निस्केको र्‍यालीले वीरगंजको बिभिन ठाउँको परिक्रमा गरेको थियो भने माइस्थान चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई विभिन्न ब्यक्तिहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल राष्ट्रवादि संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले पृथ्वीनारायण शाहको बारेमा चर्चा गर्दै यो देश नेताहरूको हातमा भएको ले देश र जनताको बिकास हुन नसक्ने र नहुने ठोकुवा गर्दै राजाको बिकल्प नभएको बताएका थिए ।

कार्यक्रममा विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य पृथ्वी झा, नेपाल राष्ट्रवाद संघका जिल्ला उपाध्यक्ष उमा शंकर करवाकर, नेपाल राष्ट्रवाद संघका जिल्ला सचिव संतोष कुमार गुप्ता, बिरेन्द्र साह तेली, बिष्णु साह, राष्ट्रवाद संघका युवा नेता दिपेन्द्र गुप्ता, नेपाल राष्ट्रवाद संघका अच्छेलाल साह, उदित सहनी लगायत बिभिन ब्यत्किहरुको उपस्थित रहेको थियो।

२९९ औ पृथ्वी जयन्तीको अवशरमा बाराको निजगढमा भब्य कार्यक्रम गरिएको खबर प्राप्त भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीको सभाध्यक्षतामा शहिद चोकमा कार्यक्रम भएको हो ।

राप्रपा केन्द्रिय कार्य सम्पादन समितीका सदस्य मोहन यादवको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य गिरिधारी चौधरी, राप्रपा केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा युवक संगठनका केन्द्रिय महासचिव बिनोद कुमार भारती, केन्द्रिय सदस्य सावित्री देवि भारती, बारा जिल्लाका कार्यकारी अध्यक्ष राज नारायण शाह, जिल्ला अध्यक्ष भरत मल्ल, प्रदेश नं २ कार्य सम्पादन समिति सदस्य शिव प्रसाद तिमल्सिना, क्षेत्रीय अध्यक्ष वासुदेव तिमल्सिना लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।

निजगढ नगर परिक्रमा पश्चात भएको कार्यक्रमको सञ्चालन सुजन तिमल्सिनाले गर्नुभएको थियो भने युवक संगठन बाराका अध्यक्ष राजेन्द्र सापकोटाले स्वागत मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा स्थानिय लोक गायक बद्रि राउत, नवराज राउत र अस्मिता नेपालीको सांस्कृतिक प्रस्तुती रहेको थियो ।

पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ३०९ नमुना परीक्षण गर्दा १९२ महिला र २९६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५८ हजार ९६८ जना संक्रमणमुक्त भएका छन् भने १९२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर ४ हजार ३७३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१४३ जना होम आइसोलेसनमा छन् भने १६३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

योपृथ्वीमा कुनै पनि चीज व्यर्थ छैनन् । हामीलाई झारपातहरूको महत्त्व नै थाहा छैन ।

जस्तै, हाम्रो घरमा अनि पर्खालमा भेटिने झारपात पर्सलेन पनि धेरै गुण भएको बिरुवा हो । हामी यसलाई जंगली बुट्यान ठानेर लुछेर मिल्काउँछौं । तर यसमा पोषण तत्त्वहरू भरपूर मात्रामा भेटिन्छन् ।

यो बिरुवाको स्वाद पनि गजबको हुन्छ र यसको पोषण पनि राम्रो हुन्छ ।

यो बिरुवामा ओमेगा ३ प्रचुर मात्रामा पाइन्छ । ओमेगा ३ खासमा फ्याट्टी एसिड हो र यो माछा, अण्डा र माछाको तेलमा पाइन्छ । यो एसिडले दिमाग तीखो बनाउँछ र हृदयघातलाई रोक्छ । तपाईं शाकाहारी हो भने त ओमेगा ३ पाउनका लागि पर्सलेन नै सर्वोत्तम विकल्प हो ।

पर्सलेनमा भएको एन्टीअक्सिडेन्टले तपाईंको छाला जवान राख्छ । अनि यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाएर रोगहरूसँग लड्न पनि सहयोग गर्छ ।

यो बिरुवा आहारमा समावेश गर्नुभएमा शरीरमा क्याल्सियम र म्याग्नेसियमको कमी हुन पाउँदैन । तपाईंको हाड र दाँत बलियो हुन्छ ।

यसमा पोटेसियम पनि प्रशस्त हुन्छ । यसको पात खाँदा रक्तचाप सामान्य रहन्छ ।

यसमा आइरन पनि हुन्छ । शाकाहारीहरूका लागि आइरन पाउन मासुको साटो यही बिरुवा उपयुक्त हुन्छ ।

पर्सलेनमा ९३ प्रतिशत पानी हुन्छ । यसको पात खाँदा तपार्ईंको शरीर आर्द्र रहन्छ । तपाईं स्वस्थ र फुर्तिलो हुनुहुन्छ ।

पर्सलेनमा भएको मेलाटोनिनका कारण यो खाँदा तपाईंलाई राम्रो निद्रा लाग्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको हो ।

महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेका छन् । सो प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

महाअभियोग लगाउने तयारी भएपछि रिपब्लिकन उम्मेदवारहरुले ट्रम्पलाई राजीनामा दिन सुझाव दिएका छन् ।

सभामुख नेन्सी पेलोसीले पनि ट्रम्पविरुद्ध महाअभियोग लगाउन सदनले उचित कारबाही गर्ने बताएकी छन् । पेलोसीले आइतबार साँझ आफ्ना साथीहरुलाई पठाएको पत्रमा लेखिएको छ, ‘हामी हाम्रो संविधान र लोकतन्त्रको रक्षाका लागि तत्पर छौं । किनकी राष्ट्रपतिबाट यी दुवै खतरामा छन् । हालका राष्ट्रपतिले हाम्रो लोकतन्त्रमा हमला गरेका छन् । त्यसैले कारबाही तत्काल आवश्यक छ ।’

सभामुख पेलोसीका अनुसार ट्रम्पलाई अक्षम राष्ट्रपति घोषित गर्नका लागि उपराष्ट्रपति पाइक पेन्सले पूरै मन्त्रिमण्डललाई मनाएपछि २५ औं संशोधन लागू हुनेछ र उनले कार्यवाहक राष्ट्रपतिको रुपमा तुरुन्त पद सम्हाल्ने छन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पले हिंसालाई बढावा दिएको आरोप लगाइएको छ । साथै ट्रम्पमाथि संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध मानिसहरुलाई उक्साएको आरोप पनि छ ।

गत हप्ता ट्रम्पको उक्साहटमा उनका समर्थकहरुले अमेरिकी संसदभित्रै घुसेर आक्रमण र तोडफोड गरेका थिए । सो हिंसामा एक जना प्रहरी अधिकारी र चार जना सर्वसाधारणको मृत्यु भएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडन विजयी भएको औपचारिक घोषणा गर्न नदिने उद्देश्यले ट्रम्प समर्थकहरुले आक्रमण गरेको बताइन्छ । यद्यपि संसदले बाइडन राष्ट्रपति निर्वाचित भएको घोषणा गरेको थियो ।

वीरगञ्जमा एक कपडा उद्योगलाई तीन लाख जरिबाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ मा सञ्चालित एसआर रेडिमेड उद्योगलाई तीन लाख जरिबाना गरिएको हो ।

उद्योगलाई जरिबाना रकम सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न भनिएको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ नेतृत्वको टोलीले अनुगमन गर्दा विभिन्न प्रतिष्ठित ब्रान्डको नाममा कपडा उत्पादन गर्ने गरेको पाइएपछि तीन लाख जरिबाना गरिएको थियो ।

कम्पनीले एडिडास लेखेको ट्राउजर र द नर्थ फेस लेखेको सुट उत्पादन गर्ने गरेको पाइएको छ । दुवै अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका कम्पनी हुन् ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) बमोजिम वस्तु वा सेवाको वास्तविक गुणस्तर, बनावट आदि ढाँटी लुकाइ, झुक्याइ बिक्री गरिरहेको पाइएकोले सोही ऐनको दफा ३९ को (ख) बमोजिम तत्काल तीन लाख जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सूचना अधिकारी दीलिप खंग खत्वेले जानकारी दिए ।

प्रजिअ तामाङसहितको टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका उपअनुसन्धान निर्देशक टीकाप्रसाद पोखरेल वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निरीक्षण अधिकृत जितबहादुर भण्डारी लगायत सहभागी थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।