२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

चोरिको मोटरसाईकल चढेर हिँडेका ब्यक्तिले प्रहरिलाई देखि भागेपछि मोटरसाईकल सम्बन्धित धनीले पाएका छन ।

यहि माघ १६ गत्ते सवारि चेकजाँचका क्रममा रौतहटको गरुडा प्रहरिले लालबन्दीका करण साहको २२० सिसिको पल्सर मोटरसाईकल फेला पारिदिएका हुन ।

हाल मकवानपुरको हेटौँडा ४ बस्ने साहको मोटरसाईकल चढेर रौतहटको कटहरियाबाट झाझपुल तर्फ जाँदै गरेका ब्यक्तिले ईलाका प्रहरि कार्यालय गरुडाका निमित्त कार्यालय प्रमुख प्रहरि निरिक्षक राम राजा केशरिको कमाण्डको टोलीले सवारि जाँच गरिरहेको देखेपछि मोटरसाईकल छोडि भागेका थिए ।

प्रदेश ३–०३–००१ प–२४४८ नम्बरको मोटरसाईकल प्रहरिले आवश्यक प्रकृया पु¥याएर सम्बन्धित सवारि धनिलाई हस्तान्तरण गरेको गरुडा प्रहरिले जानकारि दिएको छ ।

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध अखिल नेपाल महिला संघमा आवद्ध महिलाहरुले नेकपा नेतृ एवं विघटित संघीय सांसद् रामकुमारी झाँक्रीलाई अविलम्ब पक्राउ गरी कानूनी कठघेरामा उभ्याउन माग गरेका छन् ।

बुधबार सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापन–पत्र बुझाउँदै अनेमसंघमा आवद्ध महिलाहरुको समूहले त्यस्तो माग गरेको हो ।

२०७७ माघ १६ गते गोरखा जिल्लाको सिरानचोक गाउँपालिकामा भएको एक कार्यक्रममा राष्ट्रकै प्रमुख राष्ट्रपति विद्यादेवि भण्डारी विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै झाँक्रीलाई तत्काल पक्राउ गरी कानून बमोजिम हदैसम्मको सजाय गर्न ज्ञापन–पत्रमा जोडदार माग गरिएको छ ।

अनेमसंघका नेतृहरुले प्रमाणको रुपमा भन्दै प्रजिअ पौडलललाई ज्ञापन–पत्र सँगै नेतृ झाँक्रीले बोलेको भिडियो क्लिप समेत बुझाएका छन् । अनेमसंघ केन्द्रीय सदस्य तारादेवी सुबेदीको हस्ताक्षर रहेको ज्ञापन–पत्र प्रजिअ पौडेललाई उनकै कार्यकक्षमा बुझाउन सुबेदी सहित पार्वती विश्वकर्मा, सीता थापा लगायत आधा दर्जन महिला नेतृहरुको उपस्थिती रहेको थियो ।

तामाङ समुदायको सोनाम ल्होछार पर्वको अवसरमा हरिवन नगरपालिका कार्यालयले दुई दिन सार्बजनिक बिदा दिएको छ ।

समुदायले माघ ३० गते मुसा वर्षलाई बिदाई गर्दै गाई वर्षलाई स्वागत गर्ने २८५७ औं सोनाम ल्होछार पर्व मनाउँदै छन् । सोही पर्वका अवसरमा हरिवन नगरपालिकाले माघ २९ र ३० गते दुई दिन सार्बजनिक बिदा दिएको हो ।

यसअघि नेपाल तामाङ घेदुङ हरिवनले माघ २९, ३० र फागुन १ गते गरी तीन दिन सार्बजनिक बिदा दिन नगरपालिकालाई लिखित आग्रह गरेको थियो । संघीय सरकारले पनि ल्होछारकै अवसरमार देशभरी माघ ३० गते सार्बजनिक बिदा दिईसकेको छ ।

वर्षौंदेखि करोडौं रकम भुक्तानी नगरेर उखु किसानलाई ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी राकेश अग्रवालले सर्लाहीका उखु किसानको सम्पूर्ण रकम भुक्तानी गरेका छन् ।

बुधबार सम्म अग्रवालले उखु किसानको खातामा १७ करोड सातलाख १६ हजार ८५ रुपैंया ५६ पैसा किसानलाई खातामा भुक्तानी गरिसकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

हालसम्म जानकारीमा आएको तथ्यांक र कागजातका आधारमा किसानको बक्यौता भुक्तानी भईसकेको र थप कोही आए भनेपनि बैंक खातामा मौज्दात राखिएकाले अग्रवालको अदालती मुद्धा प्रकृया टुंग्याउनका लागि जिल्ला सरकारी वकिल कार्यालयमा पठाईएको प्रहरी उपरीक्षक राठौरले जानकारी दिए ।

सर्लाहीको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका मालिक (संचालक) अग्रवाललाई माघ १४ गते साँझ काठमाडौंको त्रिपुरेश्वर स्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

यसैबीच सर्लाही प्रहरीको हिरासतमा रहेका राकेश अग्रवाललाई पुनः अर्को ठगी मुद्धामा कार्बाही प्रकृया अगाडी बढाउन पश्चिम नवलपरासी प्रहरीको जिम्मा लगाईने भएको छ । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयको पत्राचारको आधारमा जिल्ला अदालत सर्लाहीबाट छुट्ने वितिकै अग्रवाललाई पुनः हिरासतमा लिएर सर्लाही प्रहरीले उतै पठाउने भएको उज्यालो अभियानमा खबर छ ।

सरकारले आफ्नो आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खासगरी अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउन लागेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सञ्चार माध्यम र सञ्चारकर्मीलाई अमर्यादित तथा गैरजिम्मेवार हुन नदिने यस्तो निर्देशिका ल्याउन लागिएको जानकारी दिए ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा सरकारले गरेका गलत कामको आलोचना, राष्ट्रपति र अदालतको विषयमा समेत टिकाटिप्पणी हुन लागेको भन्दै निर्देशिका ल्याउन लागेको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।