प्रतिनिधिसभाका सदस्यहरुले गत पुसदेखि रोकएको तलब/सुविधा एकमुस्ट पाउने भएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि संसद सचिवालयले सांसदहरुको तलब/सुविधा रोकेको थियो ।
फागुन ११ गते सर्वोच्च अदालबाट प्रतिनिधिसभा विघटन बदर भएपछि यसअघि रोकिएको तलब सुविधा सांसदहरुले एकमुस्ट पाउने भएका हुन् ।
फागुन महिनाको तलब पठाउँदा पुसदेखि रोकिएको सबै तलब एकमुस्ट पठाइने संसद सचिवालयले जनाएको छ । सांसदहरुको तलब मासिक ५५ हजार २३० रुपैयाँ छ ।
प्रमुख प्रतिपक्षी दलका नेता, संसदीय समितिका सभापति र सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकको को ६० हजार ९७०, राष्ट्रिय दलका प्रमुख सचेतक, सत्तापक्षको सचेतक र विपक्षी दलको सचेतकको ५७ हजार ७८० रुपैयाँ रहेको छ ।
यसका अलावा विशेष भत्ता, बैठक भत्ता, सञ्चार सुविधा, आवास सुविधा, फर्निचर खर्च, इन्धन खर्च, यातायात सुविधा, बिजुली धारा लगायतका शीर्षकमा पनि सांसदहरुले सुविधा पाउँछन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ ।
बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय मागेका थिए ।
‘नेकपाको विवाद अन्तिम टुंगो नलागेसम्म कांग्रेस कसैको पक्ष वा विपक्षमा उभिन सक्दैनौं भन्ने हाम्रो निष्कर्ष रह्यो’ बैठकपछि नेता अर्जुननरसिंह केसीले अनलाइनखबरसँग न भने ।
जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको भन्दै नेताहरुले सरकारमा जान हतार गर्न नहुने बताएका छन् । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आए मात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।
‘त्यस्तो बेला हामी आफैंले सरकारको नेतृत्व लिने, सरकारमा जाने वा बाहिरै बसेर समर्थन गर्ने विकल्पहरु हुन्छन्’ एक नेताले भनेका छन् ।
सर्लाहीमा पहिलो पटक घरजग्गा व्यवसायीको समिति गठन गरिएको छ ।
यस क्षेत्रमा घरजग्गाको कारोवार गर्ने व्यवसायीहरुको बिहिवार बिहान लालबन्दीमा सम्पन्न भेलाले १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिमा गोविन्द महत अध्यक्ष, साकार शर्मा उपाध्यक्ष, राजकुमार न्यौपाने सचिव र दीपेन्द्र अधिकारी कोषाध्यक्ष छन् ।
यस्तै, होमराज काफ्ले, चिरन्जिवी खतिवडा, हरिबहादुर बुढाथोकी, मानबहादुर स्याङतान, आनन्दबहादुर बुढाथोकी, श्यामहरि पोखरेल, कैलाश साह, कृष्ण थापा र मोहन राउतलाई समितिको सदस्यमा चयन गरिएको छ । आजको पहिलो भेलामा लालबन्दी, नवलपुर, हरिवन र ईश्वरपुरका घरजग्गा व्यवसायी सहभागी भएका थिए ।
समितिमा हालसम्म ५१ जना व्यवसायी आवद्ध भइसकेका र आगामी दिनमा जिल्लाभरीकै व्यवसायीलाई समेटेर अघि बढ्ने आफूहरुको योजना रहेको तदर्थ समितिका सचिव राजकुमार न्यौपानेले जानकारी दिए | उज्यालो अभियानबाट…
सर्लाहीको दक्षिणी क्षेत्रम पर्ने धनकौलमा आगलागी भएको छ । आगलागीबाट ११ लाख ६३ हजार ७०० रुपैंया बराबरको धनमाल जलेर नष्ट भएको छ ।
धनकौल गाउँपालिका–५ छठिघाट स्थित बिलास महतोको दुई तले घरको तल्लो तलामा रहेको खाना पकाउने ग्याँस सिलिण्डर लिक भई आगो लागि हुँदा सामानहरु जलि नष्ट भएको हो ।
आगोले घर तथा घर भित्र रहेको अनाज, लत्ताकपडा, भाँडाकुँडा लगायत सम्पूर्ण सामानहरु जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार बुधबार बिहान साँढे ८ बजे लागेको आगो पौने ११ बजे नियन्त्रणमा लिईएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका प्रहरि नायव उपरिक्षक एवं सुचना अधिकारि मदन कुवंरले जानकारि दिए ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानिय तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।