राष्ट्रीय प्रजातन्त्र पार्टी राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपाल पर्सा जिल्ला कार्य समिति गठन भएको छ । पार्टिको जिल्ला अध्यक्ष श्री अंगद ठाकुर को अध्यक्षतामा समिती गठन सम्पन्न भएको हो ।
राष्ट्रीय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ नेपालका अध्यक्ष चिराग मान सिंह कुँवरको बिशेष उपस्थितिमा राप्रपाका केंद्रीय सदस्य राम बहादुर थापा, गया हजरा, अर्जुन सिंह ठाकुरी, रीता पोखरेल र राष्ट्रीय प्रजातांत्रिक ट्रेड यूनियन महासंघ नेपालका महा सचिव कृष्ण बहादुर महतको समुपस्थितिमा जिल्ला सचिव अजय पौडेलको सहजिकरणमा पर्सा ट्रेड यूनियन गठन गरिएको हो ।
जसको अध्यक्षमा राम जनम चौधरी, उपाध्यक्ष दिल महमद देवान, सचिव प्रसान्त गैरो, कोषाध्यक्ष बलिराम साह कलवार र सदस्यहरु प्रदीप साह गोठ, जगदीस सहानी, जागेश्वर चौधरी चयन भएका छन ।
सर्लाहीको लालबन्दीमा रहेको सगरमाथा नेपालको वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रोहित प्रसाद पौडेलको अध्यक्षता तथा दनुवार जागरण केन्द्रिय समतिका पुर्व अध्यक्ष जयकरण सिंह दनुवारको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।
लालबन्दी नगरपालीकाको वडा नम्बर ७ परोपकार मार्गमा कार्यालय रहेको संस्थाले बिविध निर्णयका साथ पुनः रोहीत प्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ ।
जसमा महासचिव प्रमिला चौधरि, सचिव समिर सुवेधि, कोषाध्यक्ष ज्ञान बहादुर स्यांतान सहित सदस्यहरुमा उमा पौडेल, सन्तोष पोखरेल र क्षितिज बिश्वकर्मा चयन भएका छन ।
संस्थाले बिभिन्न सामाजिक कार्य सहित बिभिन्न किसिमका तालीमहरुको पनी आयोजना गर्ने गरेको छ ।
सर्लाहीको ईश्वरपुरमा श्रीमान श्रीमती बिचको झगडामा श्रीमान गम्भिर घाईते भएका छन ।
ईश्वरपुर नगरपालीका वडा नम्बर १५ मुिस्लमटोल बस्ने ६० बर्षिय श्रीमान जोगी साह र श्रीमती ४५ बर्षिय निमकलि देवि साह बिच अंशबन्डाको बिषयमा बिवाद भएको थियो । बिवादका बिच श्रीमतीको कुटाईबाट श्रीमानको अण्डकोष फुटेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
शनिवार दिउँसो करिव पौने ३ बजे घट्ना भएको र घाईते जोगी साहलाई उपचारका लागी जनकपुर पठाईएको छ ।
श्रीमतीलाई भने प्रहरिले नियन्त्रणमा लिएको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुंवरले जानकारि दिए ।
चन्द्रनगरका स्थानिय बालबालीकालाई निशुल्क ट्युसन पढाएर तथा कापि कलम जुटाएर चर्चामा आएका शिवनाथ राउतलाई सांसदले अपांगमैत्री स्कुटर प्रदान गरेका छन ।
सर्लाहीको चन्द्रनगर गाउँपालीका २ बस्ने शिवनाथ राउत जो शारिरिक रुपमा अशक्त छन्, उनलाई प्रदेश सांसद उपेन्द्र महतोले अपांगमैत्री स्कुटर प्रदान गरेका हुन । हिँडडुल गर्न समस्या हुने गरेका राउतलाई सांसद महतोले स्कुटर दिएपछि उनको दैनिकी सहज हुने भएको छ ।
समाजसेवी राउतको जन्मदिनमा सांसद महतोले गरेको प्रतिबद्धता अनुसार उनले स्कुटर पाएका हुन । राउतको समाज सेवा प्रतिको लगाव र लौरोको सहारामा विभिन्न ठाउँमा जादाँ आउँदा पर्ने अप्ठ्यारोलाई केहि हद सम्म कम गर्न आफुले समाजसेवी राउतलाई अपाङ्ग मैत्री स्कूटर प्रदान गरेको प्रदेश सभा सदस्य महतोले बताए ।
अंग्रेजीमा स्नातक गरेका शिवनाथ गाउँकै सरकारी स्कुलमा गणित र अंग्रेजी पढाउँछन् । उनी निजी स्रोतबाट नियुक्त प्राथमिक तहका शिक्षक हुन् । यसबाहेक अपांगता भएका, दलित तथा विपन्न बालबालिकासम्म शिक्षाको पहुँच पुर्याउन पनि राउत केहि वर्षदेखि खटिरहेका छन् ।
राउतको सामाजिक काम अरूलाई सहारा बनेको छ भने उनको शरीरलाई सहारा लठ्ठीले दिने गरेको छ । उनको दायाँ खुट्टा प्यारालाइसिस भएकाले हिँडडुल गर्न लठ्ठी चाहिन्छ नै । तर पनि उनि समजसेवामा अग्रसर रहँदै आएका छन ।
गएको माघ १ गते राउतको जन्मदिनको अवसरमा सांसद महतोले अपाङ्ग मैत्री स्कूटर दिने प्रतिबद्धता गरेका थिए ।