२०८३ जेष्ठ ९ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ९ शनिबार

रंगको छनौटले पनि थाहा हुन सक्छ तपाईँको स्वभाव, बानी व्यहोरा । ज्योतिष शास्त्रका अनुसार जस्तो हाम्रो स्वभाव छ हामीलाई त्यस्तै रंग मनपर्ने गर्छ ।

रंग र ग्रहकोबीचमा गहिरो सम्बन्ध हुने गर्छ । ग्रहको दोषबाट मुक्ति पाउनको लागि फरक–फरक रंगका वस्तुहरु लगाउनु पर्दछ । हाम्रो कुण्डलीमा जुन ग्रह अधिक हाबी भएको हुन्छ हाम्रो स्वभाव र मनपर्ने कुराहरु पनि त्यसबाट नै निर्धारण हुन्छ ।

जान्नुहोस् कुनैपनि व्यक्तिको रंगसँग सम्बन्धित व्यक्तिगत स्वभाव कस्तो हुन्छ :

जसलाई गुलाबी रंग मन पर्छ ऊ जीवनप्रति अति भावुक हुने गर्दछ । धेरै साथी हुने र साथीहरुको ख्याल राख्ने प्रकृतिका हुन्छन् । यस्ता व्यत्तिहरुले पनि साथीहरुबाट प्रसस्त माया प्राप्त गर्छन् । यस्ता व्यक्ती रोमान्टिक हुने र अरुको खराब बानीलाई बेवास्ता गर्ने, कहिलेकहीँ अति लजालु, सुन्दरताप्रति चाँडै आर्कषित हुने हुन्छन् । हिंसा मननपर्ने र शान्तिपूर्ण तरिकाले वादविवाद गर्न मनपराउँछन् ।

जसलाई हरियो रंग मन पर्छ उनीहरु डाउन टू अर्थ स्वभावको हुन्छन् । सफलताको शिखरमा पुगेपनि उनीहरु सामान्य स्वभावका हुन्छन् । यस्ता मानिसहरु अरुको दुख देख्न सक्दैनन् । उनीहरुको वरिपरी कोही दुखी व्यक्ति भएको खण्डमा दुख साटासाट गर्न मन पराउँछन् । लडाईँ झगढा मन नपराउने शान्तिप्रिय हुने गर्दछन् । जसरी हरियो रंगले आँखालाई सुखद महशुुस गराउँछ त्यसैगरी उनीहरु पनि खुशी महशुस गराउने हुन्छन् । यस्ता व्यक्तिहरुले आफ्ना प्रिय व्यक्तिहरुबीच महत्व राख्दछ ।

जसलाई निलो रंग मन पर्छ उनीहरु स्वाभिमानी, विश्वाशिलो हुन्छन् । यदि कसैले विश्वाश तोडेमा फेरी दोहो¥याएर विश्वास गर्दैनन् । विचार पु¥याएरमात्र मित्रता गाँस्दछन् । आफ्नो जिम्मेवारी आफ्नै तरिकाले पुरा गर्ने हुन्छन् ।

जसलाई कालो रंग मन पर्छ उनीहरु रुढीवादी हुन्छन् । चाँडै रिसाउने, परिवर्तन खासै मन नपराउने, अरुबाट सम्मान खोज्ने हुन्छन् । यिनीहरुलाई मानिसहरुसँग निश्चित दुरी बनाउन चाहन्छन् । कसैले आफ्नो काममा हेरफेर गरेको मन पराउँदैनन् । यिनीहरु आफ्नो शक्ति बढाउन मन पराउँछन् । अरुसँग साह्रै नजिक हुन चाहाँदैनन् ।

सेतो रंग मनपराउने मान्छेहरु दुरदर्शी, आशावादी, कुशल योजनाकार र सफल तर लजालु हुन्छन् । घर परिवार र अन्य क्षेत्रमा सन्तुलन बनाईराख्ने हुन्छन् । कहिलेकाहीँ घमण्ड पनि गर्छन । सेतो रंग शान्तिको प्रतिक भएकाले यस्ता व्यक्तिहरुले शान्ति मन पराउँछन् । नँया व्यक्तिहरु संग चाँडै घुलमिल नहुने, नयाँ ठाँउमा सहज नहुने हुन्छन् ।

रातो रंग मनपराउने व्यक्तिहरु सावधान, प्रेमलाई महत्व दिने राम्रो पे्रमी, आफ्नो काम पुरा जोशका साथ गर्ने जोशिलो र हरेक काम उत्साहका साथ गर्ने उत्साही हुन्छन् । यस्ता मान्छेहरु अरुको स्वभाव चिन्न माहिर हुन्छन् ।

बैजनी मन पराउने व्यत्तिहरु दुरदर्शी नाफा घाटाप्रति सचेत रचनात्मक, हरेक काम आफ्नो तरिकाले गर्ने, घर सजावट र ड्रेस डिजाईनमा रुची राख्ने प्रकृतिका हुन्छन् । धेरै जिम्मेवारीसँग डराउने भएकाले कहिले काहि असफल पनि हुन्छन् । अरुको नक्कल नगर्ने र आफ्नो पनि अरुले नक्कल गरेको मन नपराउने एकान्तमा काम गर्न मन पराउने हुन्छन् ।

पहेलो रंग मन पराउने व्यक्तिहरु हसिलो, सकरात्मक सोच भएको, नयाँ विचारका साथ अघि बढेर काममा सफल हुने प्रकृतिका हुन्छन् । अरुलाई सहि मार्ग दर्शन दिने, सधै खुसीहुने हुन्छन् । हरेक चुनौतीमा इमान्दारीका साथ कडा मेहनत गरेर सफलता हात पार्ने स्वभावका हुन्छन् ।

यो रंग मन पराउने व्यक्तिहरु आर्कषक व्यक्तित्वका, घमण्ड नगर्ने, सबैलाई मित्रवत व्यवहार गर्ने, सहयोगी, भावुक हुन्छन् । अरुको दुख निवारण गर्न खोज्ने, धैर्य परिश्रमी हुन्छन् । कठिन परिस्थितिको सजिलै सामना गर्ने प्रकृतिका हुन्छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश २ सहित ५ ओटा प्रदेशमा अध्यक्ष र उपाध्यक्ष मनोनयन गरको छ । प्रदेश २ को अध्यक्ष पदमा सर्लाहीका पुर्व सांसद रामचन्द्र राय चयन हुनु भएको पार्टीले जनाएको छ।

 पार्टीका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीले पार्टीको विधानअनुसार प्रदेश कार्यसमितिका अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेका हुन । उपाध्यक्षमा सिरहाका महेशलाल महासेठ चयन भएका छन् । 

त्यस्तै प्रदेश १ मा झापाका रामकुमार थापालाई अध्यक्ष र पाँचथरका सगुनसुन्दर लावतीलाई उपाध्यक्ष तोकिएको छ ।

गण्डकी प्रदेशमा हेमजंग गुरूङ (लमजुङ) अध्यक्ष र गोरखाका महेश्वर रोका उपाध्यक्ष छन् । यस्तै लुम्बिनी प्रदेशमा प्रदीपकुमार उपाध्यय (रूपन्देही) अध्यक्ष हुन् भने रूपन्देहीकै कैलाश गुरूङ उपाध्यक्ष छन् । यस्तै कालिकोटका दिपबहादुर शाही कर्णाली प्रदेशका अध्यक्ष र सुर्खेतका जनकसिंह ठकुरी उपाध्यक्ष छन् ।

राप्रपाले बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा मनोनयन गर्न बाँकी राखेको जनाएको छ ।

चन्द्रनिगाहपुरबाट अवैध चिरानी काठ सहित २ जनालाई बन कर्मचारिले नियन्त्रणमा लिएका छन । रौतहटको चन्द्रनिगाहपुरबाट बुधवार राती करिव ८ बजेको समयमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला बन कार्यालय चन्द्रनिगाहपुर रौतहटले जनाएको छ ।

चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटारबाट अबैध रुपमा लुकाइ छिपाइ सालको चिरान काठ ८८ थानसहित उनीहरु पक्राउ परेको हुन । पक्राउ पर्नेमा चन्द्रपुर—३ गैडाडारका चन्द्र बहादुर थिङ र दुध बहादुर थिङ छन ।

उनिहरुले वडा नम्बर ४ का सहदेव हुमगाइको घरमा चिरान काठ झादै गर्दा वन गस्ति टोलीको नियन्त्रणमा परेका हुन । सो सालको चिरान थान ८८ को अन्दाजी १०५ क्यु.फिट काठसहित डिभिजन बन कार्यालय रौतहटबाट खटिगएका सव बन अधिकृत अमरदेब प्रसाद यादबको कमाण्डमा गएको गस्ती टोलिले बरामद गरेको हो ।

उक्त घटनास्थलबाट पक्राउ परेका २ तस्कर आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय रौतहटमा राखिएको प्रमुख वन अधिकृत विनोद सिंहले जानकारि दिए ।

चन्द्रनगर गाउँपालिकामा कार्यालय सार्ने विषयमा स्थानियहरु बिभाजित बनेका छन ।

एकथरीले गाउँपालिका यथा स्थानमा राख्नुपर्ने भन्दै गाउँपालिकामा तालाबन्दी गरेका छन भने अर्का थरिले गाउँपालिका कार्यालय मध्य भागमा पर्ने गरि सार्नुपर्नु माग गर्दै प्रदर्शन गरेको छ । बुधवार वडा नं. १ र २ का स्थानियले गाउँपालिका सबैलाई पाएक पर्ने मध्य बिन्दुमा राख्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

गाउँपालिका अध्यक्ष महेन्द्र महतोले सबैको बिच भागमा गाउँपालिका कार्यालय नराखेको भन्दै स्थानियहरुले गाउँपालिका अध्यक्ष महतो विरुद्ध चर्को नाराबाजी गर्दै टायर बालेर समेत प्रदर्शन गरेका छन । प्रदर्शनकारीले नाराबाजी गर्दै गाउँपालिका अध्यक्ष महतोको निजि निवासमा समेत ढुङ्गामुढा गरी तोडफोड गरेका स्थानिय युवा भाग्यनारायण गुप्ताले जानकारी दिए ।

गएको २१ गते वडा नं. ७ मा रहेको गाउँपालिकाको कार्यालय वडा नं. २ मा सार्न खोजेको भन्दै वडा नं. ६ र ७ का स्थानियले गाउँपालिकामा ताला लगाएका थिए ।

प्रदर्शनकारीले गाउँपालिकाको भवन नाढि तालमै राख्नु पर्ने, नाढि तालमै गाउँपालिकाको भवन बनाई शाखाहरु टुट्टा छुट्टै राख्नुपर्ने, विकास निर्माण कार्य पारदर्शी हुनुपर्ने, सूचनाको हक सम्बन्धि प्रावधान कार्यन्वयन गर्नुपर्ने लगायतका माग गरेका छन ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।