इश्वर बिश्वकर्मा|चरिकोट
नेपाली कांग्रेस विपद व्यवस्थापन समिति दोलखाले २४ जनालाई राहत रकम उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको साउनमा निर्माण गरिएको समितिले हालसम्म गम्भिर प्रकृतिका रोग र प्राकृतिक प्रकोप पीडित गरि २४ जनालाई राहत रकम उपलब्ध गराएको हो ।
१ जना व्यक्तिलाई रोग र समस्याको प्रकृति अनुसार १० देखि १५ हजारसम्म राहत उपलब्ध गराइएको समितिका अध्यक्ष प्रभुराम श्रेष्ठले बताए । उनका अनुसार सम्बन्धित पालिकाका वडा सभापतिको सिफारिस र आवश्यक कागजातसहित समितिमा पेश गरेको खण्डमा पीडितलाई राहत रकम उपलब्ध गराउने गरिएको छ ।
सुखमा मात्रै होइन्, दुख र आपतविपदमा पनि नेपाली कांग्रेस जनताको साथमा रहेको प्रत्याभूति दिलाउन र कुनै स्वार्थ बिना राहत उपलब्ध गराउने गरिएको उनले बताए । उनले भने “यो कुनै चर्चामा आउन वा चुनावी हतियार बनाउनका लागी निर्माण गरिएको समिति होइन्, नितान्त मानविय नाताले सहयोग गर्न समिति बनाइएको हो ।
पार्टीगत नाता भन्दा समितिले मानविय नाताले आपतविपत् र दुखमा परेकालाई मलम लगाउने काम गर्ने हेतुले यो काम गरेको हौँ । गम्भिर रोग र विपद् प्रभावित नागरिकको दुखमा राहत दिने उद्धेश्यले समिति र कोष निर्माण गरिएको र शुभेच्छुक तथा नेताकार्यकर्ताले कोषमा रकम जम्मा गर्ने गरेका छन् ।
राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल सर्लाहीका कलाकार साहित्यकारसहित १७ जनालाई शनिवार बरहथवा नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले वडा नं. २, हजरियास्थित खेल मैदानमा ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ बाट चर्चित कलाकार, कवि, निर्देशक, पत्रकारलगायतलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कवि एवं गीतकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, गायक शिव परियार, हास्यकलाकार शिवशङ्कर रिजाल (जोगिन्दर), निर्देशक प्रदिप भट्टराई, गायक कमल खत्री, मोडल कविता नेपालीलगायत रहनु भएको छ । कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्लालाई नै देशव्यापी रुपमा चिनाउन सफल भएका व्यक्तिहरुलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए ।

नगरप्रमुख महतो, उपप्रमुख सीतादेवी माझीलगायतले सम्मानित हुने व्यक्तिहरुलाई कदर पत्र र दोसल्लाबाट सम्मान गरे । कार्यक्रममा उपस्थित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएर मनोरञ्जन समेत प्रदान गरेका थिए ।
ट्रक ब्यवसायी संघ सर्लाहीको छैठौँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । हरिवन नगरपालिका १० मा २०६५ सालमा स्थापना भएको संघको शनिबार छैँठौँ बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
संघ सर्लाहीका अध्यक्ष राम बहादुर दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रममा हरिवन नगरपालिकाकी उप–प्रमुख रेणुका पौडेल, हरिवन ८ का वडाध्यक्ष यज्ञ विनोद ढुंगेल, हरिवन ९ का वडा अध्यक्ष सिताराम पोख्रेल, उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष मोहन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोते लगाएत जिल्लाभरका ट्रक व्यावसायीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा असल ट्रक चालकको रुपमा चालक प्रकाश राईलाई सम्मान गरिएको थियो भने जेष्ठ नागरिक ववरजंग थापालाई समेत सम्मान गरिएको थियो ।
पत्रकार बख्तियार अलीमाथि मरणासन्न हुने गरी आक्रमण गर्ने व्यक्तिलाई कारवाहीको माग गर्दै सर्लाहीका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
घटना भएको एक साता बितिसक्दा समेत अभियुक्त पक्राउ नपरेका भन्दै जिल्लाका पत्रकारहरुले यस घटनाप्रति गम्भीरता देखाई अभियुक्तलाई तत्काल पक्राउ गर्न माग राखी सुक्रवार दिउँसो प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ र प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेपाल पत्रकार महासंघ सर्लाहीका उपाध्यक्ष एवं एभिन्यूज टेलिभिजनका प्रतिनिधि अलीमाथि गत फागुन २७ गते आफ्नै भाई ईफ्तिखार अलीले हम्मरले आक्रमण गरी गम्भीर घाईते बनाएका थिए ।
घाईते पत्रकार अलीको अहिले सुमेरु अस्पताल, काठमाण्डौंमा उपचार चलिरहेको छ । स्वास्थ्य अवस्था खराब भएपछि उनलाई बिहिवार मात्रै थप उपचारका लागि काठमाण्डौं पु¥याइएको हो । पारिवारिक विवादका कारण घटना भएपनि ज्यानै लिने हिसाबले भएको यस घटनाका दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन जिल्लाका पत्रकारहरुले माग गरेका छन् ।
सीडीओ र एसपीलाई ध्यानाकर्षण पत्र बुझाउनुअघि बसेको पत्रकारहरुको बैठकले घाईते पत्रकार अलीको उपचारका लागि व्यक्तिगत रुपमा तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको नाममा रहेको अक्षय कोषको ब्याजबाट गरि १ लाख रुपैंया सहयोग गर्ने निर्णय समेत गरेको छ ।