हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा आजबाट अक्सिजन उत्पादन सुरु गरिएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अस्पतालमा अक्सिजन प्लानट स्थापना गरिएको हो। उपमहानगरका प्रमुख हरि बहादुर महतले आज अक्सिजन उत्पादनको उद्घाटन गरेका हुन्।
कोरोना भाइरसको संक्रमण बढेसँगै आइसीयु तथा भेन्टिलेटरमा राखेर उपचाररत् बिरामीलाई अक्सिजनको समस्या भएपछि उपमहानगरपालिकाले प्लान्ट स्थापना गरेको हो।
‘संक्रमण बढेसँगै हेटौंडामा अक्सिजन आवश्यक पर्ने संक्रिमितहरु बढे। अक्सिजन अभावकै कारण बिरामीहरुले अकालमा ज्यान गुुमाउने अवस्थाको सिर्जन नहोस् भनेर अन्य विकास बजेट कटौती गरेरै तत्काल प्लान्ट स्थापना गरेका हौं’ प्रमुख महतले भने।
काठमाण्डौं लैजानका लागि रक्सोल भन्सारमा रहेको अक्सिजन प्लान्ट उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो। हेटौंडाका व्यावसायी दिपक खनालले भारतबाट ल्याएको अक्सिजन प्लान्ट काठमाण्डौं लैजाने तयारी गरेका थिए। उपमहानगरपालिकाले ३८ लाख रुपैयाँको लागतमा उक्त प्लान्ट खरिद गरि अस्पतालमा जडान गरिएको महतले बताए।
अस्पतालमा जडान गरिएको प्लान्टबाट दैनिक १५ देखि २० वटासम्म सिलिन्डरमा अक्सिजन भर्न सकिने बताइएको छ। अक्सिजनको हाहाकार भएको समयमा यस प्लान्टको प्रयोगले धेरै राहत प्रदान गर्ने उनले बताए ।
अहिले हेटौंडा अस्पतालमा ५४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइहेको मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले जानकारी दिए। उपमहानगरपालिकाको पहलमा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएपछी धेरै सहज भएको उनले बताए।
बारा /
निजगढ नगरपालिका वडा नं १० लाल मा भएको आगलागी पीडित मोती माया स्याङ्तान लाई युथ अफ निजगढ ले रु १११११/- आर्थिक सहयोग गरेको छ ।
जेठ ३ गते राति विद्युत सर्ट भई लागेको आगो ले घर सहित घरमा भएको किराना पसल समेत खरानी पारेको थियो । उक्त आगलागी बाट लगभग ८ लाख बराबरको धनमाल नष्ट भएको र २ तोला सुन पनि भित्रै परेको थियो पछि जलिसकेको ठाउँमा गलेको अवस्थामा फेला परेको स्थानिय समाजसेवी कुमार मोक्तानले बताउनु भयो।
घर जल्ने बित्तिकै रेडक्रस सोसाइटी निजगढ शाखा ले एक सेट बन्दबस्तिका सामान हस्तान्तरण गरिएको थिए।त्यसैगरी दीनानाथ शाहले चामल, नुन,तेल गरी ४०००/- बराबरको सामान हस्तान्तरण गर्नुभएको थियो।
उक्त हस्तान्तरण वडा अध्यक्ष पदम बहादुर मोक्तान को रोहबरमा युथ अफ निजगढ का अध्यक्ष इराज कोइरालाले नगद रु १११११/- हस्तान्तरण गर्नुभएको थियो ।उक्त हस्तान्तरण कार्यक्रममा युथ अफ निजगढ का संस्थापक अध्यक्ष खड्ग राज मैनाली , उपाध्यक्ष उषा थापा मगर , सल्हाकार भाइकाजी श्रेष्ठ ,सचिव प्रकाश काफ्ले , पत्रकार मनिता पाण्डे लगायत को उपस्थिति रहेको थियो।
विपद्को समयमा जहिले पनि यूथ अफ निजगढ ले सहयोग गर्दै आइरहेको छ र अन्य सामाजिक सेवामा जहिले पनि अग्र पङ्तिमा रहने कल्बका अध्यक्ष इराज कोइरालाले बताउनुभयो ।
काठमाडौँ । एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ। दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए। उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्।एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ। दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ। त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ।‘अहिले संक्रमण वाग्मती र लुम्बिनी प्रदेशमा घट्दै गएको तर प्रदेश १, २ र सुदूरपश्चिम प्रदेशमा बढ्दै गएको छ,’ मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने। गाउँमा संक्रमण बढ्दा उपचारमा प्राविधिक हिसाबले कठिनाइ हुने भएकाले क्षति बढ्न सक्ने उनको आँकलन छ।