२०८३ असार १३ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १३ शनिबार

सर्लाहीमा नेकपा एमालेको दुई समूहले बिहिवार बेग्लाबेग्लै कार्यक्रम गरेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाएका छन् ।

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले लालबन्दी नगरपालिका–१५, परवानिपुर बोहोरे डाँडामा निर्मित पुष्पलालको स्मृति पार्क परिसरमा सरसफाई एवं वृक्षारोपण कार्यक्रम गरेको छ भने अध्यक्ष केपी शर्मा ओली समूहले लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित जनज्योति सामुदायिक वन परिसरमा वृक्षारोपण गरेको छ ।

परवानिपुरको कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठकको अध्यक्षता तथा नेपाल–खनाल समूह निकट जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेताहरु केशव ढुङ्गाना, सुरेन्द्र लामा, प्रदेश सभा सदस्य द्वोय बेची लुङ्गेली र डिल्ली प्रसाद उप्रेती, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल–खनाल समूहले पुष्पलालको स्मृति दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सप्ताहव्यापी कार्यक्रमकै अवसरमा वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बोहोरे डाँडामा निर्मित पुष्पलालको शालिक अनावरण गराइने प्रदेश सभा सदस्य एवं पार्टीकी जिल्ला कमिटी सचिव बेची लुङ्गेलीले जानकारी दिईन् ।

कार्यक्रमकै बिच पुष्पलाल स्मृति प्रतिष्ठानका जिल्ला अध्यक्ष पाठकलाई बिहिवार जन्मदिन परेको भन्दै खनाल नेपाल समुहका जिल्ला अध्यक्ष पन्त लगाएतले शुभकामना ब्यक्त गरेका थिए ।

यस्तै, ओली समूहले जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम गरेको छ । सो समूहका जिल्ला कमिटी अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला कमिटीका सचिव केदार खत्री, नेताहरु विदुर प्याकुरेल, राजकुमार उप्रेती, हरिवन नगरपालिकाका उपमेयर रेणुका पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

ओली समूहले पुष्पलालको स्मृति दिवसकै अवसरमा ५ जना वृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । सर्लाहीमा एमालेका दुवै समूहले आफ्नो कमिटी नै आधिकारिक रहेको दावी गर्दै आइरहेका छन् । (उज्यालो अभियानसँगको सहकार्यमा)

सर्लाहीको मोहनपुरमा ३ बर्षकी बालीकाको पोखरिमा डुबेर मृत्यु भएको छ ।

भारतको सितामाढि पर्सा टोल घर भई हाल सर्लाहीको चन्द्रनगर गाउँपालीका ५ मोहनपुरमा बस्दै आएकी सकिला खातुनको छोरि अन्दाजी ३ बर्षकी मेहनाज खातुनको पोखरिमा डुबेर मृत्यु भएको हो ।

स्थानिय सोगारथ रायको पोखरिमा नुहाउन र कपडा धुन गएकी खातुनकी छोरिको सोहि क्रममा पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

क्षितिज बिश्वकर्मा, लालबन्दी – कृषक आर्थिक रुपले सबल र समृद्ध नभई प्रदेश समृद्ध नबन्ने भएकोले प्रदेश २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउने गरी प्रदेश सरकार अघि बढेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री सैलेन्द्र प्रसाद साहले बताएका छन ।

विहीबार सर्लाहीको लालबन्दी नगरपालिका स्थित डुमडुमे महादेव मन्दिर अगाडी रहेको कृषि थोक बजार व्यवस्थापन समितिको प्रवेशद्वारको उद्घाटन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् । प्रदेश नम्बर २ लाई समृद्ध कृषि प्रधान प्रदेश बनाउन प्रदेश २ सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेर निति, कार्यक्रम तथा बजेट विनियोजन गरेको उनको भनाई छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले यहाँका किसानलाई जिल्ला बाहिरबाट बीउ ल्याएर खेती गर्नुपर्ने बाध्यता रहँदै आएको प्रदेश सरकारले महसुस गरेको र त्यस्तो अवस्थाबाट किसानहरुलाई छुटकारा दिलाउन अब चाँडै सर्लाही जिल्लामै बीउ उत्पादन तथा भण्डारण गर्ने व्यवस्था मिलाउने तयारी प्रदेश सरकारले गरिरहेको समेत उनले बताए ।

प्रदेश सरकारको २५ लाख रुपैयाँ र बजार व्यवस्थापन समितिको १५ प्रतिशतको लगानीमा प्रवेशद्वार निर्माण गरिएको हो ।

कृषि ज्ञान केन्द्र सर्लाही मलंगवाले आयोजना गरेको कार्यक्रममा प्रदेश नम्बर २ का सांसद सञ्चमाया मोक्तान, बेची लुङ्गेली, लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खडका, कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेव कुशवाहा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।