२०८३ जेष्ठ ५ मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ५ मंगलवार

नवलपुरमा आज बिहिवारबाट श्रीमद् देवि भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

लालबन्दी नगरपालीका १ नवलपुरस्थित देवीथान करमडाँडामा एक कार्यक्रमका बिच प्रदेश सांसद बेचि लुंगेलीले महायज्ञको उद्घाटन गर्नुभयो । देविथान मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष सञ्जिव श्रीवास्तबको अध्यक्षतामा भएको महायज्ञ सुभारम्भ कार्यक्रममा वडाध्यक्ष पञ्चलाल स्यांबो सहित स्थानिय समाजसेवि, राजनितिज्ञ, जनप्रतिनिधिहरु सहित भक्तजनको उपस्थिती रहेको थियो ।

देविथान मन्दिरको धर्मशाला निर्माणका निम्ति महायज्ञ सुरु गरिएको देविथान मन्दिर ब्यवस्थापन समितीले जनाएको छ । श्री देवीथान प्राथमिक बिद्यालयको प्रांगणमा सुरु भएको महायज्ञमा पण्डित वालकृष्ण अर्यालले कथा वाचन गर्नेछन् । महायज्ञ २९ गत्तेसम्म चल्ने मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष श्रीवास्तवले जानकारि दिनुभयो ।

यसैबिच आज नै नवलपुरमा दुर्गा पुजा कार्यक्रम पनी सुरु भएको छ । नवदुर्गा भवानीको पुजाको कलशयात्रा आज बिहानै निकालीएको दुर्गा पुजा समितीले जनाएको छ ।

आज बिहान ६ बजे ५ हजार ५१ जना कन्याबाट कलशयात्रा निकालीएको वडाध्यक्ष पञ्चलाल स्यांबोले जानकारि दिनुभयो । स्थानिय प्रशासन, जनप्रतिनिधि र स्थानियवासि भक्तजनको सहभागीतामा कलशयात्र गरिएको हो ।

कलशयात्रा लखन्देहि खोलाको जल लिएर पुन नवलपुरको रामजानकी मन्दिर सँगैको दुर्गा मन्दिरमा आएर पुजामा परिणत भएको थियो ।

हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ आज बिहिवारबाट सुरु भएको छ ।

दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिँदै छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ ।

विजयादशमीको दिन दुर्गालाई चढाएर टीका प्रसाद साथै समृद्धिको प्रतिक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष डा रामचन्द्र गौतम बताउनुहुन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।

आजबाट सुरु भएको बडादशैँको उपलक्ष्यमा लिड मिडिया नेटवर्क प्रा.लि.ले पनी सम्पुर्ण पाठकवर्गहरुलाई शुभकामना अर्पण गरेको छ ।

निजगढ/ बारा

राष्ट्रिय प्रजातन्त्र पार्टी बारा क्षेत्र नं १ क को अधिवेशन सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा नं ९ को गौरीशंकर क्याम्पसमा असोज २० गते भएको अधिवेशनमा भक्त दर्लामी सहित २१ सदस्य सर्वसम्मत चयन भएको हो ।
कार्यक्रम राप्रपा निजगढ नगर कार्य समिति को आयोजनामा भएको कार्यक्रममा निजगढ नगर कार्य समितिका अध्यक्ष खड्ग प्रदाद उप्रेती को सभाध्यक्षमा भएको थियो तथा कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय निर्देशन समिति का सदस्य मोहन यादव थिए भने विशिष्ठ अथिति केन्द्रिय कार्य सम्पादन समितिका सदस्य तथा युवक संगठनका केन्द्रीय अध्यक्ष प्रकाश रिमाल रहेका थिए । अतिथि केन्द्रिय कार्य सम्पादन समितिका सदस्य द्वय गिरिधारी चौधरी र विनोद कुमार भारती तथा अथिति जिल्ला कार्य समितिका कार्यकारी अध्यक्ष राज नारायण शाह ,जिल्ला अध्यक्ष भरत मल्ल ,जिल्ला उपाध्यक्ष शिव प्रसाद तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम मा स्वागत मन्तव्य जिल्ला सहसचिव वाशु देव तिमल्सिना ले गरेका थिए भने कार्यक्रम सञ्चालन निजगढ नगर कार्य समितिका सचिव राजेन्द्र सापकोटाले गरेका थिए । प्रदेश अधिवेशन बारा जिल्ला निर्वाचन समितिका संयोजक सचिता नन्द तिवारी को रोहबरमा भएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।