राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा काठमाडौंमा हुनेछ ।
महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेला भएको थियो ।
विशेषगरी सो भेलाले अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीलाई अभिभावकको रूपमा रहेर नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको छ ।
सो भेलालाई सम्बोधन गर्ने क्रममा राजेन्द्र लिङ्देन र डा. धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नयाँ नेतृत्वको आवश्यक रहेको बताए । राप्रपाको आगामी नेतृत्व लिन आफू तयार रहेको लिङ्देनको उद्घोष छ ।
राप्रपा र देशको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशन मै नेतृत्व परिवर्तन अपरिहार्य रहेको लिङ्देनको भनाइ छ ।
एकतापछि पार्टीले गति लिने अपेक्षामाथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको भन्दै लिङ्देनले पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गरेर नेतृत्व चयन गर्नुपर्ने बताए ।
डा. धवलशमशेर राणाले जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्न यथास्थितिको निरन्तरताभन्दा नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।
सर्लाहीको लालबन्दी बजारस्थित कृषि थोक बजार व्यवस्थापन समितिको अध्यक्षमा तोरन बहादुर मगर चयन भएका छन ।
आइतवारदेखि विभिन्न चरणमा भेला तथा छलफल गरि मंगलवार मगरलाई अध्यक्षमा चयन गरिएको हो ।
कृषि विभागबाट आएका प्रतिनिधिहरुको रोहबरमा स्थानिय व्यापारी मगरको अध्यक्षतामा नयाँ समिति बनाइएको तरकारि बजारबाट हरि धमलाले जानकारि दिनुभएको छ ।
सर्लाही जिल्लाकै ठुलो बजारको कृषि थोक बजार व्यवस्थापन समितिमा व्यापारीहरुबाट बाबुलाल योन्जन, जगिरा मियाँ, किसानहरुबाट पशुपती शर्मा, योगेन्द्र महतो, वसन्ती पौडेल सदस्य रहेका छन् ।
समितिमा लालबन्दी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपानेसहित कृषि ज्ञान केन्द्र र जिल्ला समन्वय समितिबाट तोकिएका व्यक्ति समेत सदस्य रहने छन् ।
समितिमा कार्यालयका प्रमुख शम्भुप्रसाद घिमिरे सदस्य सचिव हुने ब्यवस्था रहेको छ ।
सर्लाही : आमुल परिवर्तन मशिह पार्टी नेपालको जिल्ला कमिटि गठन गरिएको छ । बुधवार लालबन्दी नगरपालीकाको वडा नम्बर ८ मा एक कार्यक्रम गरि पार्टीको जिल्ला कमिटि बिस्तार गरिएको हो ।
सुरेन्द्र राउतको अध्यक्षतामा १३ सदस्यिय जिल्ला कमिटि चयन गरिएको पार्टीले जानकारि दिएको छ ।

नवगठिन कमिटिको उपाध्यक्षमा बिना मगर, कोषाध्यक्षमा लिला मगर, सचिवमा डोर बहादुर बुडाथोकी, सह–सचिवमा मान बहादुर बलम्पाकी लगाएत चयन भएका छन ।
पार्टीको केन्द्रिय अध्यक्ष भरत गीरिको प्रमुख आतिथ्यतामा भएको भेलाले जिल्लामा जिल्ला कमिटी बिस्तार गरेको हो ।
सर्लाहीको लालबन्दीमा नेकपा एमालेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
लालबन्दीको वडा नम्बर ७ ले बुधवार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको हो ।
नेकपा एमाले वडा ७ नम्बर वडा कमिटिका अध्यक्ष राम दरेश चौधरिको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेतृ एवं लालबन्दी नगरपालीकाकी उप–प्रमुख शान्ति लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा एमाले नेताहरु आभुषण चौलागाईं, प्रभु नारायण सिवाकोटी, कमल पौडेल, उत्कला ढुंगेल सहित पार्टीको वडा कमिटिका पदाधिकारिसहित एमालेका सयौँ स्थानिय नेता कार्यकर्ताहरु सहभागी भएका ७ नम्बर वडा कमिटिले जानकारि दिएको छ ।
सर्लाही : परवानीपुरमा रहेको श्री डिम जनता माध्यमिक बिद्यालयलमा नयाँ बिद्यालय ब्यवस्थापन समितीले निवर्तमान समितीलाई बिदाई गरेको छ ।
लालबन्दी नगरपालीका वडा नम्बर १६ मा रहेको बिद्यालयमा बुधवार एक कार्यक्रमका बिच तिहार र छठको शुभकामना सहित पुरानो समितीलाई बिदाई गरिएको हो ।
राजु बुडाथोकीको नेतृत्वको बर्तमान बिद्यालय ब्यवस्थापन समितीले कृष्ण गौतमको अध्यक्षतामा रहेको ५ सदस्यिय निवर्तमान समितीलाई बिदा गरेको बिद्यालयको निवर्तमान ब्यवस्थापन समितीका अध्यक्ष कृष्ण गौतमले जानकारि दिनुभयो ।
कार्यक्रममा वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापा, १५ का वडाध्यक्ष गोरख बल, नेपाली कांग्रेसका गणेश कार्कि, वडा सदस्य हेम कार्कि लगाएतको उपस्थिती रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) प्रदेश नं. २ को प्रथम पूर्ण बैठक महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ ।
प्रदेश नं. २ का इन्चार्ज प्रभात भटराईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा महोत्तरी, धनुषा इन्चार्ज देव नारायण साहको प्रमुख आतिथ्यता रहेको थियो ।
संगठनका केन्द्रिय महासचिव मिलन राइ लगाएत अन्य अतिथी रहेका जनपत्रकार संगठनका सर्लाही संयोजक लालबहादुर पाठक (राजेश)ले जानकारि दिए ।
कार्यक्रममा प्रदेशभरका जिल्ला इन्चार्ज तथा अध्यक्ष, संयोजकहरुको उपस्थितीमा दुरगामी निर्णयहरु गरिएको संयोजक पाठकको भनाई छ ।
नेकपा माओवादी केन्द्र लालबन्दीको वडा भेला मंगलवार सम्पन्न भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १० को वडा भेला पुर्व वडा पार्टीअध्यक्ष भोला आले मगरको अध्यक्षतामा सम्पन्न भएको हो ।
भेलामा नेकपा माओवादी केन्द्र प्रदेश २ का अध्यक्ष प्रह्लाद बुडाथोकीको प्रमुख आतिथ्यता रहेका थिए भने लुमणि धिताल (लोचन), मनिष माझि, शन्देस श्रेष्ठ, ज्ञान बहादुर थापा, लेखराम जर्गा मगर, राज श्रेष्ठ, दिपक लामा, श्याम श्रेष्ठ, केदार काफ्ले, शुक्र लामा, राम पुकार महतो, अच्युतम प्रसाद खतिवडा लगाएतका माओवादीका स्थानिय नेताहरुको सहभागीता रहेको थियो ।
भेलाले भोला आले मगरको अध्यक्षतामा २९ सदस्यिय वडा कमिटि गठन गरेको छ ।
कमिटिका अन्य पदाधिकारिहरुमा गीता माझि सचिव र अन्य २७ जना सदस्य रहेका छन ।
सर्लाही प्रहरिले १ लाख ११ हजार बराबरको बिभिन्न नामको पटाका बरामद गरि मंगलवार नष्ट गरेको छ ।
जिल्ला प्रहरि कार्यालय अन्तर्गतका बिभिन्न युनिटबाट खटिएको प्रहरिको टोलीले नागेनी, रकेट, चक्कर, छुरछुरि, फुलझरि लगाएतका पटाका बरामद गरि जिल्ला प्रहरि कार्यालयमा बुझाएकोमा कार्यालयले नष्ट गरेको हो ।
जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीका सुचना अधिकृत एवं प्रहरि नायव उपरिक्षक माधव बुडाथोकीका अनुसार करिव १ लाख ११ हजार बराबरको बिभिन्न नामका पटाका कार्यालय प्रांगणमा स्थानिय जनप्रतिनिधि एवं सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको हो ।
तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ ।
आज बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यसो गर्दा यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरुले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।
कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ । काग र कुकुरलाई यमदूतका रूपमा मानिन्छ ।
कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले जानकारी दिए । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ ।
बुधबार बिहान अरुणोदयकालभन्दा अघि चतुर्दशी तिथि नपरेकाले बिहीबार मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
यो वर्ष त्रयोदशी र चतुर्दशी एकै दिन आज परेको छ । त्रयोदशी भएकोले बिहान काग तिहार मनाएर सवा ७ बजेपछि कुकुर पूजा गरिँदैछ ।