पछिल्लो २४ घण्टामा १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।
सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५५७ पुगेको छ भने ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८२४ जना रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३६ जना कोरोना संक्रमित थपिएका छन् ।
सर्लाही | मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकार सङ्घीयताको पहरेदार बनिरहेको बताउनुभएको छ । सोमबार सर्लाहीको बरहथवा नगरपालिका– १७, श्रीपुरमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभयो । मुख्यमन्त्री राउतले सङ्घीयता समाप्त पार्ने मनसाय बोकेकाहरुले सङ्घीयताको पहरेदार बनिरहेको प्रदेश सरकारविरुद्ध अनेक षड्यन्त्र भइरहेको आरोप समेत लगाउनुभयो ।
प्रदेश सरकारको अधिकार कुण्ठित हुन नदिन सङ्घीय सरकारसँग निरन्तर सङ्घर्ष गरिरहेको मुख्यमन्त्री राउतले चर्चा गर्नुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो पार्टी जसपा र प्रदेश २ सरकार सदैव तत्पर रहेको उहाँको भनाई छ ।

मुख्यमन्त्री राउतले उत्पीडित वर्गको उत्थानका लागि प्रदेश सरकारले प्रदेशमा बसोवास गर्ने महिला, दलित, मुुस्लिम, मधेसी, आदिवासी जनजातिलगायत समुदायको जनसङ्ख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो । कोरोनाका कारण अवरुद्ध भएको छोरी शिक्षा बीमा कार्यक्रम पुनः सूचारु हुने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बरहथवा नगरपालिका १७ का वडाध्यक्ष रामविश्वास रायको अध्यक्षतामा आयोजित वडा कार्यालय भवन उद्घाटन कार्यक्रममा प्रदेश सभा सभा सदस्यद्वय अशोक यादव र सञ्जयकुमार यादव, बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो लगायतको आतिथ्यता रहेको थियो ।
बरहथवा नगरपालिकाको ४० लाख र वडाको ६ लाख बजेट गरी ४६ लाख रुपियाँ लागतमा बरहथवा नगरपालिका–१७, श्रीपुर नयाँटोल कटानी बजारमा एक तले वडा कार्यालय भवन निर्माण गरिएको हो । यसअघि वडा कार्यालयको बेग्लै भवन नहुँदा स्वास्थ्य चौकीको पुरानो भवनबाट कार्यालय सञ्चालन हुँदैआएको थियो । गोरखापत्र
राजेश पाठक, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी माओवादीको नेतृत्वमा आठ दलिय मोर्चाले एमसीएको कार्यालय घेराउ गरेको छ । संयुक्त राजनीतिक पार्टीको पूर्वघोषित सङ्घर्षको कार्यक्रमअनुसार दरबारमार्गस्थित एमसीएको कार्यालय घेराउ गरिरहेका हो ।
घेराउ कार्यक्रमको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले गरेका थिए ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल लगायत संयुक्त मोर्चामा आबद्ध विभिन्न राजनीतिक पार्टीका नेताकार्यकर्ताहरु घेराउ कार्यक्रममा सहभागी भएका थिए । सहभागीहरु ‘एमसीसी सम्झौता खारेज गर, गो ब्याक एमसीसी, देशभक्त शक्तिहरु एक हौँ, अमेरिकी साम्राज्यवाद मुर्दावाद लगायतका नाराहरु लगाउदै प्रदर्शनसहित एमसीए कार्यालयमा पुगेका थिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), सीपी मैनालीको नेकपा माले, ऋषि कट्टेलको नेकपा, आहुतीको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा नेपालले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन् ।
तीन तिरबाट आएको ¥यालीलाई सम्बोधन गर्दै नेकपा सचिवलय सदस्य कन्चनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जसरी पनि खारेज हुनुपर्ने बताए ।
एमसीएको कार्यालय पाँच तारे होटल याक एण्ड यतिमा छ । उसले महिनाको ४ लाख भाडा मात्रै तिर्दै आएको छ । संयुक्त मोर्चाले मंगलबार बानेश्वरस्थित संसद भवन घेराउ गर्ने जनाएको छ ।