२०८३ असार २० शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २० शनिबार

बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले आफू सानो चित्त र फिस्टे छाती लिएर राजनीतिमा आएको मान्छे नभएको बताएका छन् ।आज बिर्तामोडमा राप्रपा जिल्ला कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना एवम् बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष लिङदेनले सो कुरा बताएका हुन् ।राप्रपाको केन्द्रीय अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका लिङदेनले बृहत कार्यकर्ताका सामु जोड दिँदै भने आफू कांग्रेस कम्युनिष्टलाई पनि मिलाएर हिड्ने मान्छे हिजो आफूलाई भोट नदिने हजारौंलाई राप्रपामा प्रवेश गराएर आफ्नो बनाएर हिड्न सक्ने मान्छे राप्रपाको आन्तरिक चुनावमा कस्ले मलाई भोट दियो दिएन भनेर आफू हेरेर नबस्ने बताए ।उनले भने ‘त्यो सकियो त्यसैदिन सकियो त्यसलाई बोकेर त्यसलाई केलाएर हिड्ने छुट मलाई छँदै छैन ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा आफूले आमूल परिवर्तन गर्ने भन्दै लिङदेनले काम नगरिकन कोही नेता हुन नपाउने व्यवस्था आफूले गर्ने उद्घोष गरे । म पनि काम गर्छु र अरुले पनि उपरखुट्टी लगाएर बस्न नपाउने अध्यक्ष लिङदेनको भनाई थियो ।उनले भने अब सबको फाएल खडा हुन्छ सबले के काम गर्ने भन्ने जिम्मेवारी छुट्याइन्छ त्यस अनुसार काम गर्ने नेता कोहि पछाडी पर्दै पर्दैन ।अझै पनि पार्टी फ्ट्ला कि भन्ने चिन्ता गर्नेहरु तर्फ संकेत गर्दे अध्यक्ष लिङदेनले भने अब यसलाई फुटाउने ठाउँ पनि छैन र फुटाउने ताकत पनि कसैसँग छैन ।पहिरो जाने ठाउँमा पनि बग्दा बग्दा बग्ने चिजै सकिएपछि अब के बग्छ भन्दै लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीमा पनि फुट्दा फुट्दा फुट्ने ठाउँ नै सकिएको उनले दाबी गरे ।सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका थिए । नव प्रवेशी सबैलाई अध्यक्ष लिङदेनले खदा र अविर लगाउँदै सदस्यता दिलाएका थिए ।कार्यक्रममा पार्टीका प्रदेश नं १ अध्यक्ष राम थापा, नवर्विाचित केन्द्रिय सदस्य सगुन लावती, डा. राजेश गिरी निवर्तमान झापा जिल्ला अध्यक्ष कमर बिष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष राजकुमार राई लगायतले सम्बोधन गरेका थिए ।

सर्लाही | प्रहरिले शुक्रवारराती लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गम्हरिया बस्ने २४ बर्षका अनिल महतो छन ।

उनले ज८प ६७७३ नम्बरको मोटरसाईकलमा नवलपुर मलंगवा सडकखण्डमा मोटरसाईकलको ट्यांकी भित्रको दुबैतिरको खालीभागमा लागुऔषध लुकाएर मलंगवातर्फबाट वडा नम्बर १२ स्थित गम्हरियातर्फ लैजाँदै गर्दा पक्राउ परेका थिए ।

प्रहरिको गस्ति टोलीले गएराती करिव साँडे १२ बजेतिर मलंगवा ११ मा रहेको पेट्रोलपम्प आसमासमा शंका लागी चेकजाँच गर्दा महतोले लुकाई ल्याएको CodiWell लेखिएको १०० ML को २९ पिस सिसि लागूऔषध बरामद गरेको र मोटरसाईकल सहित महतोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको मलंगवास्थित जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

यसैबिच जिल्लाको दक्षिणी क्षेत्रमा जाडो मौसम सुरु भए यता आगलागीका घटना भईरहेका छन । शुक्रवार मात्रैपनी पर्सा गाउँपालीका १ सितलपुर बस्ने नवल किशोर रायको कच्चि घरमा आगलागी हुँदा करिव ५० हजार बराबरको क्षति भएको छ ।

दिउँसो ३ बजको समयमा खाना पकाउने चुल्होबाट आगो सल्किएर खर र बाँसबाट बनेको कच्चि घर जलेको हो । आगलागीबाट मानबिय र चौपाया क्षति भने नभएको प्रहरिले जनाएको छ ।

त्यस्तै शुक्रवार दिउँसो करिव साँडे ४ बजेको समयमा कबिलासि २ पिपरियाका बुलयसको खेतमा थ्रेसरबाट धान झार्ने क्रममा अचानक आगलागी भएको छ ।

आगलागीबाट २ ओटा त्रीपाल, १ बिघा खेतको पराल, ४ बोरा धान गरि अन्दाजी ४० हजार बराबरको क्षति भएको जिल्ला प्रहरि कार्यालय मलंगवाका सुचना अधिकृत एवं प्रहरि नायव उपरिक्षक माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

आगलागीबाट मानबिय क्षति नभएको उहाँको भनाई छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।