२०८३ जेष्ठ ११ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ११ सोमबार

जिल्लामा केही दिनदेखि अत्यधिक चिसो बढेसँगै जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

जिल्लामा आइतबारदेखि घाम लागेको छैन । जिल्लावासिले सोमवार बर्षकै चिसो महसुस गरेका छन । कठ्यांग्रिदो चिसोले बालबालिका, वृद्धवृद्धा तथा शारीरिक रूपमा कमजोर व्यक्ति र न्यानो कपडा नभएका अतिविपन्न परिवारलाई समस्या परेको छ ।

चिसोबाट बच्न धेरैले घर तथा चोक, बजारमा आगो बालेर तापिरहेका छन । चिसो स्याँठले गर्दा अत्यावश्यक काम परेर बाहिर निस्कनुपर्नेलाई समेत समस्या भएको छ ।

चिसोका कारण रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता समस्याका विरामी बढेका छन् । चिकित्सकहरूले चिसोबाट जोगिन शरीर न्यानो हुने गरी तातो कपडा लगाउन, अत्यावश्यक काम पर्दा बाहेक घर बाहिर ननिस्कन, निस्कनै परे फुल बाहुले कपडा लगाउन, झोलिलो र तातो खानेकुरा प्रशस्त खान सुझाव दिएका छन् ।

त्यस्तै अत्यधिक रूपमा बढेको चिसोबाट पशुपालक किसानलाई वस्तुभाउ जोगाउन पनि मुस्किल परेको छ । चिसोका कारण जिल्लाका मुख्य बजारहरुमा मानिसको चहलपहल समेत घटेको छ ।

यस अघि जाडो मौसममा जिल्लाका स्थानिय तहले आगो ताप्न दाउराको ब्यवस्था गरिदिएका भएपनि यसबर्ष केहि बाहेकका पालीकाहरु मौन बसेका छन । अत्यधिक चिसो बढ्दा पनि स्थानिय तहले दाउराको ब्यवस्था नगरेको प्रति जिल्लावासिले गुनासो गरेका छन ।

यसैबिच केही दिन यता बढेको चिसो र शितलहरका कारण जनजीवन प्रभावित भएपछि हरिवन नगरपालिकाले नगरका विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ । नगर विपद व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद मैनालीको अध्यक्षता तथा नगरप्रमुख मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख अतिथ्यतामा बसेको नगर विपद व्यवस्थापन समितिको बैठकले नगरभित्रको पुरानो बजार चोक, महादेव जनता मावि चोक, सगुन सहकारी अगाडि, पूर्व वसपार्कको प्रहरी बिट नजिक, स्वाभिमान अस्पताल अगाडि, मेघा बैंक अगाडि, कार्की पुस्तक पसल अगाडि आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको हो ।

समितिको वैठकले नगरका अन्य स्थानमा पनि आवश्यकता अनुसार थप आगो ताप्ने व्यवस्था मिलाउँदै लगिने निर्णय गरेको हरिवन नगरपालिकाले जनाएको छ ।

सर्लाही | विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन्।

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो। गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको हो।

विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो। त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो। गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ। पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राख्ने गरिएको छ ।

एजेन्सी | आइतबारदेखि बेपत्ता बंगलादेशी अभिनेत्री राइमा इस्लाम शिमुको शव एउटा बोरामा बाँधिएको अवस्थामा फेला परेको छ । शिमुलाई दुई टुक्रा बनाएपछि उनको शव बोरामा बन्द गरेर फ्याँकिएको थियो । प्रहरीका अनुसार शव ढाकाको केरानीगंजको आलियापुरको क्षेत्रमा हजरतपुर ब्रिजसँगै सडक किनारामा सोमबार बिहान फेला परेको थियो ।

३५ वर्षीया अभिनेत्रीको गर्धनमा निशाना पाइएको छ । यो घटनालाई लिएर प्रहरीले उनका पतिसमेत ६ जनालाई हिरासतमा लिएको छ ।

मंगलबार दिउसो ढाका प्रहरीले एक पत्रकार सम्मेलनमा पति सखावत, उसका साथी र ड्राइभरलाई तीन दिनको हिरासतमा लिइएको बताएका छन् । हिरासतका क्रममा उनका श्रीमानले घरेलू विवादका कारण पत्नी रायमाको हत्या गरेको स्वीकार गरेका छन् ।

सुटिङका लागि निस्किएकी थिइन् फर्केर आइनन्ः

रायमा बंगलादेशको राजधानी ढाकाको ग्रीन रोड क्षेत्रमा आफ्नो पति र दुई सन्तानसहित बस्दै आएकी थिइन् । शिमु आइतबार बिहान सुटिङका लागि घरबाट निस्किएकी थिइन् । यसपछि उनीसँग जतिपटक सम्पर्क गर्न खोज्दा पनि फोन सम्पर्क हुन सकेको थिएन । उनका सन्तानले भने आमा सुटिङमा व्यस्त भएको सोचे ।
पछि रायमाको शरीर दुई टुक्रामा हजरतपुर पुलसँग सडक किनारामा बरामद भयो । प्रहरीले शवको पोष्टमार्टमका लागि मिडफोर्ड अस्पताल पठाएको छ ।

मृत शरीर फेला परेपछि शिमुका भाइ शाहिदुल इश्लाम खोकानले उनको पतीविरुद्ध मुद्दा दर्ता गराएका थिए ।

ढाका जिल्ला प्रहरी अधिकृत मारुफ हुसेन सरदारले भनेका छन्, ‘पती र उनका साथी फरहादसहित ६ जनालाई शिमुको हत्या गरेको आरोपमा हिरासतमा लिइएको छ । पछाडिको सीटमा रगत लतपतिएको एउटा कार पनि जफत गरिएको छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।