सर्लाही | हरिवनबाट लागुऔषध गाँजा सहित एक दम्पती पक्राउ परेका छन ।
शनिवार राती १० बजेको समयमा हरिवन नगरपालीका ८ पुरानो बजारस्थित भित्री सडक खण्डमा ईलाका प्रहरि कार्यालय हरिवनबाट खटिएको गस्ति टोलीले बागमतीका ३८ बर्षिय रुद्र बहादुर अधिकारि र उनकी पत्नि ३० बर्षिय रिचा अधिकारिलाई पक्राउ गरेको हो ।
उनिहरुले बा६८प ४९७२ नम्बरको मोटरसाईकलमा लुकाएर पुर्वबाट पश्चिमतर्फ लैजाँदै गरेको करिव ५ किलो गाँजा सहित अधिकारि दम्पतीलाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।
यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि लागू हुँदैछ ।
मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले सबैलाई आग्रह गरेको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ । एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ । साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् । प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिममा तीन पदका लागि निर्वाचन हुने छ ।
सातै प्रदेशमा कूल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।
स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ ।
सर्लाही | लालबन्दीमा समाजसेवी ध्रुव रिजालले लालबन्दीका १०० भन्दा बढी विपन्न परिवारलाई कम्बल प्रदान गरेका छन् । रिजालले आईतवार (आज) लालबन्दी –५ रन्जितपुर र मेजरगञ्जका विपन्न परिवारलाई कम्बल प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस लालबन्दी–५ का क्षेत्रीय प्रतिनिधिसमेत रहेका युवा नेता रिजालले आफ्नो कुनै राजनीतिक उद्देश्य नभएपनि शितलहरबाट प्रताडित नागरिकलाई थोरै भएपनि राहत मिलोस भन्ने उद्देश्यले कम्बल वितरण गरेको बताए ।
त्यस्तै उनले अब चाँडैं नै एक गैरसरकारी संस्था मार्फत सामाजिक गतिविधिमा सक्रियता जनाउने समेत बताएका छन । समाजसेवाको यो अभियान गृह गाउँबाट सुरु गरेको भएपनि आउँदा दिनमा नगरका सम्पूर्ण वडा हुँदै अघि बढ्ने आफ्नो लक्ष रहेको उनको भनाइ छ ।
समाजसेवी नेता रिजालबाट प्राप्त कम्बल नेपाली कांग्रेस लालबन्दी ५ का सभापति मिनप्रसाद ढुंगेल, उपसभापति ज्ञानबहादुर कटुवाल र खिलनाथ भण्डारी, युवा नेता नारायण गुर्मछान लगायतका नेता कार्यकर्ताको उपस्थितिमा वितरण गरिएको थियोे । कार्यक्रमको सहजिकरण शिक्षक नवराज सुवेदीले गरेका थिए ।
जाडोमा आफुहरूले न्यानो कम्बल प्राप्त गरेको भन्दै स्थानीय हर्षित भएका छन् ।
आज देशभरका अदालत बन्द हुने भएका छन् ।
पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा आज देशभरका अदालत बन्द गरिन लागिएको हो ।
पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आज देशभरका अदालतमा बिदा गर्ने निर्णय गरेको हो ।
उहाँले २०५४ साल चैतदेखि २०५६ साल मङ्सिर ३० गतेसम्म प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो ।सरकारी सेवामा २०१५ सालमा प्रवेश गरेका शर्मा २०१७ सालमा कानुन मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्नु भएको थियो ।