२०८३ असार ३२ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ३२ बिहीबार

सर्लाही | नेकपा एमाले निकट बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियुको पहिलो पुर्ण बैठक सर्लाहीको हरिवनमा बसेको छ ।

हालै सम्पन्न अधिवेशनबाट अध्यक्षमा चयन भएका प्रज्वल ढुंगानाको अध्यक्षता तथा अनेरास्ववियु केन्द्रिय स्थायी कमिटि सदस्य तथा मधेस प्रदेश सह–ईन्चार्ज उज्वल कुमार कार्कीको प्रमुख आतिथ्यतामा बैठक बसेको अनेरास्ववियुका नवनिर्वाचित सचिव आशिसवावु दाहालले जानकारी दिनुभयो ।

बैठकमा अनेरास्ववियु स्थायी कमिटि सदस्य एवं मधेश प्रदेश कमिटि अध्यक्ष अञ्जना सिवाकोटी, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज सरोजवावु न्यौपाने, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य श्रीकृष्ण उप्रेती, अनेरास्ववियु केन्द्रिय सदस्यद्वय शिवहरि गौतम र समिमवावु पठानको पनि आतिथ्यता रहेको सचिव दाहालले बताउनुभयो ।

पहिलो बैठकले प्रशिक्षण तथा ब्यक्तित्व बिकाश तालिमको आयोजना गर्नका लागि संगठनका अगुवाहरुसँग छलफल गर्ने, कोभिड–१९ संक्रमणमा जनचेतनामुलक कार्यक्रमहरु गर्दै अखिलको भुमिकालाई थप शसक्त बनाउने, युवा बिद्यार्थीलाई उत्पादनसँग जोड्नका लागी अनेरास्ववियु जिल्ला कमिटिको आयोजनामा मौरी पालन तालीम संचालन गर्ने लगाएतको बिषयमा छलफल गरेको छ ।

बैठक हरिवन नगरपालिका वडा नम्बर ११ को सभाहलमा भएको हो ।

सर्लाही | कोरोना भाइरसको तेस्रो लहर चलिरहेको समयमा मधेश प्रदेशमा हालसम्म लक्षित जनसंख्याको ४४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज लगाएका छन्। साथै‚ करिब ११ हजार नागरिकले बुस्टर डोज लगाएका छन्।

मधेश प्रदेशमा हालसम्म १२ वर्षदेखि माथिका ४४ दशमलब २ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनाएको छ। निर्देशनालयको तथ्यांकअनुसार सर्लाहीमा ५५ दशमलब ५, बारामा ४९ दशमलब ४, धनुषामा ४९ दशमलब १, पर्सामा ४३ दशमलब ८, सप्तरीमा ४२ दशमलब ७ प्रतिशत, सिरहामा ४० दशमलब ७, महोत्तरीमा ३५ दशमलब ४ र रौतहटमा ३४ दशमलब ७ प्रतिशत लक्षित नागरिकले खोपको पूर्ण डोज लगाएका छन्।

त्यसैगरी नेपाल सरकारले अग्रपंक्तिमा खटेकालाई बुस्टोर डोज दिन सुरु गरेकामा मधेश प्रदेशमा करिब ११ हजारले बुस्टर डोज लगाएका छन्। स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले आइतबारसम्ममा मधेश प्रदेशमा १० हजार ९९८ जनाले बुस्टर डोज लगाएको जानकारी दिए।

बारामा सबैभन्दा बढी तीन हजार २२० जनाले बुस्टर डोज लगाएका छन्। त्यस्तै सर्लाहीमा दुई हजार २६, धनुषामा एक हजार ९६०, रौतहटमा एक हजार ८२३, सिरहामा एक हजार ८७, महोत्तरीमा ४१६, सप्तरीमा ३२१ र पर्सामा १०० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशक झाका अनुसार प्रदेशमा हालसम्म कुल जनसंख्याको ३४ प्रतिशत नागरिकले खोपको पूर्ण डोज र ३९ दशमलब ५९ प्रतिशत नागरिकले पहिलो डोज लिएका छन्। प्रदेशमा कुल ६३ लाख ४३ हजार ९७० जना जनसंख्या रहेकोमा आइतबारसम्म २१ लाख ५६ हजार ९६४ जना अर्थात् ३४ प्रतिशतले खोपको पूर्ण डोज लगाएका छन्।

प्रदेशमा क्ल जनसंख्यामध्ये १८ वर्षभन्दा माथिका ६६ प्रतिशत अर्थात ४१ लाख ६० हजार ४२५ र १२ देखि १७ वर्षसम्मका ११ प्रतिशत नागरिक अर्थात सात लाख १५ हजार ३४२ जनालाई खोप दिने लक्ष्य रहेको छ।

लक्ष्यअनुसार भने मधेश प्रदेशमा १८ वर्षभन्दा माथिका ५१.८ प्रतिशत नागरिकलाई खोपको पूर्ण डोज र ६० दशमलब ४ प्रतिशत नागरिकले पहिलो डोज लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। १२ वर्षदेखि १७ वर्षसम्मका भने ६७ दशमलब २ प्रतिशतले खोपको पहिलो मात्रा लिएका छन्।

पूर्ण डोज लिनेमा सबैभन्दा बढी पर्सामा पाँच लाख २८ हजार ३१६ जना रहेका छन्। त्यस्तै‚ सर्लाहीमा तीन लाख ८७ हजार ६५९, धनुषामा तीन लाख २१ हजार ७५४, बारामा तीन लाख २० हजार ८५१, सप्तरीमा दुई लाख ३६ हजार ३१६, रौतहटमा दुई लाख २९ हजार ३८१, सिरहामा दुई लाख २० हजार ३७७ र महोत्तरीमा एक लाख ९५ हजार ५९८ जनाले भ्याक्सिन लगाएका छन्। रासस/धनुषा

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।