२०८३ जेष्ठ १४ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १४ बिहीबार

जिल्ला प्रहरी कार्यालय सर्लाहीले ठगी गरेको आरोेपमा जिल्लाको बलरा नगरपालिका– ७, गडहियानिवासी इजराइल मन्सुरी उर्फ एमडी राजालाई पक्राउ गरेको छ ।

पक्राउ परेका मन्सुरले अतिमुल्ला मियाँका छोरालाई प्रहरी विभागमा जागिर लगाइदिने प्रलोभन देखाएर आठ लाख ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधवप्रसाद बुढाथोेकीका अनुसार पक्राउ परेका उनीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरिएको छ ।

यस्तै, अवैध लागुऔषध गाँजासहित प्रहरीले मलंगवाबाट एक महिलालाई पक्राउ गरेको छ । जिल्लाको मलंगवा नगरपालिका– ७ गणेसिया टोलमा चेक प्वाइन्ट थापेर बसेको प्रहरी टोलीले २० किलो नौ सय ग्राम लागुऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका– ५, बस्ने ३० वर्षकी करिश्मा मोक्तानलाई पक्राउ गरेको हो ।

मोक्तानलाई प्रदेश ०२–००१–ह १४०२ नम्बरको टेम्पोमा गाँजा लिएर हिँड्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकी मोक्तानको साथबाट बरामद भएको गाँजा र एक थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरि आईतवार मध्यराती बरहथवा नगरपालिका ७ बस्ने राम सिंगासन साहको कुखुरा फर्ममा आगलागी हुँदा करिव २ लाख बराबरको क्षति भएको छ । फर्ममा बिद्युतको तार सर्ट भएर भएको आगलागीबाट फर्म र फर्मभित्र भएका १७ सयवटा चल्ला जलेर नष्ट भएका जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।

आगो स्थानिय र प्रहरीले करिव ४ घण्टापछि नियन्त्रणमा लिएका थिए ।

प्रहरीले आइतवार राती करिव साँढे ९ बजेको समयमा विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ८ बस्ने ४३ वर्षीय अख्तर हुसेन र ईश्वरपुर नगरपालिका ६ बस्ने ३६ वर्षका अशोक लामा छन् ।

राती सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एचआर २६ बीएफ १८७६ नम्बरको रातो रंगको कारलाई कबिलासीमा चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट सय एमएलको डायलेक्स डिसी ११ बोतल, नुफिन/फेर्गन ११ एम्पुल र हाईटेक इन्जेक्सन ३ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत डिएसपी माधवप्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।