२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

बाराको निजगढमा कुल २१ हजार ७७ मतमा १५ हजार ५ सय ५३ मतगणना सकिएको छ । निजगढमा एमालेले अग्रता लिएको छ ।
मेयर पदमा एमालेका सुरथ पुरीले ८ सय ६० मतले अग्रता लिएका छन् । उनले ७ हजार १ सय ५८ मत ल्याएका छन् भने ६ हजार २ सय ९८ मत गठबन्धनका सुरेश कुमार खनालले पछ्याई रहेका छन् ।
त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले १ सय ९४ मत सहित अग्रता लिएकी छिन् । उनले ६ हजार ४ सय ४४ मत ल्याउँदा गठबन्धनका रविराज दंगालले ६ हजार २ सय ५० मत प्राप्त गरेका छन् ।
७ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । वडा नं. ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ को गणना सकिएको हो ।

बाराको निजगढ वडा नं. ५ मा एमालेका वडा अध्यक्ष उम्मेदवार सुर्यबहादुर थापा मगर विजयी भएका छन ।

काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । राप्रपाले शंखरापुर नगरपालिकाको ३ वटा वडासहित नगर प्रमुखमा जित हात पारेको हो ।

राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।

राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नं। ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

बाराको निजगढ वडा नं ६ मा एमालेका वडा अध्यक्ष उम्मेदवार घनश्याम तिमल्सिना विजयी भएका छन । तिमल्सिनाले ७ सय ५३ मत प्राप्त गरी जित हात पारेका हुन ।

उनका निकटतम प्रतिद्धन्दी राप्रपाका लिला बहादुर राउतले ६ सय ६८ मत प्राप्त गरेका थिए भने गठबन्धनका धनमाया लामाले २ सय ६१ मत प्राप्त गरेका छन ।

वडा नम्बर ६ बाट प्रमुख पदमा एमालेका सुरथ पुरीले ८ सय ५२ मत पाए त्यसैगरी गठबन्धनका सुरेश खनालले ७ सय १९ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा एमालेका सोममाया थिडले ७ सय १ मत र गठबन्धनका रविराज दगालले ७ सय ५३ मत प्राप्त गरे ।

 बाराको निजगढ वडा नं. ४ मा गठबन्धनले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार बिसन सापकोटाले १७ मतले अग्रता लिएका हुन् ।

सापकोटाले २३९ मत ल्याउँदा एमालेका जय राम कुवरले २२२ मत ल्याएका छन ।

मेयर–उपमेयर पदको अवस्था
मेयर
सुर्य : १२५
गठबन्धन (रुख) : २१९

उपमेयर
सुर्य : १८८
हसिँया हथौडा : २४५

 बाराको निजगढ वडा नं. ५ मा गठबन्धनले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार पिताम्बर गौतम (सहदेब)ले ८० मतले अग्रता लिएका हुन् ।

गौतमले ४१३ मत ल्याउँदा एमालेका सुर्यबहादुर थापा मगर धनमाया लामाले ३३३ मत ल्याएका छन भने राप्रपाका शिव कुमार प्रधानले २० मत ल्याएका छन ।

मेयर–उपमेयर पदको अवस्था
नगर प्रमुख:
नेकपा उम्मेदवार एमालेका सुरथ पुरी: ४९७
गठबन्धकका उम्मेदवार सुरेश खनाल:२३८
राप्रपाका उम्मेदवार सावित्री देवि भारती: २२
नगर उपप्रमुख:
नेकपा एमालेका उम्मेदवार सोममाया थिङ्ग: ३२१
गठबन्धकका उम्मेदवार रविराज दंगाल: २९
राप्रपाका उम्मेदवार बासुदेव तिमल्सिना: ३७०


बारा । बाराको निजगढ वडा नं. ६ मा एमालेले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार घनश्याम तिमल्सिनाले १०६ मतले अग्रता लिएका हुन् ।
तिमल्सिनाले ६५१ मत ल्याउँदा राप्रपाका राउतले ५४५ र गठबन्धनका धनमाया लामाले १९९ मत ल्याएकी छिन् ।
मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–७२८
गठबन्धन (रुख)– ५०३
हलो –१५४
उपमेयर :
सुर्य ६११
हसिँया हथौडा ६९४
हलो–२१७

हेटौंडा उपमहानगरपालिका – ५ मा हालसम्म १३६४ मतगणना गरिएको छ ।

एमालेको राम्रो पकड रहेको भनिएको वडामासमेत मेयरमा राप्रपाले अग्रता लिएको छ ।

वडाअध्यक्षमा नेपाली कांग्रेस अघि लागेको छ ।

१३६४ मत गणना हुदा मेयरका लागि कलममा ३१७, सुर्यमा ३५४, र हलोमा ५६२ मत प्राप्त भएको छ ।

त्यस्तै उपमेयरका लागि रुखमा ८१३, सुर्यमा ३१४, र हलोमा ८८ मत प्राप्त भएको छ ।त्यस्तै वडा अध्यक्षमा रूखको ३५९, सुर्यको ६५९ मत र हलोको ८८ मत प्राप्त भएको छ ।

बाराको निजगढ वडा नं. ६ मा एमालेले अग्रता लिएको छ । वडा अध्यक्षका उम्मेदवार घनश्याम तिमल्सिनाले ७८ मतले अग्रता लिएका हुन् ।

तिमल्सिनाले ५३३ मत ल्याउँदा राप्रपाका राउतले ४५५ र गठबन्धनका धनमाया लामाले १३९ मत ल्याएकी छिन् ।

मेयर–उपमेयर पदको अवस्था
मेयर :
सुर्य–६००
गठबन्धन (रुख)– ४२७
हलो –१२८
गिटार– १२

उपमेयर :
सुर्य ५०९
हसिँया हथौडा १८४
हलो–१८४
गिटार–१५

स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भईरहदाँ विभिन्न रोचक पक्ष बाहिर आईरहेको छ ।

नेकपा (एमाले) ले बाराको निजगढ नगरपालिकाको वडा नं. ७ मा विरासत जोगाएको छ । गत निर्वाचनमा एमालेका रामजी बजगाई निर्वाचित भएका थिए ।

गठबन्धनका उम्मेदवार सुमन लामालाई एमालेका टेकबहादुर लामाले पराजित गरेका हुन् । सुमनलाई माओवादीको समेत समर्थन थियो । टेकबहादुरले एक सय ४६ मतान्तरले विजयी भए । उनले ९ सय १७ मत ल्याए भने सुमनले ७ सय ७१, राप्रपाका बमबहादुर थापा मगर अर्जुनले ३ सय २७ मत ल्याए ।

२५ वर्षपछि भाई
२५ वर्षअघि टेकबहादुरका दाई दिलबहादुर लामा निर्वाचित भएका थिए । साविक निजगढको वडा नं. ६ मा एमालेबाट दिलबहादुर लामा निर्वाचित भएका थिए । दिलबहादुरले आधा दशकबढी एमाले निजगढको नेतृत्व गरेका थिए । मेयर पदका आकांक्षि उनी सिफारिसमा परेपनि पार्टीले सुरथ पुरीलाई टिकट दिएको थियो ।

टेकबहादुर पार्टीका वडा कमिटी अध्यक्ष हुन् । युवा संघबाट राजनीति यात्रा थालेका टेकबहादुर पार्टी गतिविधिसंगै व्यवसायमा समेत सक्रिय छन् । उनी व्यवसायिक केरा खेती किसान समेत हुन् ।

मेयर
सुर्य -८८९
रुख -६४९
हलो – ३०५
उपमेयर
सुर्य -८४०
हसिँया हथौडा-६८५
हलो- ३२५

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।