बारा–मुस्लिम धर्मावलम्बीहरूले बिहीबार इस्लाम धर्मका प्रवद्र्धक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मोहम्मद डे बारामा पनि मनाईएको छ ।
बाराको निजगढमा राजमार्गमा शान्ति ¥याली निकालिएको छ । सुन्नी मुस्लिम परिवार निजगढका शेख अन्जर हुसेनका अनुसार र्यालीमा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, राजनीतिक दलका नेताहरु नवराज तिमल्सिना, सन्तोष दंगाल, खड्गप्रसाद उप्रेती, भिमप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो ।
पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।
पर्सा–
वीरगन्जका मुस्लिम अगुवा मुस्सरफ खानले मोहम्मद डेका दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म दिन मनाउने गरिएको बताए ।
मुस्लिम अगुवा वसिम आलमले हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाइचारा अभिवृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्वपूर्ण रहेको बताए ।
वीरगन्जमा पनि आज मुस्लिम धर्मावलम्बीले मोहम्मद डे मनाएका छन् । बिहान वीरगन्जको छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट निकालिएको जुलुश नगर परिक्रमा गरेर घणटघर चोकमा पुगेर समापन भएको थियो ।
मोहम्मद डे मा आज मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ ।

विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए ।

“विद्यालयमा अध्ययनरत करिब आधा विद्यार्थी तथा शिक्षकमा उच्च ज्वरो आउने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या देखिएपछि आज र भोलि विद्यालय बन्द गरेका हौँ”, उनले भने, “हिजो र आज विद्यार्थीमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि जिल्ला अस्पताल स्याङ्जामा गरिएको परीक्षणमा स्क्रब टाइफस भएको पुष्टि भएको हो ।”

सामान्य विद्यार्थीको स्थानीय स्वास्थ्यचौकीमा उपचार गरिएको र उच्च ज्वरो आएका विद्यार्थीको जिल्ला अस्पताल स्याङ्जामा उपचारका लागि पठाइएको उनले बताए । जिल्ला अस्पताल स्याङ्जामा बुधबार पठाइएका बिरामीमध्ये एक जनामा स्क्रब टाइफस पुष्टि भएको अर्जुनचौपारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरकुमार केसीले बताए ।
बिरामी विद्यार्थीको परीक्षण गर्दा एक जनामा स्क्रब टाइफस देखिएपछि आज फेरि स्वास्थ्य कार्यालय स्याङ्जाबाट आएको टिम उक्त विद्यालयमा पुगेको थियो । विद्यालयमा पुगेको टोलीले १२ जना विद्यार्थीको कीटबाट परीक्षण गरेको थियो जसमध्ये कुनै पनि विद्यार्थीमा स्क्रब टाइफसको लक्षण नदेखिएको उनले बताए ।

नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए ।
अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए । अहिले सहमतिको प्रयास जारी भएकाले आज ९ बजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । भोलि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै आफ्नो अडानबाट पछि नहटेपछि सहमतिको प्रयास सफल नभएको बताइएको छ ।