२०८३ असार १९ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १९ शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संघीयता देशका निम्ति आवश्यक नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात र दबाबबिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूलाई आग्रह गरे । नयाँ सहमति नगरे र दलहरू नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी राप्रपाले गर्ने उनले बताए ।

उनले राजनीतिक दलका नेताहरूलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिए ।

राप्रपाले देशको नेतृत्व नगरेसम्म यहाँ गरिखाने वातावरण सिर्जना नहुने उनको भनाइ छ । उनले दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

“यो अभ्यासको डेढ दशकभन्दा बेसी समयले बतायो– संघीयता देशको लागि आवश्यक चिज होइन । अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्ने कुरा तपाईंहरूलाई पनि थाहा छ ।

त्यसकारण रक्तपातबिना, दबाबबिना, तपाईंहरूले भाग्नुपर्ने परिस्थिति नआईकनै सल्लाह गरेर मिलाऊँ । र, बाटो फेरौँ । र, नयाँ सहमति बनाऔँ,” उनले भने, “आज पनि भन्न चाहन्छु– यदि, यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ । नयाँ व्यवस्थामा जानुपर्छ । देशलाई दुर्घटनामा जान दिनु हुँदैन ।

होइन, दलहरू सच्चिँदैनन् र उनीहरू नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको दायित्व हुन्छ, तपाईं–हाम्रो हुन्छ । देशको यो अवस्थामा हामी मूकदर्शक भएर बस्न सक्दैनौँ । राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि, देशको पहिचानको रक्षाका लागि सर्वांगीण रूपमा भन्ने हो भने निजी क्षेत्रको सुक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस् वा हाम्रो जीवनकालमै देशमै गरिखाने वातावरण बनाउन होस्, अब हामी अघि बढ्छौँ । राप्रपा पार्टीले अब नेतृत्व गर्छ ।

त्यसका लागि सबै साथी तयार र सक्रिय हुन आग्रह गर्छु । संगठन बनाउँदै जाने र दसैँतिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्ने गरी अघि बढ्छौँ । चुप लागेर बस्ने छुट र सुविधा छैन ।”

अध्यक्ष लिङदेनले भ्रष्टाचारविरुद्ध आफूहरू सडकमा उत्रिने बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।