२०८३ कार्तिक ६ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक ६ बिहीबार

अाज मिती वि.सं.२०८३ साल कार्तिक ४ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर २१ तारिख । नेपाल संवत् ११४६ ।

बिहान ११ बजेर ४७ मिनेटदेखि दिउसो १ बजेर १२ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

आजको राशिफल

मेष : परिवार तथा आफन्तहरू तपाईँको कामदेखि प्रसन्न हुनेछन् । सवारी साधन प्राप्त हुने योग रहेको छ । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । खानपान, मनोरञ्जन तथा यात्रामा समय व्यतीत हुनेछ ।


वृष : अग्रज तथा आफन्तबाट आशीर्वाद प्राप्त हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले राज्यबाट लाभ पाउनेछन् । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडीहरू चढ्न सकिनेछ । पारिवारिक माहौलमा समय व्यतीत हुनेछ भने आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।


मिथुन : महत्त्वपूर्ण जिम्मेवारी सम्पादन गर्नको लागि अवसर जुर्नेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागि समय राम्रो रहेको छ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।


कर्कट : सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना रचना तथा भनाइहरू जनमानसमा लैजान सकिनेछ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।


सिंह : अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । अध्ययन वा काममा प्रविधिको उच्चतम प्रयोग गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।


कन्या : आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आट तथा पराक्रम बढेर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ । पारिवारिक माहाेलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।


तुला : बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत् हात लागि हुने योग रहेको छ । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा खानपानमा समय व्यतीत हुनेछ ।


वृश्चिक : खोज तथा अनुसन्धानमा दिइएको समयबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरूले जनताको समर्थन पाउनेछन् । अग्रता तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।


धनु : आफन्त तथा शुभचिन्तकहरूको सहयोग तथा समर्थन पाइन ग्रहयोग रहेको छ । दाजुभाइहरूसँगको सम्बन्धमा नयाँ पनको विकास हुनेछ । आफन्त तथा अग्रजबाट टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । मनोरञ्जन तथा खानपानमा केही समय व्यतीत हुनेछ ।


मकर : सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिनेछ भने समाजमा सम्मानित हुने योग रहेको छ । प्रेममा रमाउन चाहनेहरूले भरपुर रमाइलो गर्न सक्नेछन् । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको यात्राका तय गर्न सकिनेछ ।


कुम्भ : आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइहरूसँगै रहेर मिठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । पारिवारिक मोहोलामा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।


मीन : आत्मीय मित्र तथा सहयोगीको सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । छोटो यात्राको प्रशस्त सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् । अग्रज तथा आफन्तबाट टिका तथा प्रसाद ग्रहण गरी आशीर्वाद लिन सकिनेछ ।


तपाईँको दिन शुभ रहोस् ।

नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ । समितिले देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा निर्धारण गरेको छ ।

समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०:२६ बजेको समय तोकिएको हो ।

टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने

समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ ।

दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने परम्परा छ । यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट आशीर्वाद लिने गर्छन् ।

रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नेपालीसमेत दशैं मनाउन आफ्नो थातथलो फर्कने भएकाले यस पर्वले पारिवारिक पुनर्मिलनको अवसर प्रदान गर्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन मात्र टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।