रानिगञ्ज । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ रानिगञ्जमा आजबाट कृषि बजार संचालनमा आएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत लालबन्दी बजारको सवारी चाप कम गर्ने र कृषकलाई सहज बजार उपलब्ध गराउने उद्देश्यसहित ‘देवता महाकाली कृषि बजार’ सञ्चालनमा आएको हाे ।
देवता महाकाली कृषि बजार ब्यवस्थापन समितीका अध्यक्ष रामबहादुर खड्काको अध्यक्षता तथा मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्यामप्रसाद पटेलको प्रमुख आतिथ्यमा बजारको उद्घाटन गरिएको हो ।
लामो समयको प्रयासपछि वडा कार्यालय, लालबन्दी नगरपालिका, मधेश प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त लगानीमा करिब १ करोड ९ लाख रुपैयाँको लागतमा बजारको आवश्यक भौतिक संरचना निर्माण गरिएको हो । स्थानीय देवता महाकाली गुठीले उपलब्ध गराएको चार बिघा जग्गामा १२ वटा सटर तथा ३६ वटा स्टलसहितको व्यवस्थित कृषि सेड तयार पारिएको छ ।
सञ्चालक समितिका अनुसार लामो समयदेखिको तयारीपछि आगामी कात्तिक १५ गतेदेखि बजार नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरिएको छ । आइतबार लाग्ने हाटबजारमा तरकारीका साथै खसीबोकासमेत किनबेच हुने गरी व्यवस्था मिलाइएको छ ।
यो कृषि बजारलाई लालबन्दीको मुख्य तरकारी बजारको विकल्पका रूपमा हेरिएको छ । हाल लालबन्दी नगरपालिका–७, डुमडुमे मन्दिरअगाडि १८ कट्ठा क्षेत्रफलमा मात्र तरकारी बजार सीमित हुँदा ठाउँ साँघुरो भएर प्रत्येक दिन बिहान २ देखि ३ घण्टासम्म पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन प्रभावित हुँदै आएको छ ।
कार्यक्रममा बोल्दै लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले महेन्द्र राजमार्ग विस्तारपछि लालबन्दीको मुख्य बजार थप साँघुरिने अवस्था रहेकाले रानीगन्ज र नवलपुरमा तरकारी बजार विस्तार गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले लालबन्दीको अस्तव्यस्तता अन्त्य गर्न यी बजारहरूलाई व्यवस्थित गरिने बताए ।
त्यसैगरी, लालबन्दी थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाले रानीगन्ज तरकारी बजारलाई तरकारी उपसङ्कलन केन्द्रका रूपमा विकास गर्न आफूहरूले आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पटेलले बजारलाई निरन्तरता दिन सकेको सहयोग गर्ने र किसान प्रोत्साहनका कार्यक्रमलाई थप ब्यवस्थित बनाउन भुमिका खेल्ने बताएका थिए ।

आइतबार, १५ कात्तिक २०८३ (१ नोभेम्बर २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: सफल यात्राको योग देखिन्छ । समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छरछिमेकमा हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय मधुर रहनेछ ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ । प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ ।
स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: आँटेको र ताकेको पूरा होला । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । सामाजिक कामको दायित्व बढ्नुका साथै महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नुका साथै स्वादिष्ट भोजनको आनन्द पाइएला ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: स्थानान्तरण र मङ्गल कार्यको योग छ। पढाइलेखाइमा प्रगति हुनुका साथै सहयोगीहरूले साथ दिनेछन्। बोलीको प्रभावले कार्य सम्पादन हुनेछ। कसै-कसैका लागि सन्तान सुखको योगसमेत देखिन्छ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला। शरीरमा स्फूर्ति र उमङ्गको कमी महसुस हुनेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत रहनुहोला। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ, यद्यपि मनोरञ्जनमा सहभागी भइनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने ।
सिंह: आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन्। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । पेसा-व्यवसायमा लाभ हुनेछ । प्रणय सम्बन्धका लागि समय उत्तम छ ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। घरबाट निस्कँदा गुड खाने। भरिसक्य लामो यात्रा नगर्ने ।
कन्या: रमणीय र सुखद यात्राको योग छ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ ।
स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने ।
तुला: सुखदुःख बराबरी हुने खालको दिन छ। खर्च नियन्त्रणभन्दा बाहिर जान सक्छ। सामाजिक कार्यमा मन जानेछ। कूटनीतिक सहयोग प्राप्त हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। आत्मबल बढाएर काम गर्दा सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ । प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ ।
स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने । छलकपट नगर्ने ।
वृश्चिक: रमणीय र सुखद यात्राको योग छ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि पूरा हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। सहयोगी हात अघि बढ्नेछन् । दिनको उत्तरार्ध अधिक सुखद रहनेछ ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ । भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने ।
धनु: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। सामान हराउने योग छ। मन मिल्ने साथीको सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।
मकर: चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।
भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ: भोजभतेरमा सहभागी भइनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। कसै-कसैका लागि सन्तान सुखको योग छ।
भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने ।
मीन: सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पढाइमा गहिरो ध्यान र आत्मविश्वास बढ्ने दिन छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पेसा-व्यवसायबाट फाइदा हुनेछ ।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने । दक्षिण दिशाको यात्रा नगर्ने ।
लालबन्दी । श्रमजिवी पत्रकारहरुको संस्था सगरमाथा नेपाल (एस.एन.) को २५ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सर्लाहीको लालबन्दीमा केन्द्रिय कार्यालय रहेको संस्थाका अध्यक्ष रोहित प्रसाद पौडेलको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा वार्षिक आयव्यय, हरहिसाव तथा गरिएका कार्यक्रम र योजना प्रस्तुत गरिएको थियो । कार्यक्रममा लालबन्दी नगरपालिकाबाट मेड्पा तथा सहकारी विभागका समिर सुवेदी, नेपाल पत्रकार महासंघ सलाहीका सहसचिव जनार्जन खत्री, सदस्य बुद्ध बहादुर विश्वकर्मा, पत्रकार कस्यप बराल, अनिता देवकोटा, प्रमिला चौधरी, लक्ष्मी खनाल लगाएतको सहभागीता रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले संस्थाले गर्ने काम र योजनाका बारेमा चर्चा गरेका थिए । साधारणसभा दिव्यज्योती बोर्डिङ स्कुलमा सम्पन्न भएको थियो ।