नेपाली कांग्रेसको महाधिवेशन प्रकियामा क्षेत्रिय प्रतिनिधि पदको दावी बख्रेलले फिर्ता गरे

362
Friendship Mobile

नेपाली कांग्रेसमा बैचारिक नेताको छवि बनाएका मनोज बख्रेलले चौधौ महाधिवेशनको प्रकियामा क्षेत्रिय प्रतिनिधि पदको दावी फिर्ता गरेका छन् ।

सर्लाहीमा आज हुँदै गरेको अधिवेशन प्रक्रियामा लालबन्दी नगरपालिका वडा नम्बर ९ बाट प्रतिनिधित्व गर्ने बख्रेल लामो समय देखि बिधार्थी राजनीतिमा देखिने चर्चित अनुहार हुन् । उनले आफ्नो उम्मेदवारी हुनु र फिर्ता गरिनुका कारण सहित एक विज्ञप्ति मार्फत उम्मेदवारी फिर्ता गरेको जनाएका छन् ।

दल भित्र हुने अस्वस्थ प्रतिस्पर्धा र आधारहिन व्यत्तित्व हत्या , खिच्चातानी र जालजेलको विज्ञप्ति मार्फत खुलेर आलोचना गरेका छन् ,भने संगठनका एकता र सद्भावनाको संदेश दिदै आफु उम्मेदवारीबाट पछि हटेको जनाएका छन् ।

अनावश्यक पिडा र अवरोध प्रति चिन्ता ब्यत्त गर्दै संगठन व्यवस्थापनमा आफुले योगदान गरेको र अझै मजबुत भएर संगठनमा क्रियाशिल रहने विश्वास व्यक्त गरेका हुन् ।

आफुलाई अथाह शुभकामना र सहयोग गर्ने प्रति कृतज्ञता दर्शाउदै उनले एक प्रेस मार्फत आफू यो राजनीतिको पूर्ण विराम नभई अल्पविराम भएको र आफु हजारौ माइलको यात्राका लागि प्रतिबध्य रहेको जनाएका छन् ।