२०८३ कार्तिक ७ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक ७ शुक्रबार

बिद्यालयमा आगलागी हुँदा करिव ६ लाख बराबरको सेनेटरि प्याड जल्यो

सर्लाही | ईश्वरपुर नगरपालिका १२ स्थित बाँके चोकबाट प्रहरिले बिहिवा दिउँसो लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरि जिल्लाको सुन्दरपुर गाउँपालिका २ बस्ने २२ बर्षका पप्पु राम रहेका छन । प्रहरिले चेकजाँच गर्ने क्रममा रामले ज्याकेटभित्र लुकाएर राखेको ५०० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरेको हो । रामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय मलंगवा सर्लाहीले जानकारि दिएको छ ।

त्यस्तै भेडहियाटोलमा आगलागीबाट ३० बर्षकी जयलसदेवी मण्डल घाईते भएकी छिन । मलंगवाको वडा नम्बर १ भेडहियाकी मण्डलले खाना पकाउनका लागी बालेको आगो उनको कपडामा सल्किएको थियो । उनको मलंगवास्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

त्यसैगरि बिष्णु गाउँपालीकामा रहेको जनता प्राथमिक बिद्यालय सिमराको एक कोठाभित्र आगलागी हुँदा १२१ बोरा सेनेटरि प्याड जलेको छ । एक्कासि लागेको आगोबाट बिद्यालयमा स्टोर गरि राखिएको करिव ६ लाख बराबरको प्याड जलेको हो ।

बिहिवार राती भएको आगो स्थानिय र प्रहरिले करिव आधा घण्टा पछि नियन्त्रणमा लिएका जिल्ला प्रहरि कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।