बिहानै देखि बाक्लो हुस्सु, जनजिवन प्रभावित

302
Friendship Mobile

सर्लाही सहित तराईका जिल्लामा बिहानै देखि बाक्लो हुस्सु लागेको छ ।

आईतवार (आज) पनि बिहानैबाट हुस्सु लागेपछि दैनिक ज्याला मजदुरि गर्ने, वालवालीका, बृद्धबृद्धा तथा राजमार्गमा सवारिचालकहरुलाई समस्या परेको छ ।

हुस्सु लागेको बेला भिजिबिलिटि कम हुने भएकोले सवारि साधन गुडाउन समस्या पर्ने लालबन्दीका म्याजिक चालक उमेस अधिकारिले बताउनु भयो ।

यस्तो समयमा सवारि दुर्घटनाको जोखिम बढ्ने जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाहीका प्रमुख प्रहरि निरिक्षक केदारमान दोङले जानकारि दिनुभयो । हुस्सु लागेको बेला सवारि चलाउँदा र सडक पार गर्दा ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

यता चिकित्सकहरुले चिसोबाट बच्न आग्रह गरेका हुन । चिकित्सकका अनुसार शरिरको पुरै भाग छोप्ने कपडा लगाउने, तातो झोलिलो पदार्थ खाने र अनावश्यक रुपमा घर बाहिर निस्किनु हुँदैन ।

बालबालिका र बृद्धबृद्धालाई चिसोबाट बचाउन बिशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन ।