२०८३ भाद्र २८ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ भाद्र २८ आईतवार

सर्लाही जिल्लामा १ लाख बढि नयाँ मतदाता थपिने अनुमान

  • क्षितिज बिश्वकर्मा | सर्लाही

जिल्लामा १ महिनासम्म भएको शिविरबाट २५ हजार बढि नयाँ मतदाता थपिएका छन । जिल्लाका बिभिन्न पालिकामा गएको मंसिर १ गत्तेदेखि संचालन भएको मतदाता नामावली संकलन शिविरबाट २५ हजार २५४ नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारि दिनुभयो ।

जिल्लामा दुई चरणमा मतदाता नामावली संकलन शिबिर राखिएको थियो । पहिलो चरणमा मंसिर १७ बाट पौष २ सम्म ८ ओटा स्थानीय तहमा र पौष ४ गत्तेबाट १८ गत्तेसम्म ९ ओटा स्थानीय तहमा मतदाता नामावली संकलन शिविर संचालन गरिएको थियो ।

जिल्लामा संचालित दुई चरणको शिविरमा पनि धेरैले नाम दर्ता गर्न नपाएको गुनासो गरेका छन । शिविरमा नाम दर्ता गराउन छुटेकाहरुको हकमा भने सदरमुकाम मंलगवामा रहेको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालय तथा हरिवन र बरहथवा नगरपालिकामा रहेका इलाका प्रशासन कार्यालयबाट चुनावको मिति घोषणा नभएसम्म नियमित रुपमा मतदाता नामावली संकलन गराउन सकिने जिल्ला निर्वाचन अधिकृत भुजेलले बताउनुभयो ।

अहिले पनि जिल्लाका ४ स्थानबाट भईरहेको नामावली संकलन केन्द्रबाट मासिक रुपमा ८ देखि १० हजारको हाराहारिमा नामावली संकलन भईरहेको उहाँको भनाई छ ।

समग्रमा हालसम्मको मतदाता नामावली संकलनको तथ्यांक हेर्ने हो भने जिल्लामा ६० हजार भन्दा माथी मतदाता थपिएका निर्वाचन अधिकृत भुजेलको भनाई छ । अधिकृत भुजेलका अनुसार जिल्लामा २०७४ को चुनावपछि १ लाखको हाराहारिमा नयाँ मतदाता थपिने अनुमान गरिएको छ ।

यसैबिच निर्वाचन अधिकृत भुजेलले आगामि माघ ७ गत्तेपछि अनिवार्य रुपमा कोरोना बिरुद्धको खोपकार्ड देखाए पछि मात्रै नामावली संकलन गरिने बताउनुभएको छ । नेपाल सरकारले गरेको निर्णय बमोजिम कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै त्यस्तो निर्णय गर्न लागीएका भुजेलको भनाई छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।