पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस निजगढमा पनि मनाइयो

256
Friendship Mobile

बारा | मंगलवार देशका विभिन्न ठाउँमा राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती मनाइएको छ । निजगढ नगरपालिकाको शहीद चोकमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी निजगढ नगर कार्य समितिको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भब्य रुपमा मनाईएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती को सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अथिति राप्रपाका पूर्व केन्द्रीय सदस्य सावित्री देवि भारती, विशिष्ठ अतिथि राप्रपाका पूर्व केन्द्रीय कार्यसम्पादन सदस्य तथा राप्रपा निकट भातृ संगठन राप्रयुसं का केन्द्रीय महासचिव विनोद कुमार भारती, अतिथिहरु राप्रपा २ नं. प्रदेश सदस्य वाशुदेव तिमल्सिना, बारा क्षेत्र नं १ क का प्रदेश अध्यक्ष भक्त दर्लामी , राप्रयुसं का केन्द्रीय सदस्य शुष्मा बस्नेत, राष्ट्रिय गायक बद्री राउत, राष्ट्रिय गायक मिना प्रसाई, गायक नवराज राउत जिल्ला सदस्य तथा मगर संगठन छाता संगठन बारा जिल्ला अध्यक्ष एम बहादुर जर्घा मगर, जिल्ला सदस्य बुद्धि राज पाण्डे लगायतको आतिथ्यता साथै शुभकामना मन्तब्य राखेका कार्यक्रम शुरू हुनुभन्दा पहिला नगर परिक्रमा गर्दै बुद्ध चोक पुगी शहीद चोकमा आई सभामा परिणत भएको थियो ।

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएको थियो । कार्यक्रमको स्वागत मन्तव्य वडा नं २ कि वडा अध्यक्ष रमिला वि. क. तथा राप्रपा निजगढ नगर कार्य समितिका सचिव राजेन्द्र सापकोटाले गरेका थिए ।