मलंगवाका मेयर निरसल साहलाई पनि कोरोना संक्रमण पुष्टि

143
Friendship Mobile

सर्लाही | जिल्लाका उच्च ओहदाका ब्यक्तिहरुमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ ।

मंगलबार मात्रै सदरमुकाम मलंगवाका मेयर निरसल साहलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनदेखि ज्वरो आएपछि मेयर साहले मंगलबार बिहान जिल्ला अस्पताल पुगेर स्वाब दिएका थिए ।

मंगलबार साँझ आएको रिपोर्टमा उनीमा पनि कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य अवस्था सामान्य नै रहेकाले मेयर साह अहिले आफ्नै घरमा होम आईसोलेसनमा बसेका छन ।

यसअघि जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र प्रहरी उपरीक्षक कृष्ण प्रसाईमा सोमबार कोरोना संक्रमण पुष्टी भएको थियो ।