सर्लाहीका विपन्न परिवारका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण

184
Friendship Mobile
  • क्षितिज बिश्वकर्मा | सर्लाही

नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववीयूले सर्लाहीका विपन्न परिवारका वृद्धवृद्धा र बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ ।

सर्लाहीको चन्द्रपुर गाउँपालिका र हरिवन नगरपालिकाका मुसहर, चमार र दनुवार बस्तीमा न्यानो कपडा वितरण गरिएको अनेरास्वीयू उपत्यका विशेष प्रदेश कमिटीका संयोजक प्रदीप थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, अनेरास्ववीयूका महासचिव आरती लामा नेतृत्वको टोलीले चन्द्रपुर मुसहर बस्तीका २०० र हरिवन–३ का चमार र दनुवार बस्तीमा ३०० जनालाई न्यानो कपडा वितरण गरेको हो । शीतलहर र चिसोबाट विपन्न परिवारका वृद्धवृद्धा र बालबालिका जोगाउन न्यानो कपडा वितरण गरिएको थापाले बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) की नेतृ तथा २ नम्बर प्रदेशसभाकी सदस्य बेची लुंगेली र पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा समेत सहभागी भएका थिए ।