सर्लाहीको हरिवनबाट लागुऔषध गाँजा सहित एक दम्पती पक्राउ

161
Friendship Mobile

सर्लाही | हरिवनबाट लागुऔषध गाँजा सहित एक दम्पती पक्राउ परेका छन ।

शनिवार राती १० बजेको समयमा हरिवन नगरपालीका ८ पुरानो बजारस्थित भित्री सडक खण्डमा ईलाका प्रहरि कार्यालय हरिवनबाट खटिएको गस्ति टोलीले बागमतीका ३८ बर्षिय रुद्र बहादुर अधिकारि र उनकी पत्नि ३० बर्षिय रिचा अधिकारिलाई पक्राउ गरेको हो ।

उनिहरुले बा६८प ४९७२ नम्बरको मोटरसाईकलमा लुकाएर पुर्वबाट पश्चिमतर्फ लैजाँदै गरेको करिव ५ किलो गाँजा सहित अधिकारि दम्पतीलाई पक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीले जनाएको छ ।